निर्णय नं. १९२७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १९२७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: असार अंक: ३ फैसला मिति :२०४१/०३/३० २११० निर्णय नं. १९२७ ने.का.प. २०४१ अङ्क ३ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४० सालको रि.नं. १४८६ विषय : उत्प्रेषण निवेदक : सिरहा जि. थलहाकटहा गा.पं. वडा नं. ९ बस्ने रामपलट साहु सुडी ऐ ऐ बस्ने बुनीलाल साहु ऐ ऐ बस्ने राम प्रसाद साहु सुडी विरूद्ध विपक्षी : जिल्ला सिरहा गा.पं.थलहा कटहा वार्ड नं. ९ बस्ने महेन्द्र साहु सुडी ऐ ऐ वार्ड नं. ८ बस्ने सिया यादव जिल्ला भूमि सुधार कार्यालय सिरहाका भूमिसुधार अधिकारी आदेश भएको मिति : २०४१।३।३०।६ मा § अदालतबाट हक कायम गराउनु पर्ने विषयमा रिट क्षेत्रबाट हस्तक्षेप गर्न नमिल्ने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंह र विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास र विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल उल्लेखित मुद्दा : x आदेश न्या. बासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत विषयको संक्षिप्त तथ्य तथा रिट निवेदन जिकिर यस प्रकार रहेछ । २. रधुनन्दन साहुको ४ छोरा मध्ये जेठा विपक्षी महेन्द्र साहु माहिला म रामपलट साहु माहिला म बुन्नीलाल साहु र कान्छा म रामप्रसाद साहु भएको, माता पिता स्वर्गवास भएपछि दाजु महेन्द्र साहुबाट हामीहरूले अंश फाँट छुट्याई माग्दा अंश छुट्याई नदिनुभएकोले हामीहरूले दाजु महेन्द्र साहु उपर अंश दर्ता चलन मुद्दा सिरहा जिल्ला अदालतमा दियौं हामीहरूले दाजु महेन्द्र साहुबाट अंश पाउने ठहरी सिरहा जिल्ला अदालतबाट २०३३।८।२३ गतेमा फैसला भयो । ०३४।१०।१५ मा सि.जि. अ.बाट अंश पनि छुट्याई दियो जिल्ला सिरहा गा.पं.थलहा वटहा वार्ड नं. ७ को कि.नं. २३ को जग्गा कठ्ठा ०–१८–१५ मध्ये उत्तर तर्फबाट ०–४–१३१/३ मा रामपलटको अंश भागमा उत्तर पश्चिमतर्फबाट ०–४–१३१/३ बुन्नीलालको अंश फाँटमा र दक्षिण उत्तरतर्फबाट ०–४–१३१/३ रामप्रसादको अंश फाँटमा पर्यो । ऐ ऐ वार्ड नं. ८ को कि.नं. ३४ को जग्गा बिगहा १–५–१२१/३ मध्ये ०–६–८१/३ रामपलटको भागमा ०–६–८१/३ बुनीलालको भागमा र ०–६–८१/३ रामप्रसादको भागमा पर्यो हामीहरूको अंश भागमा परेको उक्त जग्गा र अरू जग्गा समेत आफैंले खेती गरी भोगी चर्ची आएका छौं । कसैलाई मोहियानीमा जोत्न दिएका थिएनौं । उक्त कि.नं. २३ र २४ को जग्गामा कहिले पनि मोही थिएन । सर्भे हुँदासम्म पनि फिल्डबुकमा जग्गावाला र किसानको महलमा महेन्द्र साहुकै नाम लेखिएको छ । अंश फाँट छुटी सकेपछि विपक्षी मध्येका दाजु महेन्द्र साहुले विपक्षी सिया यादवसँग मिली २०४०।२।६ गतेमा कि.नं. २३ तथा कि.नं. ३४ को सम्पूर्ण जग्गाको मोहियानीको कबूलियत र २०२९ र २०३९ सालको भर्पाई पनि अघिको मितिमा बनाई दिनु भयो । उक्त कबूलियत र भर्पाईको आधारमा २०४०।२।६ गतेमा सिया यादवले भू.सु.का.सिरहामा मोहियानी हकको प्रमाणपत्र पाउँ भनी निवेदन दिनु भयो । विपक्षी महेन्द्र साहु मिलुवा प्रतिवादी हुन भएकोले सिया यादवको कथनलाई भू.सु.का.मा गई समर्थन गरिदनु भयो । हामीहरूले उक्त कामकाजको विषयमा थाहा पाएपछि मोहियानी हक कायम नहोस् भनी निवेदन लेखी भू.सु.का.मा दर्ता गराउन जाँदा श्री अधिकारीले दर्ता गर्ने मञ्जूर गर्नुभएन । आखिर हुलाकद्वारा रजिष्ट्री गरी त्यो निवेदन पठायौं २०४०।२।३० गतेमा त्यो निवेदन भू.सु.का