निर्णय नं. ८८९० - बणडापत्र जालसाज
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८८९० - बणडापत्र जालसाज भाग: ५४ साल: २०६९ महिना: पौस अंक: ९ फैसला मिति :२०६९/०२/१७ ४५३५ ने.का.प. २०६९, अङ्क ९ निर्णय नं. ८८९० सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री तर्कराज भट्ट ०६८–CR– ०१५० फैसला मितिः २०६९।२।१७।४ मुद्दा : बण्डापत्र जालसाज । पुनरावेदक प्रतिवादीः कैलाली जिल्ला, उदासिपुर गा.वि.स.वडा नं १ वस्ने अष्टमी थरुनी समेत विरुद्ध प्रत्यर्थी वादीः कैलाली जिल्ला उदासीपुर गा.वि.स.वडा नं १ वस्ने डौलतिया भन्ने डौरी थरुनी को मु.स. गरी आफ्नो हकमा समेत ऐ.ऐ. वस्ने छेदीराम चौधरी समेत शुरुमा फैसला गर्नेः मा.न्या.श्री नारायण प्रसाद धिताल पुनरावेदन फैसला गर्ने : मा.न्या.श्री दीपकराज जोशी मा.न्या.श्री रामप्रसाद खनाल § नाताको प्रश्नमा विवाद भएपछि कुनै लिखतवाट नाता लोप हुन्छ भने त्यो निरन्तरको दूषित कार्य हुन्छ । अंशको हक कानूनले व्यवस्था गरेको जन्मसंग आएको हक हुनाले त्यस्तो हक मेट्न वा कुनै लिखत कुन मितिमा खडा भएको भन्ने कुराले हदम्यादको प्रश्न उठाई अंश हक नै लोप गर्न दिन नमिल्ने । § अंशियार देखिन्छ भने अंशियारले आफ्नो अंश बुझेको वा सो हक विधिवत् परित्याग गरेको अवस्थामा वाहेक निरन्तर कायम रहने विषय भएकोले अन्य अन्य व्यक्ति भई गरेको लिखतबाट अंशियारको हकमा कुनै अनुचित सीमा शर्त सिर्जना भएको वा हक गुमेको भन्न मिल्ने देखिदैन । त्यस्तो दूषित कार्य गरेको लिखत थाहा पाएपछि फिराद गर्न पाउने हदम्याद प्राप्त हुने । § बण्डापत्रमा अंशियार लोप गरेपनि अंश पाउन वाँकी रहेका अंशियार समेतको कानूनबमोजिम अंश हक लाग्ने सम्पत्तिमा निजको हक नै पूर्ण रूपमा मेट्ने उद्देश्य लिई दूषित मनसायले अंशियार लोप गरी गरेको त्यस्तो बण्डापत्रवाट अंश लिनुदिनु गरेको कार्य जालसाजीको परिभाषाभित्र पर्ने । § अंश पाउने व्यक्तिलाई नै लोप गरी अंश जस्तो हकवाट पूर्ण रूपमा वञ्चित गराई अंशहक मेट्ने कार्य गरी गरेको त्यस्तो दूषित बण्डापत्र गरेको थाहा पाएपछि असर पर्ने पक्षले मुद्दा गर्न पाउने नै हुँदा हदम्यादको अभावमा फिराद दायर भएको भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं.४) § जालसाजी कार्य गरी गरेको दूषित बण्डपत्रवाट नाता नै लोप हुन्छ । त्यस्तो दूषित कार्यको विरुद्धमा थाहा पाएपछि हदम्याद प्राप्त हुने भै असर पर्ने पक्षले मुद्दा गर्न कुनै कानूनले वन्देज नलगाएको यस स्थितिमा मुद्दा गर्न सक्ने र त्यस्तो दूषित बण्डापत्र वदर गरी सो जालसाजी कार्यमा संलग्नलाई सजाय समेत हुने । (प्रकरण नं.५) पुनरोदक प्रतिवादी तर्फबाटः प्रत्यर्थी वादी तर्फबाटः विद्वान अधिवक्ता मुरारी सापकोटा अवलम्बित नजीरः सम्बद्ध कानूनः फैसला न्या.कल्याण श्रेष्ठः पुनरावेदन अदालत दिपायलबाट मिति २०६७।९।२० मा भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) बमोजिम मुद्दा दोहोर्याई पाउमा निवेदन परी निस्सा प्रदान भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एंव ठहर यस प्रकार छ :– हाम्रा मूलपुर्खा स्व.लक्ष्मण भन्ने दुखारामका ५ छोराहरू जेठा स्व. जयराम, महिला स्व. भिखु डगौरा, साहिला प्रतिवादी सुदामा भन्ने सुशीराम डगौरा थारू, काहिला स्व. रामनारायण डगौरा, कान्छा स्व.सीताराम डगौरा भएकोमा जेठा स्व.जयराम डगौराकी श्रीमती प्रतिवादी अष्टमी थरुनी र छोराहरू स्व.ठागुराम चौधरी, प्रतिवादी खुशीराम चौधरी, माहिला स्व.भिख्खु डगौराका श्रीमती म फिरादी डौलतिया भन्ने डौरी चौधरी र चार छोराहरूमा सुन्दिराम, द