निर्णय नं. १९२२ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १९२२ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: असार अंक: ३ फैसला मिति :२०४१/०३/०६ २०८५ निर्णय नं. १९२२ ने.का.प. २०४१ अङ्क ३ फुल बेञ्च इजलाश माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्र श्रीवास्तव माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०३९ सालको रि.फु.नं. ३९ विषय : उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ निवेदक : श्री पशुपति अमालकोट कचहरी कार्यालयको हकमा ऐ.को अधिकृत ध्रुवप्रसाद रिमाल विरूद्ध विपक्षी : का.जि. का.न.पं. वा.नं. ३ महाराजगञ्ज बस्ने रविप्रसाद आचार्य आदेश भएको मिति : २०४१।३।६।३ मा § रिट निवेदन अदालतमा दर्ता हुँदाको अवस्थामा विवादको जग्गामा रिट निवेदकको हक भोग स्वामित्व नरहेपछि सो जग्गामा दावी गर्ने रिट निवेदकको हकदैया भएको भन्न मिलेन । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री गोविन्दकुमार उपाध्याय विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त उल्लेखित मुद्दा : x आदेश न्या. पृथ्वीबहादुर सिंह : डिभिजन बेञ्चको निर्णय उपर निवेदकको श्री ५ महाराजाधिराजका जुनाफमा बिन्तिपत्र पर्दा यसमा व्यहोरा साँचो भए सर्वोच्च अदालत डिभिजन बेञ्चबाट ०३८।८।८।२ मा किनारा भएको उत्प्रेषण मुद्दाको मिसिल झिकी फुल बेञ्चबाट दोहर्‍याई हेरी कानून बमोजिम निर्णय गर्नु भन्ने समेत मौसूफका विशेष जाहेरी विभाग मार्फत बक्स भई आएको हुकुम प्रमांगी बमोजिम पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. मैले नेत्रकुमारी उपाध्यायानीसँग किनेको मोहियानी हकको जग्गा नापी हुँदा का.न.पं. वा.नं. २३ कि.नं. १६१ को रोपनी ५–०–० को जग्गा आफैंले भोगी जोताहा निस्सा पाई आएको जग्गा हो । यसरी मैले जोताहा अस्थायी निस्सा पाएको जग्गा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५, २६ ले भोग गरिरहन पाउने गरी मलाई हक प्रदान गरेको छ । उल्लिखित जग्गाको जग्गाधनी आनन्द शमशेर भएकोमा निजको शेषपछि वहाँको सन्तानको हक भएको मानिसहरूले झंकुमारी उपाध्याय, विन्दू शर्मा आचार्य, अरूणा शर्मा ढुङ्गेल व्यक्तिहरूलाई उक्त जग्गा दिनुभएछ र निजहरूले पनि उक्त जग्गा मलाई बक्सपत्र गरी मिति ०३६।५।२१।५ मा दिनु भयो । मैले पनि उक्त जग्गा ०३६।५।२१।५ मा मोहनमान जोशी, फणिन्द्रबहादुर बस्नेत र शारदा खड्कालाई बिक्री राजीनामा गरी दिई उक्त जग्गाहरू निजहरूको हकभोगमा छ । उक्त जग्गालाई विपक्षी कचहरीको पर्चाले विपक्षी गोपालकृष्ण श्रेष्ठले पाएको भनी मेरो हक भागेको रैकर जग्गालाई गुठीको भनी निर्णय गरी विपक्ष गोपालकृष्णलाई मोही कायम गरेको भन्ने लेखेकोले सोको नक्कल लिई हेर्दा गुठीको जग्गा भएकोले मेरो मोहियानी हक नहुने हुँदा मलाई बुझ्न नपर्ने भनी ०३५।११।८ मा निर्णय गरेको ०३६।१२।१८ मा नक्कल पाएपछि मात्र थाहा भयो । ३. उल्लिखित जग्गा पञ्च प्रधान खान्कीमा दर्ता भएको वेङडोल मनोरथ भन्ने तिर्जामा जनिएको एल बनेल भन्ने जग्गाको सट्टा भन्ने तिर्जामा जनिएको जग्गा साविक रोपनी १ भएकोमा हाल रोपनी ४ बढ समेत जम्मा ५ रोपनी भएको र सो बढको बाली गोपालकृष्णबाट बुझ्ने जोताहाले आफ्नो हक सुरक्षित राख्न पर्ने भएमा जग्गामा टाँस हुँदाकै बखत लाग्ने बाली बुझाई सुरक्षित राख्नु पर्ने सो नगरेको र अड्डाबाट मिसिल खिची राखेपछि यो जग्गामा मेरो हक छ भनी हाजिर हुन आउनु पर्ने नआएकोले बुझी रहन नपर्ने भनी पर्चा गरिएको छ । २०२२ सालमा नापी हुँदाका बखतमा नै म ज