निर्णय नं. १९२९ - उत्प्रेषण वा उपयुक्त आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १९२९ - उत्प्रेषण वा उपयुक्त आदेश जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: असार अंक: ३ फैसला मिति :२०४१/०१/२५ १८६४ निर्णय नं. १९२९ ने.का.प. २०४१ अङ्क ३ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०३९ सालको रिट नं. ९७२ विषय : उत्प्रेषण वा उपयुक्त आदेश जारी गरिपाउँ निवेदक : ६।१० नयाँ सडक काठमाडौं बस्ने राम निरन्जन जाटिया विरूद्ध विपक्षी : कर विभाग काठमाडौं कर कार्यालय काठमाडौं आदेश भएको मिति : २०४१।१।२५।२ मा § निवेदकले आ.ब.०३२।३३ को लागि रु.५,८३,३५९।४७ दाखिल गरेको नभई रु.५,५६,३५०। मात्र अग्रिम करको रूपमा दाखिल गरेको पाइन्छ । आ.व.०३३।३४ आ.व.०३४।३५ को लागि आ.व.०३२।३३ को अंकको आधार कर कार्यालय काठमाडौंले लिएको मिलेको नदेखिने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे उल्लेखित मुद्दा : x आदेश न्या. बासुदेव शर्मा : विपक्षीहरूले मिति ०३९।१।३० र मिति ०३९।५।१६ मा गरेको काम कारवाही र निर्णय बदर गरी कानून बमोजिम चाँडो अन्तिम आयकर निर्धारण गर्नु गराउनु भन्ने विपक्षीहरूको नाममा परमादेशको आदेश जारी गरिपाउँ भन्ने नेपालको संविधानको धारा ७१ अन्तर्गत यस अदालतमा पर्न आएको रिट निवेदन मिति ०३९।६।२२ गतेमा दर्ता भई पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं जिकिर यस प्रकार छन् । २. आ.व.२०३२।३३ देखि आ.व.३७।३८ सम्मको आय विवरणको सम्पूर्ण कारवाही पूरा भइसकेको स्थितिमा कर कार्यालयले अन्तिम कर निर्धारण गर्ने काम सम्म बाँकी भई आजसम्म कर निर्धारण गर्नु भएको छैन । अन्तिम कर निर्धारण गर्न केही समय लाग्ने हुँदा आ.व.०३२।३३ को लागि अग्रिम आयकर बापत रु.५,८३,३५९।४७ तपाईले मञ्जूर गरेको दाखिल भएको देखिँदा सो आधारमा आ.व.०३३।३४ को लागि रु.५,८३,३५९।४७ र आ.व.०३४।३५ को लागि रु.५,८३,३५९।४७ समेत जम्मा रु.११,६६,७१८।९४ आयकर ऐन, २०३१ (संशोधन सहित) को दफा ३५(१) बमोजिम पछि उक्त आ.व.हरूको अन्तिम निर्धारण हुँदा त्यसै बखत घटी बढी भएमा लिने दिने गरी उक्त बमोजिमको अग्रिम आयकर बापत माग गरिएको छ भन्ने व्यहोरा कर कार्यालय काठमाडौंको मिति ०३९।१।३० को पत्र निवेदकलाई बुझाइयो । सो उपर चित्त नबुझी मिति ०३९।२।२६ मा निवेदन दिएकोमा आयकर ऐन (संशोधन सहित) २०३१ को दफा ३५(३) ले कर अधिकृतलाई अधिकार प्रदान गरेकै हुनाले कर कार्यालय काठमाडौंले अग्रिम आयकर माग गरेको कानूनसंगत नै भएकोले माग अनुसार अग्रिम आयकर तुरून्त दाखिल गर्न मिति ०३९।५।१६ को निर्णय अनुसार अनुरोध गरिन्छ भन्ने कर विभागको पत्र मिति ०३९।५।३० मा निवेदकले प्राप्त गरेको । ३. चाँडो आयकर निर्धारण होस् भनी निवेदकले बारम्बार निवेदन दिँदै आएकोमा ४।५ वर्ष भइसक्दा पनि अन्तिम कर निर्धारण नगरी निवेदकसँग आयकर ऐन, ०३१ को दफा ३५(१) बमोजिम अग्रिम आयकर बापत भनी जम्मा रु.११,६६,७१८।९४ दाखिल गर्नु माग गरिएको कर कार्यालयको मिति ०३९।१।३० को आदेश गैरकानूनी र बदरभागी छ । आ.व.२०३२।०३३ मा रु.५,८३,३५९।४७ अग्रिम कर दाखिल नभई रु.५,५६,३५०। दाखिल भएको हो । यसबाट पनि कर कार्यालयको आदेश गैरकानूनी छ । कर विभागले आयकर ऐन, ०३१ को दफा ३५(३) बमोजिम कानूनसंगत नै भएको देखाई माग गरेको अग्रिम आयकर दाखिल गर्नु भनी २०३९।५।१६ मा गरेको निर्णय अधिकार क्षेत्रको प्रश्नमा कानूनी त्रुटि भएको छ । सबभन्दा पछिल्लो वर्षको कर निर्धारण बमोजिम खूद आयमा वा प