निर्णय नं. १९३४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १९३४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: असार अंक: ३ फैसला मिति :२०४१/०३/१३ २२०२ निर्णय नं. १९३४ ने.का.प. २०४१ अङ्क ३ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३९ सालको रिट नं. १४४७ विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ निवेदक : जि. बारा बुनियाद गा.पं. वार्ड नं. ९ बस्ने मोतीलाल साह सोनार विरूद्ध विपक्षी : भू.सु. अधिकारी, भू. सुधार कार्यालय बारा जि. बारा प्रसौनी गा.पं. वार्ड नं. ५ बस्ने छेदी प्रसाद कलवार आदेश भएको मिति : २०४१।३।१३।३ मा § अर्कै सन्दर्भमा भएको बयानलाई प्रमाण लगाई प्रत्यर्थी भूमिसुधार कार्यालयबाट विवादित जग्गामा मोही नामसारी गर्न नमिल्ने भनी सो जग्गाको हकमासम्म गरेको निर्णय त्रुटिपूर्ण देखिने। (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल र विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ उल्लेखित मुद्दा : x आदेश न्या. धनेन्द्रबहादुर सिंह : भूमिसुधार कार्यालय बाराको मिति ०३९।११।२२ को फैसला बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्नआएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त तथ्य यस प्रकार छ : २. विपक्षी छेदीप्रसाद नाउँ दर्ताको जि. वारा बुनीयाद गा.पं. वार्ड नं. ७ कि.नं. ३ को जवि.२–१०–० जग्गा र सिताराम तथा श्यामाप्रसादको समेतको दर्तावाला मोही मेरो पिता सटहु शाह सोनार परलोक हुनुभएकोले मेरो नाउँमा मोही नाउँसारी गरिपाउँ भन्ने समेत मेरो निवेदन परेकोमा विपक्षी छेदीप्रसादले निवेदकका नाउँमा मोही नामसारी हुनपर्ने होइन मलाई पत्याउन बाध्य गराउन पाउने समेत होइन ०३७।८।२५ मा विपक्षीलाई पत्याई मोही कायम गर्ने निवेदन दिएकोमा इन्कारी बयान गरेकोबाट यसै कार्यालयबाट खारेज भएको छ उसै विषयमा पुनः निवेदन नलाग्ने र मोही लगत कट्टा गर्न ०३८।१।२९ मा मेरो निवेदन समेत परेको छ भन्ने समेत बयान गरेका र अन्य ज.ध.हरूको समेत बयान भएको थियो ज.ध.छेदीप्रसादका नाउँको बुनीयाद गा.पं. वार्ड ७ कि.नं. ३ ज.बि.२–१०–० माग अनुसार मोही नामसारी गर्न नमिल्ने र अन्य ज.ध.को दावी मध्येको अन्य कित्तामा निवेदकको इन्कारी नदेखिँदा मोही नामसारी हुने ठहर्छ भनी विपक्षी अधिकारीले ०३९।११।१२ मा फैसला गर्नुभयो । ३. विपक्षी छेदीले म र आमा जानकीदेवी उपर बारा जि. अ.मा कूत मोही निष्कासन मुद्दा दिएको त्यसबाट प्रथम हक आमाको हुनु पर्ने विचारले ०३७।१०।२२ मा बयान गर्दा मोही नामसारी गर्न आमाको निवेदन परी रहेकोले आमाको नाउँमा मोही नामसारी कायम होस भनी बयान गरेको थिएँ । त्यसबाट मैले जग्गा कमाउन सक्दिन मलाई मोहियानी हक चाहिदैन भनी इन्कारी बयान गरेको भन्ने अर्थ गर्न मिल्दैन सो उजूरीमा विपक्षी कार्यालयबाटै ०३८।१।२ मा मोतीलालको मोही नामसारी गरिपाउँ भन्ने दावी उजूर परेमा उसै बखत कारवाई हुने हुँदा उजूरी तामेलीमा राखी दिने भनी फैसला भएबाट सबै व्यहोरा दर्शाई मैले मोही नामसारीमा दावी लिएकोमा पूर्व फैसलाहरूको ख्यालै नराखी एक पक्षीय ढंगबाट मेरो दावी भन्दा बाहिर गई मोही लगत कट्टा गरी दिने भनी गरिएको फैसला प्रतिपादित सिद्धान्त र भूमिसम्बन्धी ऐन, ०२१ को दफा २६(१) को त्रुटियुक्त छ । आमाले निवेदन दिँदा आमालाई नपत्याई मलाई पत्याउने र हाल मैले निवेदन दिँदा मलाई नपत्याई पत्याउन बाध्य गराउन नमिल्ने भनेबाट मोहियानी समाप्त गराउने दुरूत्साहन गरेको भन्ने देखिएकै छ