निर्णय नं. १९२१ - दर्तावदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १९२१ - दर्तावदर भाग: २६ साल: २०४१ महिना: असार अंक: ३ फैसला मिति :२०४१/०३/३० २२१६ निर्णय नं. १९२१ ने.का.प. २०४१ अङ्क ३ फुल बेञ्च इजलाश माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०३९ सालको दे.फु.नं. २९ मुद्दा : दर्तावदर निवेदक/वादी : लालबहादुरको मु.स.गर्ने जि. रामेछाप पकरवास बस्ने जीतबहादुर कार्की विरूद्ध विपक्षी/प्रतिवादी : कर्णबहादुरको मु.स.गर्ने मिर्चया गा.पं. वा.नं. ५ बस्ने डिल्लीबहादुर श्रेष्ठ ऐ ऐ बस्ने लक्ष्मी कुमारी श्रेष्ठ फैसला भएको मिति : २०४१।३।३०।६ मा § तिरो हस्तेवारीबाट बुझाएको नाताबाट विवादित जग्गामा वादीको हक पुग्ने होइन । (प्रकरण नं. १२) § जिमीदारीको बहाली पूर्जि पाएपछि सो सँगको जिरायत जग्गा छुट्टिने स्थिति पनि नहुने । (प्रकरण नं. १३) § २००६ सालको मालको पूर्जि बमोजिम भनी २०१७ सालमा गराएको दर्ता कानून अनुरूपकै देखिँदा दर्ता बदर गरी २ नं. रसिद समेत दिलाई पाउँ भन्ने वादी दावी नपुग्ने ठहराएको निर्णय मनासिब ठहर्ने । (प्रकरण नं. १५) निवेदक वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कोमलप्रकाश घिमिरे विपक्षी प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ उल्लेखित मुद्दा : x फैसला न्या. त्रिलोकप्रताप राणा : सर्वोच्च अदालत फुल बेञ्चको निर्णय उपर निवेदकको श्री ५ महाराजाधिराजका जुनाफमा बिन्तिपत्र पर्दा फुल बेञ्चबाट ०३५।१।१२ मा छिनिएको दर्ता बदर मुद्दाको मिसिल झिकी फुल बेञ्चबाट दोहर्याई हेरी कानून बमोजिम निर्णय गर्नु भन्ने समेत मौसूफका विशेष जाहेरी विभाग मार्फत बक्स भई आएको हुकुम प्रमांगी बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ : तपसीलका मौजाहरूमा र रामनगर विर्ता मौजामा समेत अघि देखि मेरा नाउँमा दर्ता रहे भएको प्र.राम मौजे जिवातरीको जग्गा ४।।।२ र प्र.राम मौजे गम्हडिया महेशपुरको जग्गा १५।।२।।।३ र रामनगर विर्ताको जग्गा १।।१।३ समेतको सालको धान मन २०५ बुझाउने गरी प्र.कर्णबहादुरलाई ठेक्कामा कमाउन दिएको ०१८ सालको ठेक्का धान नदिएको र २ नं. रसिद पनि नदिई बदनियत गरेकोले बुझ्दा ०१७।१०।१६ मा आफ्ना स्वास्नी लक्ष्मीकुमारीका नाउँमा दर्ता भएको छ भन्ने सुनी ०१८ सालको लाग्ने पोत बुझाउन जिम्दार कहाँ ०१८।१२।११ मा जाँदा जग्गा लक्ष्मीकुमारी श्रेष्ठको नाउँमा दर्ता भएको छ भनी उमापति र प्र.पटवारी चतुरानन्द समेतले जवाफ दिएकोले उल्लिखित जग्गाको विपक्षी लक्ष्मीकुमारी श्रेष्ठनीको नाउँमा दर्ता गरेको बदर गरी २ नं रसितसमेत दिलाई सजाय गरी गरी पाउँ भन्ने समेत ०१९।१।५ को लालबहादुर कार्कीको फिरादपत्र । २. रामपुर विर्तामाल छँदाको अवस्था जिरायत ९।.।।२ र गम्हरिया महेशपुरको २०।२.२ र जिदातरीको ४।।।३।२ जग्गा समेत गाभिएको लिलाममा लालबहादुरले लिए पाएका जग्गा निजलाई हर्कबहादुरले बालकुमारीलाई हक छोडी कं.रू.३७०१। मा १९,९९।३।२६ गते सुक्री बिक्री गरी दिएको ००१ सालमा दर्ता बहाली लिई भोग गरी आएको ०६।१०।२३ गते सिरहा मालबाट भएको दर्ता बारेको पूर्जि बुझाएपछि ०१७।७।११ मा सो पूर्जि मुताविक प्र.लक्ष्मीकुमारीका नाउँमा दर्ता गरी दिएको हो । वादी दावा बमोजिम ठेक्काको शर्तमा समेत कमाएको होइन । रामनगरको जग्गा मध्ये ।।१।। जगा मोहन हाईस्कूल बनाउन वर्ष १ को भा.रू.१४४ को दरले म लक्ष्मीकुमार