निर्णय नं. १९२४ - उत्प्रेषण वा अन्य उपर्युक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १९२४ - उत्प्रेषण वा अन्य उपर्युक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: असार अंक: ३ फैसला मिति :२०४१/०३/२२ २०८५ निर्णय नं. १९२४ ने.का.प. २०४१ अङ्क ३ डिभिजन बेञ्च इजलाश सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०३९ सालको रिट नं. १८०७ विषय : उत्प्रेषण वा अन्य उपर्युक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ निवेदक : जि. दाङ हापुर गा.पं. वा.नं. ८ वगिया बस्ने शंकरप्रसाद गौतम विरूद्ध विपक्षी : श्री ५ को सरकार भूमिसुधार मन्त्रालय, काठमाडौं भूमि सम्बन्धी ऐन, २०२१ को दफा २५ क. को प्रयोजनको लागी गठित उच्चस्तरीय समिति, दाङ घोराही जि. दाङ हापुर गा.पं. वा.नं. ९ बस्ने पुनाराम कामी आदेश भएको मिति : २०४१।३।२२।५ मा § अधिकार तोकिएपछि मात्र आयोगले छानविन कारवाही प्रारम्भ गरेको देखिएबाट अधिकार क्षेत्र नाघी कारवाही भयो भन्न मिल्ने नदेखिने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल उल्लेखित मुद्दा : x आदेश प्र.न्या. नयनबहादुर खत्री : नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. निवेदकका नाउँमा २०२८ सालमा नापी दर्ता हुन आएको निवेदकको हक जोतभोग चलनको हापुर बिजौरी गा.पं. वा.नं. ९(६) कि.नं. १२९ को ज.बि.०–९–१५ जग्गामा मोही कहिल्यै कुनै समयमा पनि लागेको थिएन । ७ नं. अनुसूचीहरू आफ्नै नामबाट भरेको तथा २ नं. लगत प्रकाशन आफ्नै नाउँबाट भएको, २०२८ सालमा नापी दर्ता हुँदा म निवेदककै नाउँबाट दर्ता भएको र २०२९ सालमा जग्गाधनी दर्ता प्रमाण पूर्जा पाएको थिएँ । यस्तो अवस्थामा मोही कायम गरी प्रमाणपत्र पाउँ भनी विपक्षी पुनाराम कामीको उच्चस्तरीय आयोग, दाङ समक्ष ०३५।१।२६।३ मा उजूरी निवेदन परेछ र ०३५।११।१८ मा सनाखत बयान भएको रहेछ । सनाखत बयानमा भने उक्त जग्गा ०२७ सालदेखि कमाएको छु भनिएको रहेछ । मैले ०३५।१२।१८ मा विपक्षी निवेदकले दावी गरेको जग्गा निजले मोहियानीमा कमाएको छैन भनी बयान दिएको थिएँ । त्यसपछि उच्चस्तरीय आयोगबाट ०३८।३।३ मा सरजमीन भई विपक्षी समितिबाट ०३८।१२।२५ मा सो मुद्दा निर्णय हुँदा हापुर गा.पं. वा.नं. ९(६) को कि.नं. १२९ को जग्गा बिगहा ०–९–१५ जग्गामा पुनाराम कामीका नाउँमा मोहीयानी प्रमाणपत्र दिने ठहर्छ भनियो । ३. श्री ५ को सरकारले मिति ०३४।१२।१९ को निर्णय बमोजिम भनी कानून तथा न्याय मन्त्री होमबहादुर श्रेष्ठको अध्यक्षतामा एक उच्चस्तरीय आयोग गठन गरेका सूचना ०३५।१।१८ को राजपत्रमा प्रकाशित भएको, ०३५।८।५ को सूचनाले भूमिसम्बन्धी ऐनको दफा २५ समेतका केही दफाहरूको प्रयोजनको निम्ति अधिकारक्षेत्र ग्रहण गर्न पाउनेमा ०३५।८।५ को राजपत्र सूचनाले काम गर्ने अधिकार पाउनुभन्दा पहिले ०३५।१।२६।३ मै मोहियानी हक कायम गरी प्रमाणपत्र पाउँ भन्ने उजूरी लिने अधिकार उक्त आयोगलाई कानूनले दिएको पाइँदैन । अलग–अलग जग्गा र अलग–अलग जग्गाधनी भएकोमा ती दुवैको एउटै उजूरी लिनु पनि त्रुटिपूर्ण हो । ०३८।४।२५ मा भूमिसम्बन्धी ऐन आउनु भन्दा अगावैको मोही कायम हुने कानूनी स्थितिमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५ तथा दफा ३४ को अवस्था विद्यमान हुनु पर्छ । २०२७ सालदेखि कमाएको छु भनेकोलाई विचार गर्ने हो भने पनि २०२८ सालमा उक्त जग्गा नापी हुँदा मोहीमा आफ्नो नाउँ लेखाउन सक्नु पर्ने सो सकेक