निर्णय नं. १९०४ - फैसला बदर हक कायम
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १९०४ - फैसला बदर हक कायम भाग: २६ साल: २०४१ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४१/०२/०५ २७०७ निर्णय नं. १९०४ ने.का.प. २०४१ अङ्क २ डिभिजन बेञ्च इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् ०३९ सालको दे.पु.नं. ५३२ मुद्दा : फैसला बदर हक कायम पुनरावेदक/वादी : पोखरा न.पं. वार्ड नं. १६ बस्ने मोतिबहादुर बनिया क्षेत्री ऐ ऐ को श्रीमती ऐ ऐ बस्ने गिता देवी बनिया क्षेत्री विरूद्ध विपक्षी/प्रतिवादी : ऐ ऐ बस्ने नेत्रबहादुर बनिया क्षेत्री ऐ ऐ बस्ने भद्रकाली वनिया क्षेत्री फैसला भएको मिति : २०४१।२।५।६ मा § सगोलको सम्पत्ति बिक्री गर्दा मुलुकी ऐन, लेनदेन व्यवहारको १० नं. अनुसार वादीको मञ्जूरी लिनु पर्ने बाध्यात्मक कानूनी व्यवस्था भएको पाइने । (प्रकरण नं. १९) पुनरावेदक वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी प्रतिवादी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री हरिहर दाहाल उल्लेखित मुद्दा : x फैसला न्या. बब्बरप्रसाद सिंह : पश्चिामाञ्चल क्षेत्रीय अदालतको फैसला उपर न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३ (५)(ख) अनुसार यस अदालतबाट पुनरावेदन गर्ने अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा यस प्रकारको रहेछ । २. विपक्षी नेत्रबहादुर बनिया मेरो कान्छा भाइ र विपक्षी भद्रकाल मेरो जेठी श्रीमती र कान्छी श्रीमती गितादेवी बनिया हुन म मोतिबहादुर आफ्नो आमा बाबु दाजु भाइसँग २०२१ सालतिर अंशबण्डा गरी छुट्टिई आफ्नो चल अचल सम्पत्ति बुझी लिई भोग चलन गर्दै आएकोमा म मोतिबहादुर सानै उमेर देखि विदेश भारतमा नोकरी गरी बसेको र बीच–बीचमा घर आउने घर खर्च गर्न र जमीन किन्नको लागि रुपैयाँ पठाउँदै गरेको ०२५।१२।१२ मा मधुसुदन आचार्य जैशीबाट खरीद गरी लिएको खेत मुरी ।६।७।४। को तिरो रु.३।५०।२ लागेको खेत कित्ता १ श्रीमती भद्रकली दिने विपक्षी नेत्रबहादुर बानिया क्षेत्री लिने गरी एका पक्षका मिली लिनु दिनु गरी रु.७५००। को लिखत कानूनका म्यादभित्र पारित गरी दिने बोली पारी नेत्रबहादुरले पारित गराई पाउँ भनी फिराद गरी विपक्षी भद्रकलीले प्रतिउत्तर नै नदिई एक तर्फी फैसला भएको रहेछ । सो कुरा मिति ०३५।३।२०।४ मा नक्कल सारी हेर्दा थाहा पाएकोले अ.बं.८६ नं. का आधारमा फिराद गर्न आएका छौं । अतः लेनदेन व्यहारको १० नं. ले हाम्रो मञ्जूरी नै नलिई हाम्रा हक मार्ने नियतले उक्त जग्गा बिक्री गरेको उक्त मिति ०३५।३।२।६ मा भएको फैसला बदर गरी ३ खण्डको २ खण्ड लिखत समेत बदर गरिपाउँ भन्ने मोतीबहादुर बनियाँ र गिता बनियाँ समेतको फिराद दावी रहेछ । ३. भिन्न भिन्न दावी लिई एउटै फिराद गरेको अ.बं.७२ नं. प्रतिकूल भएकोले एउटै फिरादबाट इन्साफ गर्न नमिल्ने अ.बं.८६ नं. अनुसार फैसलाले जसको हक जति छ त्यसैले थाहा भएका ३५ दिनभित्र नालिश दिनु पर्ने बाध्यात्मक व्यवस्था देखिन्छ । विपक्षी वादीहरूले ०३५।३।२।६ मा नक्कल सारी हेर्दा थाहा भएको भन्ने र अ.बं.८६ नं. को आधार लिई नक्कल सारी लिएको मितिले ४१ दिनमा दर्ता गरेको यो फिराद हदम्याद नाघी दायर भएकोले खारेजभागी छ र मेरो जग्गा दाता भद्रकलाले आफ्नो दाईजो धनबाट खरीद गरी लिएको जग्गालाई बिक्री गरेमा विपक्षी वादीहरूको हक अधिकार पुग्न नसक्ने हुनाले विपक्षीहरूको दावी अ.बं.८२ नं. स्त्री अंश धनको ५ नं. को प्रतिकूल भई हक दैया नै नपुग्ने भएकोले फिराद खारेज गरिपाउँ भन्ने समेत नेत्रबहादुरको प्रतिउत्तर जिकिर । ४. प्रतिवादी मध्येको भद्रक