निर्णय नं. १८९९ - परमादेशको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १८९९ - परमादेशको आदेश जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४१/०२/०९ २४१९ निर्णय नं. १८९९ ने.का.प. २०४१ अङ्क २ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०४० सालको रिट नं. १२९१ विषय : परमादेशको आदेश जारी गरिपाउँ निवेदक : महोत्तरी जिल्ला श्रीपुर गा.पं. वार्ड नं. १ बस्ने रामप्रसाद यादव विरूद्ध विपक्षी : भूमिसुधार कार्यालय महोत्तरी मुकाम जलेश्वर महोरी जिल्ला बथनाहा गा.पं. वार्ड नं. ट बस्ने सुनिल कुमार झा श्रीपुर गा.पं. वार्ड नं. २ मा डेरा गरी बस्ने हरदेव राय यादव आदेश भएको मिति : २०४१।२।९।३ मा § भू.सु.अ.ले अ.बं.८६ नं. अन्तर्गतको अधिकार क्षेत्र–ग्रहण गरी निर्णय गर्न सक्तैन भन्न नमिल्ने । (प्रकरण नं. १२) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जबिहारीप्रसाद सिंह उल्लेखित मुद्दा : x आदेश न्या. धनेन्द्रबहादुर सिंह : मिति ०४०।३।२९।४ को भूमिसुधार कार्यालयको दरपिठ आदेश बदर गरिपाउँ भनी संविधानको धारा ७१ अन्तर्गत पर्न आएको रिट निवेदनको संक्षिप्त तथ्य र निवेदन जिकिर यस प्रकार रहेछ । २. विपक्षी मध्येका हरदेव राय यादवले भू.सु.का.महोत्तरी समक्ष मेरो हक भोग तिरोको श्रीपुर गा.पं. वार्ड नं. १ को कि.नं. १५१ को ०–११–१५ जग्गाको मोहियानी हकको प्रमाणपत्र पाउँ भनी मिति ०३७।५।१९ मा निवेदन दिएको रहेछन् त्यस निवेदनमा म निवेदकले मिति ०३६।२।२६ मा राजीनामा रजिष्ट्रेशन गरी लिएको कुरालाई गुपचुप राखी विपक्षी मध्येका सुनिलकुमार झाले साविती प्रतिवाद दिएको आधारमा गैरकानूनी तरिकाद्वारा मिति ०३८।२।२० मा प्रत्यर्थी भू.सु.का.बाट हरदेवलाई मोही हकको प्रमाणपत्र दिने निर्णय भएको रहेछ उक्त कुरा मैले मिति ०४०।३।२ मा नक्कल लिँदा थाहा पाई प्रत्यर्थी सुनिकुमार झा र हरदेव राय यादव उपर अ.बं.८२ अ.बं.८६ एवं भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३१(क) अन्तर्गत भू.सु.कार्यालयको मिति ०३८।२।२० को फैसला बदर हक कायम गरिपाउँ भनी मिति ०४०।३।२९ मा भूमिसुधार कार्यालय समक्ष दर्ता गर्न जाँदा प्रस्तुत फिरादपत्रबाट यस कार्यालका मिति ०३८।२।२० को निर्णयले हरदेव रायलाई मोही कायम गर्ने गरी निर्णय भइसकेको देखिएको र फिराद दावीबाट जालसाजी गरेकोले सो तर्फ म.जि. अ.मा कारवाई चलाउने भन्ने उल्लेख भएको र साथै भू.सं.ऐनको दफा ३१(क) बमोजिम कारवाही गरिपाउँ भन्ने समेत उल्लेख गरेकोमा प्रस्तुत दावामा फिरादको स्वयं ज.ध.देखिएको उक्त ऐनको दफा ३१(क) को आधारमा क्षेत्रभित्र नपर्नाले यस कार्यालयको क्षेत्राधिकार नहुँदा दर्ता नगरी अ.बं.२७ नं. बमोजिम दरपिठ गरी फिर्ता दिने भनी दरपिठ आदेश गर्नुभयो । ३. भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३१(क) मा मोहियानी हकको प्राप्ति वा तेरो मेरो सम्बन्धी मुद्दाको निर्णय गर्ने अधिकार भू.सु.अ.लाई प्रष्ट छ । विपक्षीहरू आपस आपसमा मिली हरदेव राय यादवलाई मोहियानी कायम गरी मोही हकको प्रमाणपत्र दिने गरेको मिति ०३८।२।३० को निर्णयद्वारा मेरो समेत हक जाने भएको हुँदा अ.बं.८६ नं. अन्तर्गत हक कायम गराई पाउँ भन्ने विषय विपक्षी हरदेव रायले प्राप्त गर्न खोजेको मोहियानी हक सँग सम्बन्धित भएको हुँदा प्रत्यर्थी कार्यालयको क्षेत्रभित्र नपर्ने भनी भन्न मिल्दैन । आफूलाई भएको अधिकार क्षेत्र ग्रहण गर्न इन्कार गरेको सरासर कानून प्रतिकूल छ । प्रत्यक्र्षी कार्यालयको आदेशमा फिरादी स्वयं जग्गा