निर्णय नं. १९०० - जालसाजी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १९०० - जालसाजी भाग: २६ साल: २०४१ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४१/०१/१२ २४९१ निर्णय नं. १९०० ने.का.प. २०४१ अङ्क २ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०३९ सालको फौ.पु.नं. २५१ मुद्दा : जालसाजी पुनरावेदक/प्रतिवादी : का.जि. का.न.पं. वडा नं. १३ कालीमाटी बस्ने अम्बीकादेवी मानन्धर ऐ ऐ वडा नं. २५ मखन टोल बस्ने पन्ना लाल कपाली ऐ ऐ वडा नं. ३१ बागबजार बस्ने कृष्ण कुमारी ठकुर्नी ऐ ऐ वडा नं. २० भिमसेन स्थान बस्ने बेद कुमार उपाध्याय सुवेदी ऐ ऐ वडा नं. १९ थापाथली बस्ने जगत बहादुर कार्की विरूद्ध विपक्षी/वादी : का.जि. का.न.पं. वडा नं. २५ मखन टोल बस्ने राधिकादेवी मानन्धर फैसला भएको मिति : २०४१।१।१२।६ मा § हक टुटेको लिखत प्रमाण बेगर भोगबन्धकी थैली तिरी निखनी लिई पुनः बन्धकी दिई बन्धकी निखनी आफ्नै परिवारमा बण्डा गरी नक्सा पास समेत गरेको समेत कारणबाट अपुतालीमा हक नपुग्ने वादीको हकको सिर्जना हुन्छ भन्न सर्वथा न्यायसंगत नहुने । (प्रकरण नं. १२) पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विपक्षी वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी उल्लेखित मुद्दा : x फैसला न्या. धनेन्द्रबहादुर सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा कानूनको त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा पुनरावेदनको अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य निम्न अनुसार छ । २. स्वर्गीय ससुरा अष्टनारायण मानन्धर जीवित छँदै उहाँको हकको स्ववासी पूर्व तत्काल अवस्थामा हर्षमान मानन्धरको घर पश्चिम मूल सडक उत्तर हनुमानको घर दक्षिण मखन गल्ली यति ४ किल्ला भित्रको का.जि. मखन टोलको पश्चिम मोहडा उत्तर दक्षिणको लम्बाई हात १२। को २ नाले ४ तल्ले र त्यसको बाँकी पूर्व तर्फ जोडिएको दक्षिण मोहडा पूर्व पश्चिम लङको लम्बाई हात २० को १ नाले २।। तल्ले समेत पक्की गारो कर्कट पाताको छाना भएको पसल सहितको पक्की झिंगटी घर र सो घरबाट चर्चेको लुगापात समेत थैली रु.६३०२।– मा का.जि. जुद्धसडक बस्ने बलमान जोशीलाई १९९९।५।११।४ मा भोगबन्धकी रजिष्ट्रेशन पास गरी दिनुभएको थियो, मेरो स्वर्गीय पतिदेव बेखानारायण र ससुरा अष्टनारायण र पञ्चनारायण पृथ्वीनारायण समेतको अंशबण्डा लगाई २००२।११।१३।१ मा बण्डापत्र लिखत रजिष्ट्रेशन पास गराई छुट्टी भिन्न हुँदा उक्त साहुलाई रुपैयाँ तिरी भोग चलन गर्ने बण्डापत्रमा उल्लेख भएको थियो र म र मेरा पतिदेव समेतले देवर पञ्चनारायणलाई स्याहार सम्भार गरी आएकै अवस्थामा २००३ सालमा आफ्नो कालगतिले परलोक हुनुभएपछि उहाँको काजक्रिया पिण्ड पानी समेत म तर्फबाट भई आएकोमा उहीको पत्नी जगतमाया पोइल गएको हुनाले पञ्चनारायणको अंश मात्रको अपुताली परेको घर समेतको श्रीसम्पत्ति मेरा पतिदेव तथा म समेतले भोग चलन गरी आएको अवस्थामा माथि लेखिए अनुसार ससुरा अष्टनारायणकै पालामा भोगबन्धकीमा गएको घरको पतिदेव बेखानारायणको भागको ०१६।३।३१ मा पतिदेव र पञ्चनारायणका भागको रु.१४२५।– पंचनारायण परलोक भई वहाँको पत्नी जगतमाया घर छाडी पोइल गएकीले म अपुताली खान दाजु भन्ने जनाई मेरो पतिदेव बेखानारायणबाटै साहुले रुपैयाँ बुझी ०१७।१०।१० मा दरपिठ गरी दिनुभएकोले लगत कट्टा भइसकेको छ र ०३२।१०।६ मा रजिष्ट्रेशन पास गर्दा उक्त मखन गल्लीको घर मेरो भागमा परी भोग चलन गरी आएको घरलाई विपक्षीहरू मिली अम्बिकाको भोग चलनको भनी हिस्सा बण्डा गरी