निर्णय नं. ८८८९ - उत्प्रेषणसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८८८९ - उत्प्रेषणसमेत भाग: ५४ साल: २०६९ महिना: पौस अंक: ९ फैसला मिति :२०६९/०६/१४ ३६६३ ने.का.प. २०६९, अङ्क ९ निर्णय नं. ८८८९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय २०६८ –WO-०९४५ आदेश मितिः २०६९।६।१४।१ वषय : उत्प्रेषण समेत । निवेदकः जिल्ला सप्तरी तिलाठी गा.वि.स.वडा नं. ८ बस्ने रामेश्वर यादव विरुद्ध विपक्षीः नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय समेत § एकपटक कानूनसंगत ढंगबाट प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्न शुरु भएको नियुक्ति प्रक्रिया पूर्ण नभएसम्म पछि बनेको कानून वा आदेशबाट सो सम्पन्न भइसकेको प्रक्रिया र कामकारवाहीलाई कुनै विधिसम्मत आधार र कारणबिना अन्त्य वा निष्क्रिय हुन नसक्ने । सार्वजनिक संस्थान निर्देशन बोर्ड (गठन र कार्यसञ्चालन) आदेश, २०६८ विधायिकी कानून वा अन्य कुनै कानूनद्वारा गठन भएको बोर्ड नभई सरकारको प्रशासकीय आदेश (Executive Order) द्वारा गठन भएको बोर्ड भएकोले कानूनसरह शक्ति (Sanction) भएको बोर्ड रहेको मान्न नमिल्ने । (प्रकरण नं.६) § प्रतिष्पर्धाबाट कार्यकारी निर्देशक नियुक्ति गर्ने गरी प्रकाशन भएको सूचनाअनुसार प्रारम्भ भएको प्रक्रिया तथा सो बमोजिम अन्तर्वार्ता समेत सम्पन्न भई सकिई उम्मेदवारको अन्तिम मूल्याङ्कन समेत भइसकेपश्चात कानूनको अधिकार प्रयोग गरी खारेज वा बदर गर्न बाहेक प्रशासकीय आदेशबाट नै बिना आधार र कारण सो सम्पन्न भैसकेको कामकारवाहीलाई त्यसै बदर वा खारेज गर्न नमिल्ने । (प्रकरण नं.७) निवेदक तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता शम्भु थापा, विद्वान अधिवक्ताहरू बोर्णबहादुर कार्की र शेरबहादुर के.सी., रामचन्द्र पौडेल विपक्षी प्रत्यर्थी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता कृष्णजीवी घिमिरे, विद्वान अधिवक्ताहरू रमेशकुमार घिमिरे, राजन अधिकारी र पुण्यप्रसाद दंगाल अवलम्बित नजीरः § नेकाप २०६८, अङ्क ८, नि.नं. ८६७० पृष्ठ १३८८ सम्बद्ध कानूनः § अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ दफा २८ § नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ को दफा १७(१) र (२) आदेश न्या.रामकुमार प्रसाद शाहः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा १०७(२) बमोजिम यस अदालतमा दर्ता भई पेश हुन आएको प्रस्तुत रिटको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :– म निवेदक नेपाली नागरिक भई विगत लामो समयदेखि नेपाल विद्युत प्राधिकरणको अधिकृत तहमा सेवा गरी १२ औं तहबाट सेवा निवृत्त भएको एक पूर्व अधिकृत कर्मचारी हुँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको पद रिक्त भएपछि उक्त पदपूर्तिको लागि खुल्ला प्रतिस्पर्धाबाट नियुक्त गर्ने भनी मिति २०६८।८।१५ मा गोरखापत्रमा सूचना प्रकाशित भएको थियो । उक्त सूचनामा व्यवस्था भएबमोजिम उमेर, योग्यतालगायत सम्पूर्ण प्रक्रियामा म निवेदकको कार्य दक्षता पुग्ने भएकोले मिति २०६८।९।६ मा दर्ता नं २१९८ बाट म निवेदक, रामेश्वर यादवले आवेदन फाराम भरी छनौट प्रक्रियाको अन्तिम चरणमा पुगी सबै प्रतिस्पर्धी भन्दा उत्तम भई नेपाल सरकारबाट नियुक्ति लिन मात्र बाँकी रहेको थियो । नेपाल सरकार ऊर्जा मन्त्रालयबाट नेपाल विद्युत प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा नियुक्ति गर्ने सम्बन्धमा मिति २०६८।८।१५ गते नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ को दफा १७ (१) बमोजिम गोरखापत्रमा सूचना प्रकाशित भएको थियो । उक्त सूचूनाअनुसार न्यूनतम शैक्षिक योग्यता र अनुभव पेश गर्नुपर्ने कागजात तथा विवरणहरू, लिखित प्रस्