निर्णय नं. १९१९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १९१९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: असार अंक: ३ फैसला मिति :२०४१/०३/२० २३१७ निर्णय नं. १९१९ ने.का.प. २०४१ अङ्क ३ फुल बेञ्च इजलाश सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४१ सालको रिट फु.बे.नं. ५४ विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ निवेदक : जि. दाङ मानपुर गा.पं. वा.नं. २ साहीपुर बस्ने दामोदर उपाध्याय ऐ ऐ बस्ने राममणी उपाध्याय ऐ ऐ बस्ने पुष्कर राज उपाध्याय विरूद्ध विपक्षी : श्री ५ को सरकार भूमिसुधार मन्त्रालय, काठमाडौं भूमी सम्बन्धी ऐन, २०२१ को दफा २५ क. को प्रयोजनको लागि गठित उच्चस्तरीय समिति, दाङ घोराही जि. दाङ मानपुर गा.पं. वा.नं. २ साहीपुर बस्ने चुलुवा चौधरी आदेश भएको मिति : २०४१।३।२०।३ मा § भूमिसम्बन्धी (तेस्रो संशोधन) ऐन, ०३८ र भुमिसम्बन्धी (नवौं संशोधन) नियमहरू, ०३९ ले तोकेको कार्यविधि नअपनाई प्रत्यर्थीलाई मोहियानी हकको प्रमाणपत्र दिने ठहराएको उच्चस्तरीय समिति, दाङको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी कानून बमोजिम पुनः निर्णय गर्ने । (प्रकरण नं. १४) निवेदक तर्फबाट : विद्वान वरिष्ट अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली विपक्षी तर्फबाट : विद्वान महान्यायाधिवक्ता श्री कृष्णप्रसाद घिमिरे उल्लेखित मुद्दा : x आदेश प्र.न्या. नयनबहादुर खत्री : रूलिङ बाझिएको भनी सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(ख) बमोजिम निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. निवेदकहरुका नाउँमा नापी दर्ता भएको मानपुर गा.पं. वार्ड नं. १(घ) कि.नं. १७, १२५, १३१, १६३, १२८ को जग्गा दामोदर उपाध्यायको नाउँमा वार्ड नं. १(घ) कि.नं. २८,१४१,१४७, १७३,३० को जग्गा राममणी उपाध्यायको नाउँमा वार्ड नं. १(घ) कि.नं. ६२ को जग्गा पुष्करराज उपाध्यायको नाउँमा दर्ता भएको कित्ताहरू विपक्षी चुलुवा चौधरीले रून्चे थारूको नाउँबाट मिति ००९।१।७ का कबूलियत बमोजिम अधियाँ शर्तमा कमाई आएका र पछि ०२२ सालमा भूमिसुधार लागू हुँदा विपक्षी चुलुवाले चौकुर शर्तमा कमाई आएको भनी १ नं. अनुसूची फाराम भरी जोताहा अस्थायी निस्सा लिएछन उक्त जग्गाहरू उस टायममा हामी निवेदकहरूको एका सगोलको भएकोले निवेदक मध्येको म दामोदरले चौकुर होइन अधियाँ हो भनी मोहीले लेखाएको उक्त शर्त बदर गरिपाउँ भनी भूमिसुधार विशेष अदालतमा दिएको उजूरीको सिलसिलामा मिति ०२३।११।५ मा स्थानीय गा.पं.मानपुरमा मिलापत्र हुँदा विपक्षीले शर्त दावी छाडी मकै बाली बाहेक अरू सबै बाली अधियाँ लिने दिने गरी दुवै थरको शर्त मञ्जूरीको लिखत भएको थियो । सो विपरीत पछि ०२८ सालमा नापीका बखत विपक्षीले फिल्डबुकमा कुनै कित्तामा चौकुर र कुनै कित्ता अधियाँमा कमाएको छु भनी लेखाएका रहेछन । पछि सो कुरालाई बदली मेरो जोताहाको अस्थायी निस्साको जग्गा मैले जोती भोगी आएको हुँदा धान ३ कुर तोरी अधियाँ मकै र हिउँदे बाली सवियामा कमाई आएको जग्गाको जग्गाधनीलाई झिकाई कबूलियतनामाको कागज गराई मोही कायम गरिपाउँ भनी विपक्षी चुलुवाको प्रत्यर्थी उच्चस्तरीय आयोग दाङ्ग समक्ष उजूरी निवेदन परेछ र मिति ०३५।११।२८ मा बयान समेत भएछ । पछि प्रत्यर्थीको वारिसले मिति ०३७।१।३ मा बयान गर्दा पनि पहिलेकै उजूरी दावी शर्त कायम गरी बयान गरेकोमा ०३७।१।१३ मा पुष्करराजले, राममणिले ०३९।५।७ मा दामोदरले मिति ०३९।५।१० मा प्रत्यर्थी समितिले बयान गराउँदा