निर्णय नं. १९११ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १९११ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४१/०२/२१ २३९७ निर्णय नं. १९११ ने.का.प. २०४१ अङ्क २ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३९ सालको रि.नं. ९३७ विषय : उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ निवेदक : का.जि. आदर्श गा.पञ्चायत वा.नं. ७ बस्ने कृष्णप्रसाद उपाध्याय आचार्य विरूद्ध विपक्षी : भूमिसुधार कार्यालय, काठमाडौं जोरपाटी अदर्श गा.पं. जोरपाटी का.जि. का.न.पं. वार्ड नं. १० भिमसेन गोला बस्ने हरिमान सिंह बस्नेत क्षेत्री आदेश भएको मिति : २०४१।२।२१।१ मा § हनन भएको आफ्नो हकको संरक्षणको लागि उचित समयभित्रै अदालतको सहयोग गुहार्न आउनु पर्ने । (प्रकरण नं. ११) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री दमन ढुङ्गाना विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल र विद्वान अधिवक्ता श्री रोहीणीराज सिग्देल उल्लेखित मुद्दा : x आदेश न्या. पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने समेत रिट निवेदनको तथ्य एवं जिकिर संक्षेपमा यस प्रकार रहेछ । २. ज.ध.हरिमान सिंहको का.जि. जोरपाटी गाउँ पञ्चयात वा.नं. ७ (ग) कि.नं. ८४ क्षेत्रफल ४–२–० जग्गा मेरो बाबुको पालादेखि कमाउँदै आएको र अस्थायी जोताहा निस्सा प्राप्त भई आजसम्म भोग गर्दै आएकोमा ०३० सालको बाली नबुझाएकोले बाली भराई मोही निष्कासन समेत गरिपाउँ भनी ज.ध.ले विपक्षी कार्यालयमा उजूर गरेकोमा फिरादीले तारेख छाडेकोले डिसमिस फैसला हुन्छ भन्ने भू.सु.का.बाट मिति ०३८।९।१२ मा डिसमिस फैसला भएको थियो । २०३९।३।१५।३ का दिन जग्गावालाले यस जग्गामा तिम्रो मोहियानी समाप्त गराई सकेको छु, पञ्चायतबाट पनि निष्कासन गर्न आदेश गरी सकेकोले अब तिमीलाई यस जग्गामा खेती गर्ने अधिकार छैन भनेबाट गा.पं.गई निर्णय नक्कल सार्न ०३९।४।२३ मा निवेदन गर्दा बुझ्दा पञ्चायतको मौजुद रेकर्डबाट त्यस्तो पत्रहरू देखिँदैन भनी ०३९।५।६ मा दिएको पत्र दाखिल छ । विपक्षी हरिमान सिंह बस्नेतले पाएको जग्गाधनी प्रमाण पूर्जाको नक्कल पाउन मा.का.मा ०३९।५।१५ मा दिई नक्कल सारी हेर्दा ०३१।३।१७ को निर्णय अनुसार कि.नं. ८४ को मोही कृष्णप्रसादको नाम कट्टा गरी जग्गाधनी हरिमान सिंहको नाउँमा मोही कायम भएको उल्लेख भएको र तर मोहीको नाम कट्टा गरेको कारण लेखिएको छैन । जग्गाधनी दर्ता प्रमाण पूर्जामा के कारणले म मोहीको नाम कट्टा गरेको हो सो कुरा म निवेदकलाई थाहा नदिई प्रतिवाद गर्ने मौका समेत केही नदिई विनाकारण मोहीको नाम जग्गाधनी प्रमाण पूर्जाबाट कट्टा गर्नु प्राकृतिक न्याय सिद्धान्त विपरीत हुँदा नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषणको आदेशद्वारा त्यस्तो मोहियानी लगत कट्टा गर्ने गरेको मिति ०३१।३।१७ को अनाधिकृत तथा गैरकानूनी निर्णय बदर गरी मोहीको हक सुरक्षित गरिपाउँ भन्ने समेत रिट निवेदन रहेछ । ३. विपक्षीहरूबाट लिखितजवाफ मगाई पेश गर्नु भन्ने सिङ्गलबेञ्चको आदेशानुसार प्राप्त लिखितजवाफको जिकिर संक्षेपमा यस प्रकार रहेछ । ४. जोरपाटी गा.पं. वा.नं. ७(ग) कि.नं. ८४, ११३, ११४, ११५, ११६, १२०, १२२ र १२३ समेत जम्मा आठ कित्ता जग्गा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २८ अन्तर्गत जोरपाटी गाउँ पञ्चायतको मिति ०३१।१।१० को बैठकबाट मोही झिक्ने निर्णय भएको र सोही आधारमा यस कार्यालयबाट