निर्णय नं. १९३५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १९३५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: असार अंक: ३ फैसला मिति :२०४१/०३/१५ २३४१ निर्णय नं. १९३५ ने.का.प. २०४१ अङ्क ३ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०३९ सालको रिट नं. १५५५ विषय : उत्प्रेषण निवेदक : जि. सप्तरी गा.पं हरिहरपुर वार्ड नं. ४ बस्ने तिलोचन खंग खत्वे विरूद्ध विपक्षी : भू.सु.का. सप्तरी का.भू.सु.अ. जि. सप्तरी न.पं. राजविराज वार्ड नं. ४ बस्ने गोविन्द प्रसाद सिंह आदेश भएको मिति : २०४१।३।१५।५ मा § ४ नं. जो.अ.नि.को आधारमा प्रत्यर्थीका नाउँमा दर्ता रहेको जग्गाको मोही कायम गर्न नमिल्ने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रमानन्दप्रसाद सिंह विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल र विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया उल्लेखित मुद्दा : x आदेश न्या. धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अनुसार भू.सु.का.सप्तरीको ०३९।११।२४ को निर्णय बदर गरिपाउँ भनी यस अदालत समक्ष पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य संक्षेपमा यस प्रकारको रहेछ । २. विपक्षी गोविन्दप्रसाद सिंहको नाममा दर्ता रहेको निजको बाजे कारीसिंह समेतका पालादेखि म मोहीमा कमाई आएको ०–१०–० जग्गामा अनुसूची नं. १ भरी अनुसूची प्रकाशित हुँदा कसैको उजूर नपर्दा सो बमोजिम ४ नं. जो.अ.नि.पाएको हरिहरपुर गा.पं. वार्ड नं. ७(क) कि.नं. १६५ को ०–१०–६ सर्भेमा कायम भएको जग्गाको स्थायी मोहियानी हकको प्रमाणपत्र पाउँ भनी भू.सु.का.मा मैले निवेदन गरेको उक्त जग्गा कारी सिंहको नाउँमा कहिले पनि दर्ता थिएन, कारी सिंह मेरो बाबु ०१६ सालमा अंशबण्डा भइसकेको उक्त जग्गा अनारवतीको नाउँमा दर्ता भई ०२२ सालमा निजले गरी दिएको बकसपत्र बमोजिम मेरो नाउँमा आएको हो । एकाको ४ नं. जो.अ.नि.बाट विवादित जग्गामा विपक्षीलाई मोही भएको प्रमाणपत्र दिन नमिल्ने भन्ने समेत विपक्षी गोविन्दप्रसादले भू.सु.का.मा प्रतिवाद गर्नुभयो भू.सु.का.बाट आधारभूत प्रमाण वादीले पेश गर्न नसकेको भन्दै वादी दावी खारेज हुने ठहर्छ भनी निर्णय भयो । ३. गोविन्दप्रसादको बाजे कारी सिंह भएको कुरामा विवाद भएन र निज कारी सिंह परिवारको मुख्य व्यवहार चलाउने भएको उपरोक्त चार किल्लाभित्रको मैले कमाई आएको जग्गाको मूल जग्गाधनी कारी सिंह नै जानी आएकोले भू.सु.लागू हुँदाको अवस्था १ नं. अनुसूची मोही लगत भराएको सोको २ नं. अनुसूची प्रकाशित हुँदा कसैको उजूर नपरेकोले सो अनुसारको ४ नं. जो.अ.नि.प्राप्त गरेको छु सो अनुसूचीमा उल्लेख भएको जग्गा मेरो दर्ता होइन र सो जग्गा अन्तै छ भन्न विपक्षीले भन्न सकेको छैन उक्त जग्गाको भू.सु.ऐन, ०२१ को दफा २५(१) अनुसार म हक प्राप्त मोही भएको प्रष्ट छ । २ नं. अनुसूचीको ०–१०–० हाल हरिहरपुर गा.पं. वार्ड नं. ७(क) कि.नं. १६५, ०–१०–६ वादीले भोग गरेको रहेछ भन्ने कुरा भू.सु.का.ले पनि स्वीकारै गरेको छ । यस्तो स्थितिमा भू.सु.ऐनको दफा २५ अनुसार म निर्विवाद मोही देखिएकोलाई भू.सु.का.सप्तरीले मलाई मोहीको प्रमाणपत्र नदिई जग्गाधनीको पक्षमा लागि उपरोक्त गैरकानूनी त्रुटिपूर्ण निर्णय गरेकोले सो निर्णयबाट मेरो संवैधानिक हकहरू तथा कानूनी अधिकारहरूमा समेत आघात पुग्न गएकोले संविधानको धारा १६/७१ अनुसार उत्प्रेषणको आदेश जारी गरी उक्त भू.प्र.का.सप्तरीको ०३९।११।२४ को निर्णय बदर गरी मेरो हक तथा अधिकार समेत संरक्षण गरिपाउँ भन्ने समेत