निर्णय नं. १९३७ - उत्प्रेषणको जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १९३७ - उत्प्रेषणको जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: असार अंक: ३ फैसला मिति :२०४१/०३/१३ २४५२ निर्णय नं. १९३७ ने.का.प. २०४१ अङ्क ३ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०४० सालको रिट नं. १८३० विषय : उत्प्रेषणको जारी गरिपाउँ निवेदक : का.जि. खड्का भद्रकाली गा.पं. वडा नं. ८ बस्ने नानीमैया महर्जननी विरूद्ध विपक्षी : भू.सु.का. काठमाडौंका भू.सु.अ. का.जि. का.न.पं. वार्ड नं. १३ खिचापोखरी बस्ने अमिरमान अमात्य मरी निजको हकवाला नविन मान सिं अमात्य आदेश भएको मिति : २०४१।३।१३।३ मा § म्यादलाई रीतपूर्वक नभएको भनी सकेपछि सो आदेश बमोजिम म्याद निवेदिकाको नाउँमा जारी गरी रीतपूर्वक तामेल गराई मात्र निर्णय गर्नुपर्ने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री नुतन थपलिया विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री बलिराम कुमार र विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल उल्लेखित मुद्दा : x आदेश न्या. धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत भू.सु.का.काठमाडौंको मिति ०३९।१२।२५ को निर्णय बदर गरिपाउँ भनी यस अदालतमा पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य यस प्रकारको रहेछ : २. म निवेदिकाको नाउँमा नाप नक्सा भएको का.जि. चपली गा.पं. वार्ड नं. ८(ख) कि.नं. ९ को २–०–० जग्गाको मोही भई जोतभोग कमोद गर्दै आएकोमा विपक्षी अमिरमानले ०३३ सालको कूतबाली भराई मोहीबाट निष्कासन गरिपाउँ भनी भू.सु.का.काठमाडौंमा उजूर गर्नुभएछ सोही फिरादको आधारमा उक्त जग्गाबाट मोही निष्कासन हुने ठहर्छ भनी एकतर्फी फैसला ०३९।१२।२५ मा भू.सु.का.काठमाडौंबाट भएको रहेछ । ३. म निवेदिकालाई प्रतिवाद गर्ने मौका समेत नदिई निर्णय गर्नु प्रचलित कानूनको विपरीत हुनुको साथै विपक्षी भू.सु.अ.ले मलाई कुनै म्याद सूचना तामेल नगरी मेरो हक अधिकारमा आघात पुर्याउने निर्णय गर्नु सर्वमान्य न्याय सिद्धान्त विपरीत भई मेरो मोहियानी हक भोगको जग्गामा मेरो नाउँमा कानून बमोजिम स्थापित हकलाई छुटाउन खोज्नु प्राकृतिक न्यायको सिद्धान्त विपरीत गरिएको निर्णय त्रुटिपूर्ण छ । यसरी विपक्षी भू.सु.का.काठमाडौंबाट न्यायिक मनको प्रयोग नगरी स्वच्छेचारी किसिमबाट मेरो सम्पत्ति हकबाट छुटाउने इरादा लिई निवेदिकालाई बाली बुझाएको समेत प्रतिवाद गर्ने मौका समेत नदिई म्याद सूचना तामेल नगरी अ.बं.१०१।१०२ र ११ नं. को साथ प्रमाण ऐन, २०३१ को दफा २४ को विपरीत गरिएको निर्णयबाट म निवेदिकाको हक अधिकारहरूमा आघात तथा कुण्ठा पुर्याएकोले संविधानको धारा १६, ७१ अनुसार उत्प्रेषण लगायत अन्य उपयुक्त आज्ञा, आदेश जारी गरी भू.सु.का.काठमाडौंको मिति ०३९।१२।२५ को निर्णय बदर गरी मेरो हकहरू प्रचलन गरिपाउँ भन्ने समेत रिट निवेदन रहेछ । ४. यसमा विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नु भन्ने समेत यस अदालत सिङ्गलबेञ्चको आदेश । ५. विपक्षी रिट निवेदिकाको नाउँको ०३५।५।३ को तामेली म्याद निजका एकाघरका छोराले पञ्चको साक्षीको रोहवरमा बुझी लिई म्यादभित्र प्रतिवाद समेत नगरेको साथै ०२७ सालदेखि ०३० सालसम्मको बाली वादीले भरी पाउने निर्णय भएको देखिँदा जग्गाधनीको बाली बाँकी राखेको उजूरीमा म्याद बुझेर पनि उपस्थित हुन नआएकोले यसरी पटक–पटक बाली नबुझाउने मोही कायम राख्न अनुचित देखिएकोले अधिकार प्राप्त अधिकारीले अधिकार क्षेत्रभित्र रही गरेको निर्णय हुँदा निवेदिकाको रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत भू.सु.का.काठ