निर्णय नं. १९०३ - उत्प्रेषण लगायतको उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १९०३ - उत्प्रेषण लगायतको उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४१/०१/२९ २४६७ निर्णय नं. १९०३ ने.का.प. २०४१ अङ्क २ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् ०३९ सालको रिट नं. १३३२ विषय : उत्प्रेषण लगायतको उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ निवेदक : दाङ, नारायणपुर गा.पं. वार्ड नं. २ बस्ने वर्ष ४० को छवादेवी न्यौपाने विरूद्ध विपक्षी : उच्चस्तरीय समिति दाङ, घोराही ऐ का अध्यक्ष श्री झपट सिंह रावल ऐ का सदस्य श्री खिम बहादुर शाहा (जि.पं. सभापती) ऐ का सदस्य सचिव का.मु. भू.सु.अ. श्री भोलानाथ शर्मा दाङ्ग नारायणीपुर गा.पं. वार्ड नं. ३ चार वगिया बस्ने वलसिंह वाठा मगर आदेश भएको मिति : २०४१।१।२९।६ मा § भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५(क) बमोजिम वास्तविक जग्गा जोत्ने मोहीको उजूरी लिई कारवाही गर्दा समितिले भूमिसम्बन्धी नियमहरू, २०२१ को संशोधित नियम ११(क) मा व्यवस्थित कार्यविधिहरूलाई बाध्यात्मक रूपले अपनाई निर्णय गर्नुपर्ने । (प्रकरण नं. १६) निवेदक तर्फबाट : x  विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे उल्लेखित मुद्दा : x आदेश न्या. बब्बरप्रसाद सिंह : नेपालको संविधानको धारा ७१ अनुसार यस अदालतमा पर्न आएको प्रस्तुत रिट निवेदनको व्यहोरा यस प्रकार रहेछ । २. उक्त नारायणपुर गा.पं. वार्ड नं. २ कि.नं. ३१५ ऐ वार्ड नं. २(क) को कित्ता नं. ३५३, ऐ.वार्ड नं. २(क) कि.नं. ३५७ ऐ वार्ड नं. २(क) कि.नं. ३६६ को जग्गाहरू म निवेदिका जग्गाधनी आफैंले जोत आवाद गरी आएको सो जग्गाहरूमा अन्य कसैलाई कुनै शर्तमा मोहियानीमा कमाउन दिएको छैन । फिल्डबुक, ज.ध.प्र.पू.समेतमा मोहीको नाम उल्लेख छैन । त्यस्तो जग्गामा विपक्षीले ०२५ सालदेखि कमाई आएको मोहीको प्रमाणपत्र पाउँ भनी उजूरी विशेष अदालत समक्ष दिएको रहेछ । मैले उक्त विवादित जग्गाहरूमा विपक्षीले कहिले नजोतेको म आफैंले जोती आएको भनी प्रतिउत्तर बयान विशेष अदालत समक्ष दिएकोमा विपक्षी उच्चस्तरीय समितिबाट विपक्षीको नाममा मोहियानी कायम हुने ठहर्छ भन्ने ०३९।५।३० गते निर्णय भएको रहेछ । ३. विपक्षीले मोही कायम गरिपाउँ भनी दावी गरेको निवेदन पत्रमा कुन कानून अन्तर्गत निजको निवेदनको माग हो उल्लेख छैन । कुनै जग्गाधनीको जग्गामा मोही कायम गरी दिन ऐनको दफा २५ मा व्यवस्था भएको पाइन्छ । ०२५ सालदेखि कमाई आएकोमा हकलाई ऐनको दफा २५(२) आकर्षित हुन्छ । मेरो जग्गाको मोहियानी हक खोज्ने विपक्षी ऐनको दफा ३४(१) र (२) बमोजिम कबूलियत रसिद पाई राखेको हुनुपर्दछ । त्यस्तो कुनै सबूत प्रमाण पेश गर्न सकिएको छैन । जग्गाधनी र मोही बीच कबूलियत हुनु पर्ने विषयमा रिट नं. १३५१ मिति ०३२।४।९।६ को फैसला लगायत कतिपय रिट मुद्दाहरूमा सिद्धान्त प्रतिपादित भइरहेको छ । सो आधारबाट पनि मोही कायम गर्ने गरेको निर्णय बदरभागी छ । ४. विपक्षीको उजूरी विशेष अदालतमा परी त्यहीबाट कारवाही हुँदै आएकोमा अदालतबाट मिसिल सरूवा गरी विपक्षी समितिमा पठाएकोबाट उक्त समितिले आफूले वास्तविक मोहीको उजूरी लिने जाँचबुझ कारवाही गर्ने निर्णय गर्ने सम्म हो । अरू निकायमा परिरहेको कारवाही मिसिल मुद्दा सार्न सराउन सक्ने कानूनको अभावमा विशेष अदालतबाट सरूवा आदेश भएको मिसिलमा निर्णय गरिएको अधिकार क्षेत्रात्मक त्रुटि गरी निर्णय भएकोले सो निर्णय बदर गरिपाउँ । ५. यसरी विपक्षी समितिबाट वास्तविक मोही नभएको, विपक