निर्णय नं. १९३८ - लिखत पास

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १९३८ - लिखत पास भाग: २६ साल: २०४१ महिना: असार अंक: ३ फैसला मिति :२०४१/०३/३० ३७६३ निर्णय नं. १९३८ ने.का.प. २०४१ अङ्क ३ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४० सालको दे.पु.नं. ५२७ मुद्दा : लिखत पास पुनरावेदिका/प्रतिवादी : ल.पु.जि. न.पं. वा.नं. ५ विक्रम भवन बस्ने शुशिला रानी राणा विरूद्ध विपक्षी/वादी : होटल जया ईन्टरनेशनलको तर्फबाट का.जि. कान्तीपथ बस्ने आनन्दबहादुर श्रेष्ठ फैसला भएको मिति : २०४१।३।३०।६ मा § मुद्दा गर्ने भन्ने कुरा नलेखेको भन्नेबाट सञ्चालक समितिले गर्नुपर्ने कार्य अरूबाट हुन सक्दछ भन्ने तर्क गर्न मिल्ने होइन । (प्रकरण नं. १२) पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मधुप्रसाद शर्मा विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री चुडामणीराज सिंह मल्ल उल्लेखित मुद्दा : x फैसला न्या. धनेन्द्रबहादुर सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतबाट ०३८।३।२९ मा भएको निर्णयमा कानूनी त्रुटि विद्यमान भएकोले पुनरावेदनको अनुमति पाउँ भनी पर्न आएको निवेदनमा यस अदालतबाट पुनरावेदनको अनुमति प्रदान भई पुनरावेदनको लगतमा दर्ता भई नियमानुसार पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ : २. अन्यायवालीले रजिष्टर्ड नं. ६२४।०३० मिति ०३०।८।२७ को प्रमाणपत्र अनुसार स्थापित होटल जया ईन्टरनेशनल प्रा.लि.ललितपुरसँग ०३४।८।२९।४ मा घरखर्च र घर बनाउन भनी रू.१,५०,०००। (कर्जा लिई निजका नाउँमा तत्कालीन भू.प्र.का.ललितपुरमा दर्ता रहेको ल.पु.न.पं. वार्ड नं. ५(ग) कि.नं. २७६ को जग्गा रोपनी १–११–० र कि.नं. २७८ को जग्गा रोपनी ०–१३–० समेत जग्गा र कि.नं. २७६ मा बनेको पक्का र्इंटको १ तल्ला पूर्व पश्चिम ४६ फिट र उत्तर दक्षिण ५८ फिटमा बनेको घर १ समेतका घर जग्गाहरू राजीनामा गरी दिनुभएको थियो । उक्त राजीनामा लिखत पास गरी दिनुहोस् भन्दा आलटाल गरेकोले अ.बं.८२ बमोजिम रजिष्ट्रेशनको ५ नं.को म्याद ६ महीना नाघेको ३५ दिनभित्र फिराद दिन आएको छु । लिखत पास गराई पाउँ भन्ने समेत होटल जया ईन्टरनेशनल तर्फबाट आनन्दबहादुर श्रेष्ठको २०३५।३।२।५ को फिरादपत्र । ३. कम्पनी ऐन अन्तर्गत स्थापित प्रा.लि.को तर्फबाट नालेश उजूर गर्न विपक्षी आनन्दबहादुरलाई कम्पनीले के कस्तो अधिकार दिएको हो अथवा कम्पनीका के कस्ता हैसियतका व्यक्ति निज आनन्दबहादुर हुन् भन्ने कुराको फिरादमा कुनै प्रमाण नभएकोले व्यक्ति विशेषको हैसियतले कम्पनीको सम्बन्धमा गरेको नालेश खारेज हुनु पर्ने दायर हुन सक्ने भए पनि दावा अनुसारको रुपैयाँ लिई मैले कागज गरेको होइन । उक्त घरजग्गा कम्पनीलाई दिन मञ्जूर गरेपछि घरजग्गाको मोल थोरै रु.१,५०,०००। कायम गरी सो जग्गा मैले कम्पनीलाई राजीनामाको लिखत गरिदिने र सो लिखत पास भएपछि उक्त मूल्य भरको कम्पनीको शेयरको प्रमाणपत्र मलाई दिने कुरा सल्लाह तय भयो । लिखत पनि पास गरौं प्रमाणपत्र पनि दिनुहोस् भनी मैले भन्दा पास गर्न जाने बेलामा प्रमाणपत्र दिने भनी आलटाल गरी बसेको र शेयरको प्रमाणपत्र दिने तर्फ कुनै उच्चारण नगरी विना दामै लिने खाने नियत गरी नालेश गरेको हुन् प्रमाण बुझी गलत दावाबाट फूर्सतपाउँ भन्नेसमेत शुशिला रानीको ०३५।४।५ को प्रतिउत्तर पत्र । ४. १,५०,०००। लिएको भन्ने प्र.को लिखत समेत देखिएको लिखतको नामाकरण गर्न प्र.ले म्याद समेत गुजारी बसेको उक्त लिखत रीतपूर्वकको देखिई हदम्यादभित्रै नालेश पर्न आएको समेतबाट ०३४ साल मार्ग २९ रोज ४ को लिखत वादी द