निर्णय नं. १९०८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १९०८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४२/०२/१२ २५९४ निर्णय नं. १९०८ ने.का.प. २०४१ अङ्क २ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०३९ सालको रिट नं. १२१३ आदेश भएको मिति : २०४१।२।१२।६ मा निवेदक : सोलुखुम्बु जिल्ला चौलाखर्क गा.पं. वार्ड नं. १ बस्ने देवी ध्वज बस्नेत विरूद्ध विपक्षी : जिल्ला कार्यालय शिक्षा शाखा सोलुखुम्बु स्थित जिल्ला शिक्षा समिति जिल्ला शिक्षा अधिकारी जिल्ला कार्यालय जिल्ला शाखा सोलुखुम्बु सोलुखुम्बु जिल्ला चौलाखर्क गा.पं. वार्ड नं. ८ स्थित हिमगंगा निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ § २ वर्षको अवधि भुक्तान भइसकेकोले हाल रिट जारी गरेमा सो निष्प्रयोजन हुन जाने । (प्रकरण नं. १३) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री बलिराम कुमार उल्लेखित मुद्दा : x आदेश न्या. त्रिलोकप्रताप राणा : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको रिट निवेदन यस प्रकारको छ । २. संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छ : जिल्ला शिक्षा समिति सोलुखुम्बुको मिति ०३८।१०।२९ मा बसेको बैठकको निर्णय अनुसार श्री हिमगंगा निम्न माध्यमिक विद्यालय चोलाखर्कको विद्यालय सञ्चालक समितिको अध्यक्ष पदमा म निवेदकलाई मनोनित गरिए अनुसार कार्य सञ्चालन गर्दै आएकोमा मिति ०३९।७।२९ मा श्री हिमगंगा निम्न माध्यमिक विद्यालयको प्रधानाध्यापकद्वारा दस्तखत गरी मिति ०३९।६।१८ को जिल्ला शिक्षा समितिको निर्णयलाई उल्लेख गर्दै म निवेदकलाई विद्यालय सञ्चालक समितिको अध्यक्ष पदबाट हटाउने एवं मेरो ठाउँमा प्रत्यर्थी मध्येका जगतबहादुर बस्नेतलाई मनोनित गरिएको सम्बन्धमा मलाई जानकारी दिइयो । ३. शिक्षा नियमावलीको नियम १४क(४) मा सञ्चालक समितिले मनोनित गरेको सदस्यको पदावधि २ वर्ष हुने भनी व्यवस्था गरेकोमा सो अवधि नपुग्दै मलाई बर्खास्त गरेको निर्णय त्रुटिपूर्ण छ । ४. जि. शि.स.मा निर्णयको नक्कल माग्न जाँदा दिइएन र मलाई दिइएको पत्रमा कुन कानूनको आधारमा हटाइएको हो सो समेत अभिव्यक्त नहुँदा अ.बं.१८४(क) को प्रत्यक्षतः त्रुटिपूर्ण छ । ५. शिक्षा ऐनको दफा १२(क) ले नियमावलीको नियम १४(ग) को पूर्वावस्था पूरा भएको अवस्थामा मात्र जि. शि.स.लाई सम्पूर्ण विद्यालय सञ्चालक समिति विघटन गर्ने अधिकार प्रदान गरेको छ । विद्यालय सञ्चालक समितिको कुनै सदस्य मात्रलाई अलग गरी हटाउने अधिकार छैन । मलाई नबुझी पदबाट हटाउने निर्णय गरिनु प्राकृतिक न्याय सिद्धान्तको प्रतिकूल हुँदा समितिको मिति ०३९।६।१८ को निर्णय बदर गरी पूर्ववत म निवेदकलाई अध्यक्ष पदमा रही बाँकी अवधिका लागि काम गर्न दिनु भन्ने व्यहोराको आदेश समेत पाउँ भन्ने समेतको रिट निवेदन जिकिर । ६. विपक्षीबाट लिखितजवाफ लिई पेश गर्नु भन्ने स.अ. सिङ्गलबेञ्चको मिति २०३९।९।३० को आदेश । ७. विपक्षी अध्यक्ष भएको सञ्चालक समितिले सन्तोषजनक काम नगरी जनता असन्तुष्ट भई गाउँ सभाले विपक्षी विरूद्ध प्रस्ताव पास गरेको सम्म जानकारी भएको र सो बाहेक अरू के कुन कारण समेतबाट विपक्षीलाई हटाइएको हो सो कुरा जिल्ला शिक्षा समितिले नै लिखितजवाफ दिने नै हुँदा विशेष जिकिर गरिरहन परेन भन्ने समेतको जगतबहादुर बस्नेतको लिखितजवाफ । ८. विपक्षीलाई कानून बमोजिम हटाइएको छ र निजलाई शिक्षा ऐन नियमावलीमा वि.