निर्णय नं. १९३१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १९३१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: असार अंक: ३ फैसला मिति :२०४१/०३/२३ २११७ निर्णय नं. १९३१ ने.का.प. २०४१ अङ्क ३ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री जोगन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४० सालको रिट नं. १८५१ विषय : उत्प्रेषण निवेदक : का.जि. का.न.पं. साविक वडा नं. १९ को हाल वडा नं. १७ क्षेत्रपाटी बस्ने न्हुछेनारायण मानन्धर विरूद्ध विपक्षी : बागमती अञ्चल अदालत जि.का. न.पं. वडा नं. १ हिटी दरबार बस्ने प्रमोद सम्सेर राणा ऐ ऐ बस्ने रमा राणा आदेश भएको मिति : २०४१।३।२३।६ मा § वडासचिव पञ्चायतको साक्षी बसी ऐन बमोजिम क्षेत्रपाटीमा नै म्याद तामेल भएकोमा रिट निवेदक म्यादभित्र हाजिर नभई म्याद गुजारी बसेको देखिएको हुँदा निर्णयमा कुनै त्रुटि भए गरेको नदेखिँदा निवेदन पत्र खारेज हुने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री गजेन्द्रबहादुर प्रधानांग विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मोतिकाजी स्थापित र विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल उल्लेखित मुद्दा : x आदेश न्या. बासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा रिट निवेदन जिकिर यस प्रकार रहेछ : २. का.जि. हिटी दरवारको घर भत्किई पाताल भइरहेको उत्तर दक्षिण पूर्व ३ नै तिर पर्खाल समेतको पाताल जग्गा रोपनी ०–८–१–२ जग्गा रुपैयाँ ७९०००। मा ०३३।२।२८।५ मा र.नं. ७२१२ को राजीनामा रजिष्ट्रेशन पास गरी दिनु भयो । जसको नक्कल यसै साथ पेश गरेको छु । शहरी क्षेत्रको घर जग्गा नापी आउँदा म नभएको मौकामा विपक्षी प्रमोदशमशेर राणाको श्रीमती रमा राणाले उक्त राजीनामा भित्रको पूर्व पर्खाल आफ्नो कि.नं. ५०६ मा घुसाई नापी गराएको झिकी मेरो र मेरा दाजु गोपाल समेतले खरीद गरेको जग्गा कि.नं. ६३८ मा नापी भएकोले सो पर्खालको नाम मेरो कि.नं. ६३८ मा पारी पाउँ भनी नापीमा उजूर गरेकोमा सो पर्खालको जग्गा विपक्ष रमा राणाको नाउँमा अस्थायी दर्ता गरी चित्त नबुझे ३५ दिनभित्र अदालतमा उजूर गर्नु भनी मलाई सूचना दिए बमोजिम म्याद ३५ दिनभित्रै अस्थायी दर्ता बदर गरी पूर्व सीमानाको पर्खाल मेरो कि.नं. ६३८ मा समावेश गरिपाउँ भनी प्रमोदशमशेर र निजको श्रीमती रमा राणाका नाउँमा मैले ०३७ फाल्गुणमा नालिश गरेकोमा सो पूर्व पर्खालको जग्गा राजीनामा भित्र पर्दैन भन्ने लोग्ने स्वास्नी दुवैको प्रतिउत्तर परेकोमा ३ नै तिरको पर्खाल समेतका पाताल जग्गा ०–८–१–२ मा भनी राजीनामाको कैफियत महलमा उल्लेख गरेको देखिँदा कि.नं. ५०६ मा पर्खाल पारी नापी अस्थायी दर्ता गरिदिने गरेको ०३७।८।२९ को पर्चा बदर हुने भई पर्खालको जग्गा वादीको हक कायम हुने ठहर्छ भनी ०३८।१२।२० मा का.जि. अ.बाट गरेको फैसलाको नक्कल यसैसाथ छ । सो कानून अनुसारको इन्साफ थियो । उक्त इन्साफलाई असत्यमा परिणत गर्न विपक्ष प्रमोदशमशेर राणाका लोग्ने स्वास्नीले वा.अं.अ.मा पुनरावेदन गरेको रहेछन् सो पुनरावेदनबाट अ.बं.२०२ नं. र ११० नं. बमोजिम मलाई दिनु पर्ने कानूनी हक मौका सुविधाबाट बञ्चित गरी अर्थात कानूनी हक हनन् गर्दै प्रचलित अ.बं.२०२ नं. र ११० समेतको प्रत्यक्ष कानूनी त्रुटि गरी शुरूको बदर हुने ठहर्‍याई वा.अं.अ.बाट फैसला भयो । वा.अं.अ.को ०३९।३।११।६ को आदेश बमोजिमको म्याद भनी वेरीतसँग तामेल भएको रहेछ । अतः सो वा.अं.अ.को फैसला उपर उत्प्रेषणको रिट या उपयुक्त रिट र जो चाहिने आज्ञा, आदेश जारी भई सो