निर्णय नं. १९१६ - ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १९१६ - ज्यान भाग: २६ साल: २०४१ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४१/०२/२२ २३०९ निर्णय नं. १९१६ ने.का.प. २०४१ अङ्क २ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३९ सालको फौ.पु.नं. ३४९ मुद्दा : ज्यान पुनरावेदक/वादी : धर्मि भाटको जाहेरी श्री ५ को सरकार विरूद्ध विपक्षी/प्रतिवादी : जि. अछाम तमे नाडा गा.पं. वा.नं. ५ तिम्वा गाउँ बस्ने दत्ते भाट आदेश भएको मिति : २०४१।२।२२।२ मा § अदालतको आदेशानुसार जोहरवाला र सरजमीनका मानिसहरूलाई उपस्थित गराउनु वादी पक्षको दायित्व हो । (प्रकरण नं. १७) पुनरावेदक वादी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे विपक्षी प्रतिवादी तर्फबाट :  x उल्लेखित मुद्दा : x आदेश न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव : सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उपर पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य संक्षेपमा यस प्रकार रहेछ । २. अछाम नाडा गा.पं. वा.नं. ५ बस्ने दत्ते भाटले म भदाहा नाता पर्नेलाई जबरजस्ती करणी गरी म चूप लागी बसी गर्भाधान भई गाउँमा होहल्ला हुँदा मेरा जेठाजुले जि. पं.का.मा पेश समेत गर्दा सो मुद्दामा कारवाही हुँदैन भनी दत्तेकै घरमा बस्न गएकी थिएँ । ०३८ साल भाद्र ३० गतेका दिन छोरी जन्मी निज दत्तेले २५।२६ दिन नपुगी भित्र जान हुन्न भन्दा खाना समेत दिई छिडीमै बसी रहेकी थिएँ । आश्विन १९ गते ८ बजेको समयमा खाना देउ भन्दा दत्तेका छोरा नन्दे दत्त र म समेतमा झगडा हुँदाबाट जन्मेकी छारीलाई दत्तेले यसैको लागि झगडा हो भनी मेरो काखबाट खोसी के कहाँ लगी मारी दवाए भन्ने समेत व्यहोराको धर्मी भाटको ०३८।७।१४ को जोहरी दरखास्त । ३. जाहेरवाला धर्मिलाई निजको लोग्ने भारत हुँदा करणी गरी गर्भाधान भई निजलाई ०३८ आषाढ देखि आफ्नो घरमा लगी स्वास्नी तुल्याई मेरो घरमा राखेको थिएँ । भाद्र ३० गते निजबाट छोरी जन्मेपछि छोरीले दूध खाँदिन बिरामी छ भन्थी आश्विन १९ गते कालगतिले मरेकीलाई म र भाइ लोग समेत भई दफन गरेका भनेको नि.प्र.दत्ते भाटले प्रहरी समक्ष गरेको बयान कागज । ४. दत्तेभाटले धर्मिभाटलाई राखेको घर एक लासमा भएको देख्न नपाउँदा धर्मीभाटबाट जन्मेको छोरीलाई दत्तेभाटले मारे मराएको निज धर्मि नै जानून् मारी दबाएको भन्ने शंका लाग्दैन, आपसी झगडा आदिको कारणबाट झुठ्ठा उजूर परेको हुनुपर्दछ भन्नेसमेत सरजमीन मुचुल्का । ५. म र मेरी आमा माथिल्लो घरमा बस्ने हुँदा कान्छी आमा बसेकी घरमा नगएको हुँदा निजबाट जन्मेकी छोरीलाई देखेको थिइन । निजकी छोरीलाई कसले मारे थाहा छैन भन्ने समेत प्र.को छोरा नन्दराम भाटले प्रहरीमा गरेको कागज । ६. प्र.दत्ते भाटले अरूको सधुवा स्वास्नीलाई करणी गरी गर्भ रही निजको लोग्ने घर आएको चाल पाई करणी समेतबाट बच्नको लागि आफ्नो वीर्यबाट जन्मेको छोरीलाई दवाउने नियतले एकलास ठाउँमा मारी दवाएको अनुसन्धानबाट सिद्ध हुँदा प्र.दत्तेभाटलाई मुलुकी ऐन ज्यानसम्बन्धीको १३ नं. बमोजिम सजाय गरिपाउँ भन्ने समेत प्रहरी प्रतिवेदन । ७. म र दाजु माथिल्लो घरमा रहेको बेला जाहेरवाला आई छोरी मरेकी छ भनेकीले धर्मिभाट बसेको घर गई मरेकी छोरीलाई दाजु दत्तेभाटले समाती दफन गर्न गइरहेको टाढैबाट देखेको छु म गएको थिइन भन्ने समेत लोगेभाटले गरेको बयान । ८. छोरी कालगतीले मरेकी हो, म मािथ झुठ्ठा जाहेरी दिई झुठ्ठा आरोप लगाएको हो, मैले कर्तव्य गरी मारेको होइन, जन्मेको ३–४ दिनदेखि बिरामी भई मरेकी हो र स