निर्णय नं. १९०१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १९०१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४०/१२/२४ २४३० निर्णय नं. १९०१ ने.का.प. २०४१ अङ्क २ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०३९ सालको रिट नं. १००० विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ निवेदक : स्याङ्जा, अर्जुन चौपारी गा.पं. वार्ड नं. ५ डुरुङ खोला सिमलचौर बस्ने देवबहादुर रोक्का क्षेत्री विरूद्ध विपक्षी : सचिव, श्री ५ को सरकार स्वास्थ्य मन्त्रालय, रामशाहपथ काठमाडौं महानिर्देशक, श्री ५ को सरकार स्वास्थ्य सेवा विभाग टेकुपचली आदेश भएको मिति : २०४०।१२।२४।६ मा § हाजिर भएको मितिदेखि परीक्षणकाल प्रारम्भ भएको भन्नु पर्ने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल उल्लेखित मुद्दा : x आदेश न्या. धनेन्द्रबहादुर सिंह : मिति ०३९।१।१० को निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनका संक्षिप्त तथ्य निवेदन जिकिर यस प्रकार रहेछ । २. म निवेदक विपक्षी मन्त्रालय तथा विभाग अन्तर्गतको हेल्थ असिष्टेण्ट पदमा लो.से.आ.को सिफारिश बमोजिम मिति ०३७।१२।२५ को निर्णय बमोजिम स्थायी नियुक्ति पाई धादिङ जिल्ला फूलखर्क हेल्थपोष्टमा कार्यरत रहिरहेको अवस्थामा मिति ०३९।१।१० को निर्णय बमोजिम नि.से.नि.१०, ११ बमोजिम मेरो नोकरीको अन्त गरिएको विभागको क.प्र.दे.अ.३८३ न.नं. ११०२ प.सं.२०३८ मिति ०३९।१।१६ को गोप्य तथा अत्यन्त जरूरी पत्र मिति ०३९।२।१ मा प्राप्त भई म निवेदकको नोकरी अन्त्य गरिएको जानकारी प्राप्त गरेपछि सो निर्णय उपर नि.से.नि.को १०, १५(१) बमोजिम विपक्षी सचिवज्यू समक्ष निवेदन गरेकोमा विभागको निर्णयलाई नै सदर गरी निर्णय गरेको जानकारी दिइयो । ३. उक्त निर्णय गर्न मूलरूपमा नि.से.नि.१०, ११ लाई देखाइएको छ उक्त नियममा (क) र (ख) गरी दुई अवस्था राखिएको छ त्यस अनुरूप निवेदकको नियुक्ति करारनामा अन्तर्गत भएको नभई स्थायी रूपमा बहाली पाएको व्यक्ति भएको हुनाले नि.से.नि.१०(११)(क) लाग्ने मान्नु पर्दछ । उक्त नियममा लेखिए अनुसार १०(११)(क) परीक्षणकालको अवधिमा नियुक्त भएकोलाई निजको कुनै दोष वा अनुपयुक्तताले गर्दा परीक्षणकालको अवधि भित्र वा परीक्षणकालको अन्तमा सेवाको अन्त गर्न सक्ने व्यवस्था छ । उक्त नियम अन्तर्गत सेवाको अन्त गर्ने आधार देखाउनु पर्ने अनिवार्यता छ मेरो विरूद्ध मलाई सेवाबाट हटाउन कुनै दोष अथवा अनुपयुक्तता भएको भनी पत्रमा देखाउन सकेको छैन भने सो निर्णय नि.से.नि.को १०(११)(क) विपरीत हुन गएको प्रष्ट छ । मेरो स्थायी नियुक्तिको निर्णय ०३७।१२।२५ मा भएको र निवेदकले उक्त नियुक्ति पत्र ०३८।१।३ मा बुझेको छ भने सोही मितिबाट निवेदक नियुक्ति भइसकेको छ भने त्यस्तो अवस्थामा विपक्षी विभागको ०३९।१।१० को निर्णय मेरो परीक्षणकालको अवधि समाप्त भइसकेको व्यक्ति उपर नि.से.नि.१०, ११ लगाएको प्रष्ट कानूनी त्रुटि छ र नि.से.ऐन, २०१३ को दफा ५(क) र ६(१) विपरीत हुनुको साथै प्राकृतिक न्याय सिद्धान्त समेतको विपरीत हुन गएको छ भन्ने समेत रिट निवेदन जिकिर रहेछ । ४. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नु भन्ने सिङ्गलबेञ्चको मिति ०३९।७।२।२ को आदेश रहेछ । ५. निवेदकलाई एक वर्षको परीक्षणकालमा राखी हाजिर भएको मितिदेखि लागू हुने गरी स्वास्थ्य सेवा विभागको मिति ०३७।१