निर्णय नं. १९२६ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १९२६ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: असार अंक: ३ फैसला मिति :२०४१/०३/१५ २१३९ निर्णय नं. १९२६ ने.का.प. २०४१ अङ्क ३ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३९ सालको रि.नं. १२२७ विषय : उत्प्रेषण निवेदक : कुमुद एण्ड विराटनगरको प्रोप्राइटर किसनलाल दुगड विरूद्ध विपक्षी : भन्सार कार्यालय भैरहवा भन्सार विभाग, त्रिपुरेश्वर, काठमाडौं राजश्व न्यायाधीकरण, पोखरा आदेश भएको मिति : २०४१।३।१५।५ मा § राजस्व न्यायाधीकरण पोखरामा पुनरावेदन परेकोमा पुनरावेदन प्रमाणको मूल्याङ्कन गरी निर्णय गर्नु पर्नेमा सो नगरी खारेज गर्ने गरेको नमिल्ने । (प्रकरण नं. ११) निवेदक तर्फबाट : विद्वान अधिबक्ता श्री शुसिल कुमार सिन्हा विपक्षी तर्फबाट : विद्वान सरकारी अधिबक्ता श्री भैरव प्रसाद लम्साल उल्लेखित मुद्दा : x आदेश न्या. बासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यस प्रकार रहेछ : २. म निवेदकले कम्युनिष्ट मुलुक सोभियत रूसका सरकारी कम्पनीबाट ४९,९६८ किलो लुगाधुने साबुन ४२०। यु.एस.डलर प्र.मेट.सी.आई.एफ.ले खरीद गरी आयात गरेको र सो साबुनको भन्सार मुल्य सूचीमा मूल्य उल्लेख नभएकोले त्यसको इन्भ्वाईस मोलमा माल छाड्ने आदेश भैरहवा भन्सार कार्यालयलाई गरिपाउँ भनी भन्सार विभागमा निवेदन गरेकोमा भन्सार विभागले प.सं.मु.१६।०३६।३७ च.नं. १६३४ मिति ०३६।१२।१८ को पत्रद्वारा सी.आई. एफ.कलकत्ता रु.४८३। मूल्य कायम गर्ने श्री ५ को सरकारको निर्णय भएको हुँदा निर्णयानुसार गर्नु भनी भन्सार कार्यालय भैरहवामा लेखी आएको र भन्सार कार्यालयले मेरो इन्भ्वाईस मोल प्रति मेट्रिक टन यू.एस.डलर ४२० लाई जमानी प्रति मेट्रिक टन यू.एस.डलर ४८३ ले कायम गरेको त्यसमा पनि ०३७।२।१० का दिन प्रचलित नेपाली मुद्रा दर प्रति यु.एस.डलर रु.१४.१० ले हिसाब गर्नुपर्नेमा सो नगरी रु.१६.१० ले हिसाब गरी प्रति डलरको मूल्य २। बढाई कानून विपरीत मूल्य कायम गर्नुभयो । विनिमय दरको कारणबाट हुन आएको अंक र इन्भ्वाईस मोलको अंकमा फरक रकम रु.५०,६८२।६४ कायम गरी त्यसमा पुनः दोहोरो भन्सार १०,१३६।५३ र जरिवाना रू.१०१। तथा बढी मूल्यको पनि दोब्बर गरी बढी बिक्रीकर समेत लगाउनुभएको कानून विपरीत भएकोमा पुनरावेदन गर्न धरौटीको रसिद कटाएको । बढी भन्सार जरिवाना इत्यादि असूल भएको सम्बन्धमा भन्सार विभागमा निवेदन गरेकोमा सो साबुनमा लागेको भन्सार महसूल फिर्ता दिन नमिल्ने भनी मिति ०३७।४।६ मा भन्सार विभागले सूचना गर्नु भएको समेत रहेछ । ३. राजस्व न्यायाधीकरण पोखरामा पुनरावेदन गरेकोमा कानूनी कुरा र कानूनी तथ्य माथि न्यायिक विचारै नगरी हेर्नु बुझ्नु पर्ने प्रमाण बुझी निर्णय गर्नुपर्ने राजस्व न्यायाधीकरण ऐन, ०३१ को दफा ८ मा तोकिए बमोजिम समेत नगरी कानून र तथ्य दुवैमा त्रुटि गरी महसूल तथा मूल्य सम्बन्धमा हालसम्म कारवाहीको सिलसिलामा चलिरहेको टुंगो लागी नसकेकोले भन्सार महसूल निर्धारण गरेको वा दण्ड सजाय गरेको आदेश उपर पुनरावेदन लाग्ने व्यवस्था गरेको यसरी कारवाहीकै सिलसिलामा रहेकोलाई उक्त दफा ३७ बमोजिमको आदेश भइसकेको भन्ने नदेखिँदा पुनरावेदन जिकिरतर्फ विचार गरी रहनुनपर्ने खारेज हुने ठहर्छ कपटपूर्ण खारेजी फैसला मिति ०३९।८।१४ मा गर्नु भएको प्रत्यक्ष कानूनी त्रुटिपूर्ण एवं अ.बं.१८५ नं. को विपरीत भएको छ साथै द्वय विनियम प्रणाली दर रु.१४।१० र १२।१