निर्णय नं. १९१० - उत्प्रेषण लगायतको आज्ञा, आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १९१० - उत्प्रेषण लगायतको आज्ञा, आदेश जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४१/०२/०४ २४३८ निर्णय नं. १९१० ने.का.प. २०४१ अङ्क २ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०३९ सालको रि.नं. १४०२ विषय : उत्प्रेषण लगायतको आज्ञा, आदेश जारी गरिपाउँ निवेदक : दाङ जिल्ला पुरनधारा गा.पं. वार्ड नं. ३ बस्ने दुर्गाप्रसाद कामी विरूद्ध विपक्षी : श्री अञ्चलाधीश राप्ती अञ्चलाधीश कार्यालय तुल्सीपुर दाङ जि. दाङ्ग पुरनधारा गा.पं. वार्ड नं. ३ हस्तिनापुर बस्ने भिम बहादुर कामी मालपोत कार्यालय दाङ्ग आदेश भएको मिति : २०४१।२।४।५ मा § निर्विवाद हकलाई लिएर रिट निवेदक आएको नदेखिएकोले निवेदकका माग बमोजिमको आदेश जारी गर्न मिल्ने अवस्था नहुने । (प्रकरण नं. ११) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल विपक्षी तर्फबाट : विद्वान स.अ.श्री बलिरामकुमार र विद्वान अधिबक्ता श्री विष्णुप्रसाद भट्टराई उल्लेखित मुद्दा : x आदेश न्या. पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदन यस प्रकारको रहेछ । २. विपक्षी मध्येको भिमबहादुर कामीले मबाट रु.९९। लिई निजका हक भोगको ज.बि.०–१२–५ मिति ०२५।२।२५ गते राजीनामा गरी दिनु भई ०२६।२।१३ गते जिमीदारी पटवारी श्रेस्तामा दाखिल दर्ता गराई पोत समेत बुझाई उक्त जग्गामा घरबास समेत गरी बसेको सर्भे नापीमा दर्ता गराउन बाँकी भएकोमा ०२६।१०।१८ मा सर्भे नापी हुँदा उक्त ज.बि.०–१८–१३– कायम भई उक्त जग्गा साविक जग्गाधनीको नाम खारेज गरी मेरो नाममा दर्ता गरिपाउँ भनी विपक्षी मालपोत कार्यालयमा मैले निवेदन दिएकोमा उक्त कार्यालयबाट नक्सा हुनु २ वर्ष अघिको घरसारको राजीनामाको आधारमा ऋणीको स्वीकृति बिना निवेदकको दावी अनुसारको जग्गा दा.खा.गरी दर्ता गरी दिन नमिल्ने भनी ०३८।११।२८ मा भएको निर्णय उपर विपक्षी राप्ती अञ्चलाधीश कार्यालयमा मेरो पुनरावेदन परेकोमा उक्त कार्यालयबाट मेरो पुनरावेदन जिकिर पुग्न सक्तैन भनी ०३९।९।११ गते निर्णय भयो । ३. उक्त विवादको जग्गा विपक्षी भिमबहादुर कामीले मबाट रु.९९।– मा लिई ०२५।२।२५ गते राजीनामा गरी दिनुभएको र त्यस्तो राजीनामा ०३४।९।२८ गते संशोधन हुनु पूर्वको तत्कालीन रजिष्ट्रेशनको २ नं. ले रजिष्ट्रेशन नगरी घरसारमै गरेको पनि सदर हुने प्रष्ट कानूनी व्यवस्था अनुसार मेरो हक प्राप्त भई मैले जिमीदारी पटवारी श्रेस्तामा ०२६।२।१३ गते दाखिल दर्ता समेत गराई पोत बुझाई सोही जग्गामा घरबास समेत गरी बसेको र सर्भे नापीमा मात्र दाताको नामबाट मेरो नाममा दा.खा.गराउनु पर्ने काम बाँकी भएको त्यसरी राजीनामा लिई साविक श्रेस्तामा दा.खा.समेत गरी घरबास समेत गरी हक हुन आएको जग्गा पजनीको २ नं. ले जतिसुकै अवधि व्यतीत भए पनि रु.१०।– दस्तूर लिई नामसारी दा.खा.गरी दिनु पर्ने अनिवार्य हुँदाहुँदै पनि दा.खा.गरी दिन नमिल्ने भन्ने मा.पो.का.को निर्णय र उक्त निर्णयलाई सदर गर्ने गरेको अञ्चलाधीशको कार्यालयको निर्णय उक्त कानूनको प्रतिकूल हुन गएको छ । दाताकै नाममा नापी भएको कुरा मानिएको छ र राजीनामा गरिएको होइन दा.खा.हुनु पर्ने होइन भन्ने प्रतिवादी छैन भन्ने यस अवस्थामा राजीनामा बमोजिम चौहद्दी भिडाई नामसारी दा.खा.गरिदिनु पर्ने मालपोत ऐन, २०३४ को दफा ८ को उपदफा १ ले प्रष्ट व्यवस्था गरेको छँदाछँदै अन्यथा तर्क गर्दै अ.बं.१८४ क १८५ नं. को समेत प्रतिकूल हुन गई उक्त मा.