निर्णय नं. १९०२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १९०२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४१/०१/३१ २५०० निर्णय नं. १९०२ ने.का.प. २०४१ अङ्क २ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०३९ सालको रिट नं. १६८८ विषय : उत्प्रेषण निवेदक : जिल्ला वारा कवही गा.पं. वार्ड नं. ५ बस्ने जोखन राउत अहिर विरूद्ध विपक्षी : ऐ ऐ बस्ने सम्पत राउत अहिर भूमि सुधार कार्यालय बारा आदेश भएको मिति : २०४१।१।३१।१ मा § एउटा निर्णय भई टुङ्गो लागिसकेको मुद्दाको पूरकको रूपमा अरू कुनै कारवाई नगरी पहिलेकै मुद्दाको कारवाहीमा आधारित गरी मुद्दाको निर्णय गरेकोलाई त्रुटिपूर्ण निर्णय गरेको भन्नु पर्ने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल र विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जबिहारीप्रसाद सिंह उल्लेखित मुद्दा : x आदेश न्या. धनेन्द्रबहादुर सिंह : मिति ०३८।५।३ को भू.सु.कार्यालय बाराको निर्णय बदर गराई पाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको रिट निवेदनको संक्षिप्त तथ्य यस प्रकार रहेछ । २. मेरा हकभोग दर्ता तिरोको पूर्व पश्चिम औरैया गोड जिरायत उत्तर सुरजनारायण दक्षिण औरैया निकासको जिरायत यति ४ किल्ला भित्रको ०–९–० जग्गा मैले ०१८ सालमा श्री कृष्णविक्रम शाहलाई भोगबन्धकी दिएको अवस्था भोगबन्धकी साहुले विपक्षी सम्पतका पिता बंति राउतलाई कमाउन दिएका र ०२२ सालमा बंति राउतले उक्त जग्गा समेतका सम्बन्धमा मोहियानी हक कायम गरिपाउँ भनी म समेतका उपर भू.सु.विशेष अदालतमा उजूरी दिएकोमा मेरो इन्कारी प्रतिउत्तर परेकोमा विशेष अदालतबाट उक्त मेरा जग्गा समेतमा मोही हक कायम हुने ठहर्याई मिति ०२३।१।६ मा फैसला भएको थियो । सो भोगबन्धकी निखनी लिएपछि भोगबन्धकी लिने साहुबाट कमाउन पाई मोही कायम भएका बन्ति राउतको हक स्वतः समाप्त भई गएको र ०२५ सालमा निज बन्ति परलोक भएपछि जग्गा मैले नै कमाई आएको छु मेरो हक भोग दर्ता तिराको भई भूमिसुधार सर्भे नापी नक्सा हुँदा समेत जग्गाधनी तथा मोही समेत मेरै नाउँमा कायम भई नाप नक्सा दर्ता भएको जि. बारा औरैया गा.पं. वार्ड नं. ४ कि.नं. २०६ को ०–७–० भोग चलन गरी आएको जग्गामा विपक्षी सम्पतलालले खिचोला गर्न आएबाट श्री बारा जिल्ला अदालतमा ०३८।५।१२ मा जग्गा टंटा मुद्दा दिएकोमा विपक्षीको प्रतिउत्तर समेत परी ०३८।११।२० मा फैसला हुँदा उक्त जग्गाको मोहियानी हकको निस्सा समेत प्राप्त गरिसकेको देखिन आएकोले भनी मलाई हराएबाट कसरी मोहीको प्रमाणपत्र पाएछन् भनी विपक्षी भू.सु.का.मा गई बुझ्दा विपक्षी सम्पतले म समेत अर्को व्यक्ति विरचन समेतका उपर पिता बंति राउतले भू.सु.वि.अ.का ०२३।१।६ का फैसला अनुसार मोही कायम भएको जग्गाको पिता ०२५ सालमा परलोक हुनुभएकोले मोही हक कायम गरी निस्सा पाउँ भनी निवेदन दिएकोमा विपक्षी कार्यालयबाट मेरा नाउँमा म्याद पठाउँदा अर्कै वडामा पठाई अ.बं.११० नं. विपरीत गरी टाँस गरे पनि मेरा हकमा चाहि विपक्षी अधिकारीले जोखनाका नाउँको जग्गाको कित्ता नखुलेकोले कि.नं. खुलाई निवेदन गरेमा कारवाही हुने भन्ने गरी ०३८।४।२९ मा फैसला गर्नुभएछ र पछि विपक्षी समेतको आमा सनकेसियाले पुनः ०३८।५।२ मा ०२६।१।६ को भू.सु.वि.अ.को फैसला अनुसार कि.नं. २०६ को जग्गा सम्पतका नाउँमा मोही कायम गरी दिएकोमा मञ्जूरी छ भनी बयान गरेबाट दावीको जग्गा सम्पत राउतको नाममा म