निर्णय नं. १८९८ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १८९८ - उत्प्रेषण भाग: २६ साल: २०४१ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४१/०१/०४ २०३२ निर्णय नं. १८९८ ने.का.प. २०४१ अङ्क २ डिभिजन बेञ्च इजलाश सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४० सालको रिट नं. १५३१ मुद्दा : उत्प्रेषण निवेदक : चितवन जिल्ला कठार गा.पं. वा.नं. ८ सुन्डी बस्ने श्यामप्रसाद उप्रेती विरूद्ध विपक्षी : प्रमुख जिल्ला अधिकारी, चितवन आदेश भएको मिति : २०४१।१।४।२ मा § प्रमुख जिल्ला अधिकारीलाई रजिष्ट्रेशन पारित भइसकेको लिखतलाई बदर गर्न पाउने अधिकार कुनै ऐन नियमले प्रदान गरेको पनि नदेखिने । (प्रकरण नं. ६) पुनरावेदक वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी प्रतिवादी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे उल्लेखित मुद्दा : x आदेश प्र.न्या. नयनबहादुर खत्री : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको उल्लिखित रिट निवेदनको संक्षिप्त तथ्य तथा व्यहोरा निम्न प्रकारको छ : २. म निवेदकले पहाडसिंह खड्काबाट रु.२०,०००। मा उहाँको हकको चितवन जिल्ला कठार गा.पं. वा.नं. ९(ख) कि.नं. १ को जग्गा क्षेत्रफल २–१–१६ मिति २०३८।१०।२२ मा रजिष्ट्रेशन पास गराई अद्यापी भोग चलन गरिरहेको छु । सर्टिफिकेट कीर्ते मुद्दामा धरौटी वापतमा डिपोजिट रहेको जग्गालाई राजिनामा लेनदेन गर्यो भनी कारवाही चलाई मु.ऐन ज.मि.को ९ र लुटपिटको ५ नं. अनुसार विपक्ष प्र.जि. अ.ज्यूले मलाई थुनामा राख्नु भएको थियो सोही अवस्थामा विपक्षीले आफ्नो क्षेत्राधिकार नाघी जथाभावी तरीका अपनाई एक पटक इन्कार गरी कागज गगरिसकेकोलाई पुनः रजिष्ट्रेशन लिखतमा दरपिठ गराउन लगाउनु भयो । निर्णय गर्दा रजिष्ट्रेशन पास भएको राजीनामा बदर गर्ने ठहर्याई २०३८।१२।२३।२ मा आदेश पर्चा गर्नुभएछ सो को मलाई रिट पूर्वकको जानकारी समेत दिनुभएन र पछि थाहा पाई विपक्षी प्र.जि. अ.ज्यूसँग नक्कल माग्न जाँदा मू.ऐन अ.बं.२११ र कागज जाँचको १७ नं. को विपरीत हुने गरी दिनुभएन । मलाई समेत थुनामा राखी ज.मि.को ९ नं. र लुटपिटको ५ नं. अनुसार कारवाहीको निमित्त थुनामा राख्ने भनिएको थियो । लिखत रजिष्ट्रेशन पास भएको सम्बन्धमा लुटपिटको महल आकृष्ट हुने होइन साथै थुनामा राखिएको बखत मेरो कुनै व्यहोराको कागज गराए पनि त्यसलाई कानूनी मान्यता दिन मिल्ने होइन तसर्थः आफूमा हुँदै नभएको अधिकारको प्रयोग गरी प्र.जि. अ.ले रजिष्ट्रेशन बदर गर्ने गरेको निर्णय अ.बं.३५ नं. ख अनुसार पूर्ण रूपमा बदर होस भन्ने श्यामप्रसाद उप्रेतीको यस अदालतमा परेको रिट निवेदन । ३. यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिम किन आदेश जारी हुन नपर्ने हो ? बाटाको म्याद बाहेक १५ दिनभित्र लिखितजवाफ पठाउनु भन्ने यस अदालत सिं.बेञ्चको आदेश । ४. विपक्षी निवेदन उपर कीर्ते सर्टिफिकेटले शिक्षकमा नियुक्ति भई काम गरेको भन्ने आरोपबाट भ्र.नि.ऐन, २०१७ बमोजिम कारवाही चलिरहेको र उक्त ऐनको दफा १२ बमोजिम हुन सक्ने कैद र जरिवाना बापतको रकम रु.७१६०। मा पहाड सिंहले चितवन कठहर वा.नं. ९(क) कि.नं. १ को जग्गा २–१–१६ समेत जमानतमा राखेकोमा जमानी दिएको जग्गाको सक्कल ज. ध.द.प्रमाणपूर्जा यस कार्यालयमा रहेको हुँदा निज पहाडसिंहले मालपोत कार्यालय चितवनबाट जग्गाधनी प्रमाणपूर्जाको नक्कल सारी सो मालपोत कार्यालयमा जग्गा रोक्का हुँदा ताहाँबाट रजिष्ट्रेशन हुन नसक्ने देखी मालपोत कार्यालय मकवानपुर मार्फत निवेदक र निज पहाडसिंह धनी भई जमानत राख्न