निर्णय नं. १९१२ - जवरजस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १९१२ - जवरजस्ती करणी भाग: २६ साल: २०४१ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४१/०२/१८ ३४०० निर्णय नं. १९१२ ने.का.प. २०४१ अङ्क २ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०३८ सालको फौ.पु.नं. २७६ मुद्दा : जवर्जस्ती करणी पुनरावेदक/प्रतिवादी : जिल्ला मोरङ राजघाट गा.पं. वार्ड नं. ४ बस्ने कुलबहादुर कार्की विरूद्ध विपक्षी/वादी : राजकुमारी थरूनीको जाहेरीले श्री ५ को सरकार फैसला भएको मिति : २०४१।१।२८।५ मा § शड्ढाजन्य स्थितिमा प्र.ले जवर्जस्ती करणी गरेको भनी सजाय गर्नु न्यायोचित नहुने । (प्रकरण नं. २४) पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विपक्षी वादी तर्फबाट : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री कृष्णप्रसाद श्रेष्ठ उल्लेखित मुद्दा : x फैसला न्या. पृथ्वीबहादुर सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालत सिङ्गलबेञ्चको २०३७।२।१२ को फैसला उपर पुनरावेदन गर्ने अनुमति प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं जिकिर यस प्रकार छ : २. २०३२।११।११ गते कृषि मेला हेर्न पतिसँग आएको र बास बस्न जगरनाथको घरमा जाँदा निज फेला नपरेकाले फर्किरहेको बेला पतिको चिनजानका कुलबहादुरसँग भेट भयो । निजले हामीलाई लालीगुँरासको कोठा नं. ३ मा राखी पतिलाई अर्कै कोठामा लगे । कुलबहादुरले मलाई जवर्जस्ती करणी गर्न खोज्दा चिच्याएकीले सो सुनी पति आउँदा कुलबहादुरले खुकुरी निकाली लोग्नेको घाँटीमा राखी करणी गर्न दिंदैन भने काटी दिन्छु भन्दा डरले जे गर्छाै गर भनेपछि लजमा काम गर्ने थोसो आङनामी र गुमान सिंहले खुकुरी लिई बोलिस् भने काट्छौं भने लोग्नेको नजिक खडा भए । कुलबहादुरले ३ चोटी करणी गरे त्यसपछि ती २ जनाले पनि पालैपालो १।१ चोटी करणी गरेको हुँदा जाहेर गर्न आएको छु । अपराधीलाई कारवाही गरिपाउँ भन्ने समेत ०३२।११।१२ को राजकुमारीको जाहेरी । ३. २०३२।११।११ गते श्रीमतीसँग मेला हेर्न आएको बखत राति कुलबहादुरसँग भेट्ने निजका साथमा रहेका अरू २ जना समेतले लाली गूँरास लजमा लगी श्रीमतीलाई अर्कै कोठामा लगी करणी गर्न खोज्दा श्रीमती कराएकीले त्यहाँ जाँदा खुकुरी मेरो घाँटीमा राखी करणी गर्न नदिए काटी दिन्छु भन्दा डरले म बोलीन । कुलबहादुर, थोसो आङगामी र गुमान सिंहले पालैपालो श्रीमतीलाई करणी गरे भन्ने समेत जोहरवालाको लोग्ने लालचन थारूको २०३२।११।१४ को कागज। ४. २०३२।११।११ गते राति १।२ बजेतिर लालचन र निजको श्रीमतीलाई मेलामा भेटी लालीगुँरासमा लगी अलग कोठामा राखी साथीलाई बाहिर राखी करणी गर्न खोज्दा कराएकीले लोग्ने पनि कोठामा आइपुगे । लजवालाहरूले थाहा पाउलान् भन्ने डरले खुकुरी निकाली करणी गर्न नदिए काटी दिन्छु भन्दा स्वास्नीले मलाई नै काट वा जे गर्छाै गर भनेकोले खुकुरी थोसो आङगामीलाई दिई मैले करणी गरे अनि थोसो आङगामीले फेरि मैले त्यसपछि गुमान सिंहले त्यसपछि फेरि मैले पालैपालो करणी गर्‍यौं सिङको विँड भएको खुकुरी र चस्मा मेरै हो भन्ने समेत कुलबहादुर कार्कीको साविती कागज । ५. कुलबहादुर थोसो आङगामी समेत भई राजकुमारी र निजको लोग्नेलाई लाली गुँरासमा ल्याई लोग्नेलाई खुकुरी देखाई कुलबहादुरले ३ पटक र थोसो आङगामी र मैले १।१ पटक करणी गर्‍यौं भैंसीको सीङ हाडको बीड भएको खुकुरी मेरो हो लजमा मेरो नाम गन्जे राई देखाएको भन्ने समेत गुमानसिंह आले मगरको ०३२।११।१७ को कागज । ६. जाहेरवाला र निजको लोग्नेलाई मेलामा भेट भई लालीगुँरास लजमा ल