निर्णय नं. १९१७ - हातहतियार खरखजाना
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १९१७ - हातहतियार खरखजाना भाग: २६ साल: २०४१ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४१/०१/०६ ३११६ निर्णय नं. १९१७ ने.का.प. २०४१ अङ्क २ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३९ सालको फौ.पु.नं. ३६५ मुद्दा : हातहतियार खरखजाना पुनरावेदक/प्रतिवादी : जि. स्याङजा चित्रे भन्ज्याङ गा.पं. वडा नं. ७ बस्ने मनोरथ रिजाल विरूद्ध विपक्षी/वादी : श्री ५ को सरकार फैसला भएको मिति : २०४१।१।६।४ मा § अधिकार नभएको व्यक्तिले गराएको बयानलाई कानूनी मान्यता दिन नमिल्ने । (प्रकरण नं. ११) पुनरावेदक प्रतिवादी तर्फबाट : x विपक्षी वादी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल उल्लेखित मुद्दा : x फैसला न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव : पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उपर पुनरावेदनको अनुमति पाई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य संक्षिप्त तथ्य निम्न प्रकार रहेछ । २. २०३७।९।१२ का दिन मुक्तीनाथले पञ्चवलीमा रमाइलो गर्न बन्दुक पठाई देउ भनी भनेकोले देवबहादुरले नं. ११६९ को भरूवा बन्दुक निजकै नाममा रिन्यू भएको र मुक्तीनाथलाई बारूद दिएको भनेकोमा मनविरको नाउँमा नं. ३२०७ को भरूवा बन्दुक दर्ता भएको समेत हुँदा संकलित सबूत प्रमाणबाट देवबहादुरका नाउँमा दर्ता भएको भरूवा बन्दुक गृहकोट भैरवस्थानमा लाने पन्चवलीमा रमाइलो उत्सव मनाउन देवबहादुरले बन्दुक र मनविरले बारूद दिएको देखिएकोले आत्म सुरक्षाको लागि लिइएको बन्दुक लाइसेन्सको शर्त उल्लंघन गरेको देखिएकोले देवबहादुर मनविरलाई खरखजाना ऐन, २०१९ को दफा २२ अनुसार सजाय हुन र बन्दुक लाइसेन्स भएको मनोरथले बन्दुक प्रयोग गरेको देखिँदा निजलाई हातहतियार खरखजाना ऐनका दफा ५ को बर्खिलाप गरेको देखिँदा ऐ ऐनको दफा २०(२) अनुसार सजाय हुन पेश गरेका छौं । मनोरथको सम्बन्धमा निजले बन्दुक पड्काई लेखबहादुर मर्न गएको ज्यान मुद्दामा स्याङ्जा जि. अ.मा पेश गरी सकेकोले कारवाही सम्पन्न भएपछि पेश गर्नु भन्ने प्रहरी प्रतिवेदन । ३. मुक्तिनाथले मबाट बन्दुक लगेका हुन बारूद कहाँबाट ल्याए थाहा छैन । बन्दुक पडकाउँदा लेखबहादुरको मृत्यु भएको कुरा सुने यस भन्दा अघि कुनै घटना घटाएको छैन भन्ने देवबहादुरले जि. का.स्याङ्जामा गरेको बयान । ४. मुक्तिनाथले मबाट बारुद लगेका हुन् मेरो पुरानो बन्दुक हुँदा अपरिचित मानिससँग बारूद किनी राखेको थिएँ कसको बन्दुक लग्यो मलाई थाहा थिएन मनोरथले बन्दुक पडकाउँदा लेखबहादुरको मृत्यु भएछ । बारुद दिन नहुने थाहा भएन भन्ने मनबिर रानाले जि. का.स्याङ्जामा गरेको बयान । ५. २०३७।९।१२ मा बन्दुक पडकाएको हुँ केप जडान गर्न लाग्दा बन्दुक पड्की लेखबहादुरको मृत्यु भयो । पन्चवलीमा बन्दुक पडकाउन अनुमति लिनु पर्ने कुरा थाहा थिएन । बन्दुक पड्का कसैले भनेको होइन भन्ने समेत मनोरथ शर्माको जि. का.स्याङ्जामा गरेको बयान। ६. देवबहादुरले बन्दुक मनविरले वारूद दिएको र पन्चवलीमा मनोरथले बारूद भरेको देखिँदा निजहरूले हातहतियार खरखजाना ऐन, २०१९ को दफा ३(२) र दफा ५(१) को बर्खिलाप गरेको ठहर्छ भन्ने समेत जि. का.स्याङ्जाको फैसला । ७. उक्त इन्साफमा चित्त बुझेन भन्ने मनोरथ शर्माको पुनरावेदन । ८. प्र.मनबिरले भरूवा बन्दुक मुक्तिनाथले बारूद दिएमा निजहरूलाई सजाय गरे उपर चित्त बुझाई बसेको र प्र.मनोरथ शर्मा रिजाल प्रहरी र अधिकार प्राप्त अधिकारी समक्ष दावी बमोजिम अपराध गरेमा सावित भएको देखिनाले प्र.जि. अ.को