निर्णय नं. १९०६ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १९०६ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४१/०१/२८ २४४० निर्णय नं. १९०६ ने.का.प. २०४१ अङ्क २ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् ०३९ सालको रिट नं. १३१९ विषय : उत्प्रेषण निवेदक : जिल्ला सर्लाही गा.पं.हरिपूर्वा वार्ड नं. ७ बस्ने रामकुमार दास वैष्णव विरूद्ध विपक्षी : जनकपुर अञ्चलाधीशको कार्यालय जलेश्वर महोत्तरी जिल्ला कार्यालय मलंगवा सर्लाही गाउँ पंचायत कार्यालय हरिपूर्वा जिल्ला सर्लाही आदेश भएको मिति : २०४१।१।२८।५ मा § धर्मलोप भएमा त्यस्ता विवाद हेर्ने अधिकार प्र.जि. अ.लाई भएको छैन । (प्रकरण नं. १४) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली विपक्षी तर्फबाट : विद्वान अ.श्री यादवप्रसाद खरेल र विद्वान सरकारी अ.श्री इन्द्रराज पाण्डे उल्लेखित मुद्दा : x आदेश न्या. त्रिलोकप्रताप राणा : विपक्षीहरूले मठ सञ्चालक निर्देशनमा समिति गठन लगायत यस सम्बन्धित गरेको यावत निर्णय र काम कारवाही बदर गरी मेरो बन्देजी पत्र बमोजिम गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको रिट निवेदनमा लिएको जिकिर तथा तथ्य संक्षेपमा यस प्रकार छ । २. निवेदकको गुरूनारायण दास बैरागीका हक भोग नम्बरी दर्ताको उहाँको आर्जनको जि. स.प्र.अ.मौजे पोखरीया हरपुर्वा, मौजे कालिकापुर र मौजे भुताहा खजुरीयाको जम्मा जग्गा बिगहा २०–१६–८ र गुरूका मोठमा रहे भएको फूलवारी बगैचा समेत घरद्वार इनार हाडा भाडा इत्यादिको समेतको श्रीसम्पत्ति गैर २०१६ सालका बाली देखि निवेदकका जिन्दगी सम्म निवेदकले आफ्ना नाउँमा दाखिल दर्ता गराई मालपोत बुझाई उक्त मठमा स्थापना रहेको श्री ठाकुर जि रामजानकी ज्यूको धुप आरती बालभोग राजभोग र आए गएका अतिथि अभ्यागत साधु सन्तको सेवा सत्कार गर्ने गरी भोग चलन गर्न पाउने समेत गरी ०१६।१०।२९ मा बन्देजी पत्र रजिष्ट्रेशन पास गरी दिनुभएको थियो । सो बमोजिम आफ्ना नाममा दर्ता गराई पोता तिरी बाँकी आयस्ताबाट उक्त उल्लिखित बमोजिम पूजा आजा सदावर्त चलाई आएको थिएँ । ३. यही ०३९।९।२८ गते विपक्षी अञ्चलाधीशको कार्यालयको प.सं.३–२–।०३९–४० मिति ०३९।९।२ को पत्रानुसार भनी मोठ सञ्चालन निर्देशन समितिको गठन विपक्षी जिल्ला कार्यालय सर्लाहीद्वारा गरिएछ । तत्सम्बन्धी निर्णयको प्रतिलिपि विपक्षी जिल्ला कार्यालयले मन्दिरको पर्खालमा टाँसेबाट थाहा भयो । सो मोठको श्रीसम्पत्ति जिम्मामा दिनलाई श्री जिल्ला का.सर्लाहीबाट १ जना, मालपोत कार्यालयबाट १ जना, भू.सु.का.बाट १ जना, जिल्ला प्रहरी का.सर्लाहीबाट १ जना जि. पं.का.सर्लाहीबाट १ जना समेतका रोहवरमा मुचुल्का खडा गरी म सञ्चालक समितिको जिम्मामा दिने भएको हुँदा मिति ०३९।१०।३ गते अनिवार्य रूपमा गा.पं.हरिपूर्वामा उपस्थित हुनेलाई सूचित गर्दै ०३९।१०।२ को पत्र मन्दिरका पर्खालमा टाँस गरेको । सो विषयमा निवेदकको कुनै कुरा सुनुवाई भएन र निवेदकको श्रीसम्पत्ति विपक्षीले कब्जा गरे । यसबाट नेपालको संविधानको धारा ११(२)(ङ) धारा १४ धारा १५ मुलुकी ऐन गुठीको ११ नं. समेत उल्लंघन भएको छ । निवेदकको मौलिक हक हनन् हुनुको साथै निजी मठ मन्दिरको श्रीसम्पत्ति यसरी लिने कुनै कानूनले अधिकार दिएको छैन । नेपालको संविधानको धारा ७१ अन्तर्गत निवेदन गरेको छु । उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पूर्जि जारी गरी विपक्षीहरूले मठ सञ्चालन निर्देशन समिति गठन लगायत मठ सम्बन्धी