निर्णय नं. १९३६ - उत्प्रेषणयुक्त परमादेश वा अन्य आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १९३६ - उत्प्रेषणयुक्त परमादेश वा अन्य आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: असार अंक: ३ फैसला मिति :२०४१/०३/२० ३०५४ निर्णय नं. १९३६ ने.का.प. २०४१ अङ्क ३ डिभिजन बेञ्च इजलाश सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह सम्वत् २०४० सालको रिट नं. १७६४ विषय : उत्प्रेषणयुक्त परमादेश वा अन्य आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ निवेदक : का. जिल्ला का.न.पं. वार्ड नं.१३ छाउनी बस्ने क्याप्टेन केशवकृष्ण श्रेष्ठ विरूद्ध विपक्षी : श्री ५ को सरकार, पर्यटन मन्त्रालय, त्रिपुरेश्वर श्री सचिव, श्री ५ को सरकार पर्यटन मन्त्रालय, त्रिपुरेश्वर श्री शाही नेपाल बायु सेवा नगम, कान्तीपथ श्री संचालक समिति, शाही नेपाल बायु सेवा निगम, कान्तीपथ श्री पदपूर्ति समिति, शाही नेपाल बायु सेवा निगम, कान्तीपथ श्री लोकसेवा आयोग, कमलपोखरी आदेश भएको मिति : २०४१।३।२०।३ मा § प्राकृतिक व्यक्तिलाई कानूनले वर्जित गरेदेखि बाहेकका सबै कार्य गर्ने अधिकार हुन्छ, तर कानूनद्वारा सृजित व्यक्तिलाई कानूनले दिए जति अधिकार मात्र प्रयोग गर्ने शक्ति हुन्छ, कानूनले प्रदान गरेको अधिकारको परिधि नाघेर उसले कुनै कार्य गर्छ भने त्यस्तो कार्यले कानूनी मान्यता प्राप्त गर्न सक्तैन । (प्रकरण नं. १८) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली विपक्षी तर्फबाट : विद्वान व.अ.श्री रमानन्दप्रसाद सिंह र विद्वान सरकारी अधिबक्ता श्री इन्द्रराज पाण्डे उल्लेखित मुद्दा : x आदेश न्या. धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आदेश जारी गरिपाउँ भनी मिति २०४०।२।१९ मा यस अदालतमा दर्ता भएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यस प्रकार रहेछ : २. शाही नेपाल वायु सेवा निगमको सेवामा निवेदक दिसम्बर १, १९५९ देखि अनवरत इमान्दारीपूर्वक सेवा गर्दै सिनियर क्याप्टेनसम्म पुगेको कर्मचारी हुँ । सो पद (तह ९) मा भएको पनि १६ वर्ष पूरा भइसकेको छ । निगमको नवौं तहबाट दशौं तहमा बढुवा गर्नका लागि मिति २०३४।११।२० मा दरखास्त आव्हान गरियो । त्यसमा प्राविधिक सेवातर्फ अपरेशन विभागको दशौं तहको एक पद (निर्देशक) समेत पूर्ति गर्ने उल्लेख छ । त्यसबेला निवेदक निगमको अपरेशन विभागको का.मु.निर्देशक थिएँ तापनि ज्येष्ठता, कार्यदक्षता शैक्षिक योग्यता र नेतृत्वको गुण आदिका आधारमा सो पदका लागि दरखास्त दिई परिणाममा एक मात्र उम्मेदवार रहेको थिएँ । पदपूर्ति समितिले बढुवाको सिफारिश गर्ने निश्चित प्रायः अवस्थामा एक्कासि निगमको सञ्चालक समितिको मिति २०३६।६।१० को निर्णयानुसार भनी ०३६।६।११ को पत्रद्वारा अपरेशन विभागको का.मु.निर्देशक पदबाट निवेदकलाई हटाई सो पदमा उपनिर्देशक क्याप्टेन बबीबिक्रम शाहलाई राखी पछि का.मु.नलेखी निर्देशक लेख्न पाउने समेत गराइयो र निगमको कर्मचारी व्यवस्था विभागको १ अप्रिल १९८० को सूचना बुलेटिनद्वारा सो पदलाई बढुवा भएको भनी जनाइयो । हाल उहाँ एघारौं तहको नायव महाप्रबन्धक पदमा कायम मुकायम हुनुहन्छ । ३. पदपूर्ति समितले अपरेशन विभागको निर्देशक पदमा बढुवाको कारवाही छाडी अरू विभागको निर्देशक पदहरूमा बढुवाको सिफारिश गर्ने निर्णय गरी बढुवा समेत गरे उपर निवेदकले म्याद थाम्ने निवेदन साथ मिति २०३६।१२।२२ मा तत्कालीन सम्बन्धित मन्त्रालय निर्माण तथा यातायात मन्त्रालयका सचिवज्यू समक्ष पुनरावेदन गरी लोक सेवा आयोगको समेत ध्यानाकर्षण गराएकोमा करीब