निर्णय नं. १९०५ - ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १९०५ - ज्यान भाग: २६ साल: २०४१ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४१/०१/११ २६९४ निर्णय नं. १९०५ ने.का.प. २०४१ अङ्क २ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् ०३९ सालको फौ.पु.नं. २५८ मुद्दा : ज्यान पुनरावेदक/वादी : छिरिङ छेदरको जाहेरीले वादी श्री ५ को सरकार विरूद्ध विपक्षी/प्रतिवादी : संखुवासभा सिमा प्रशासन शाखाका शाखा अधिकृत धरणीधर भण्डारी समेत फैसला भएको मिति : २०४१।२।११।५ मा § भरपर्दो एवं तथ्ययुक्त सबूत प्रमाणको अभावमा ज्यान जस्तो गम्भीर फौजदारी अभियोगमा दोषी मान्न मिल्दैन । (प्रकरण नं. ३०) पुनरावेदक वादी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे विपक्षी प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त उल्लेखित मुद्दा : x फैसला न्या. बब्बरप्रसाद सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर वादी श्री ५ को सरकारका तर्फबाट यस अदालतमा पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा यस प्रकारको रहेछ । २. आक्टुप्पा भोटेको छोरा दावा छिरिङलाई लाकमा यचुंग भोटेले कुट्यो भनी सिमा प्रशासन शाखा अधिकृत धरणीधर समक्ष उजूर गरेको प्रहरी लाकम सेर्पाले ०३५।४।२९ गते लाकमा टांचुगलाई पक्री उक्त शाखा अधिकृत बसेका कोठामा लगी कुटपिट गरी लाकमा टांचुग कुटाईको पिरले ०३५।५।६ का दिन अं.१२ बजे मृत्यु भएकोले प्रहरी लाकमा सेर्पा समेत उपर कानूनी कारवाही गरिपाउँ भन्ने समेत छिरिङ छेदरको जाहेरी दरखास्त । ३. लाकमा टांचुग भोटेका नाउँमा छिरू माला हराएको भनी आक्टुप्पाले उजूर गरेकोले छलफल गरी दिनको लागि टांचुगलाई प्रहरी लाकमा सेर्पाले पक्री ल्याए पछि निजलाई उक्त छिरूमाला देऊ र मिल भन्दा निजले मिल्दिन भनेकोबाट चेतावनी दिन एक दुई थप्पड हिर्काई देऊ भनेको थिएँ त्यसबेला लाकमा सेर्पाले हिर्काउँदा कुन ठाउँमा लागी थला परेका थिए । लाकमा टाचुंगको श्रीमतीले मेरो लोग्नेलाई कुटाई थला पारी दिनुभएछ भनेकोले कुटपिट गर्ने उपर कारवाही गरी दिउँला भनी दरखास्त लेखाई थानामा पठाई दिएँ । छिरूमालाको सम्बन्धका लाकपा टाचुंगबाट रु.३००।–दिलाई झगडा मिलाई दुवै थरबाट रु.५०।– का दरले रु.१००।– लिई ०३५।४।३० मा मिलापत्र भएपछि लाकपा टाचुंगलाई बोकाई घरतिर लगिन । मैले कुट्न लगाएको लाकपा टाचुंग मर्ने बाच्ने दोसाँधमा छ भन्ने किमाथाङकामा नै सुने पछि ज्यानमा परिएला भनी जिल्ला कार्यालय खाँदबारीलाई लेखी प्रहरी कार्यालयलाई बोधार्थ दिई ०३५।५।२ गते जाहेर गरेको छु । ०३५।५।६ गते मृत्यु भयो भन्ने पासाङ्ग घले र किन्चोक भोटेलाई जाहेर गर्न लगाएको छु । लाकपा सेर्पाले आफू खुसी कुटेको नभई मैले भने बमोजिम कुटेकोले कुन ठाउँमा लाग्न गई सोही चोटको पीरबाट लाकपा टाचुंगको मृत्य हुन गएको हो भन्ने समेत शाखा अधिकृत धरणीधर भण्डारीले प्रहरीमा गरेको कागज । ४. ०३५।४।१२ गते शा.अ.धरणीधरसंगै किमाधाङका पुरमा जाँदा हुगगुङ पुग्दा दावा छिरिङ र जेम्पागको झगडा परी दावा छिरिङको छिरूमाला छिनाई दियो भनी आक्टुप्पाले लाकपा टाचुंग उपर ०३५।४।२९ गतेमा उजूर गरेकोले लाकपा टाचुंगलाई बोलाई शा.अ.ले एकान्त कुरा गरी लाकपा टाचुंग घर गए, फेरि लिन प्रहरी पठाए । राती खाना खाए पछि शा.अ.जगबहादुर किर्जावे भोटे समेत थियो रातको अं.११ बजे घद्रयाक घुद्रुक गरेको सुनी उठ्दा शा.अ.आफ्नो ओछ्यानमा बसी प्रहरी ला.पा.सेर्पालाई अरू कुट भन्दै गरेका सुने, प्रहरीले लाकपा टाचुंगलाई कुटे । भोलिपल्ट छिरूमाला ३