निर्णय नं. १९३९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १९३९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: असार अंक: ६ फैसला मिति :२०४१/०२/३० २४१७ निर्णय नं. १९३९ ने.का.प. २०४१ अङ्क ३ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०३९ सालको रि.नं. १५१७ विषय : उत्प्रेषण निवेदक : जि. सप्तरी गा.पं. साविकको चावखारी हाल विरिया वडा नं. १ बस्ने मित्रीलाल मण्डल मधैया कानू विरूद्ध विपक्षी : ऐ ऐ बस्ने फनक मण्डलकी पत्नी लुखियादेवी मधैया कानूकाइन ऐ को छोरा ऐ ऐ बस्ने सोमने मण्डल मधैया कानूवा । भू.सु.का. सप्तरीका भू.सु.अ. आदेश भएको मिति : २०४१।२।३०।३ मा § मोही नामसारी गर्ने माग दावीतर्फ कारवाही गर्दा जग्गाधनीलाई आफ्नो कुरा भन्ने मौका दिनुको साथै भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ को उपदफा (१) बमोजिम जग्गावालालाई मोही रोजाउने प्रकृया गर्नुपर्ने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री अवधेशकुमार सिंह विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे उल्लेखित मुद्दा : x आदेश न्या. धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अनुसार भू.सु.का.सप्तरीको ०३९।११।१६ को निर्णय बदर गरिपाउँ भनी यस अदालत समक्ष पर्न आएको रिट निवेदनको संक्षिप्त तथ्य यस प्रकार छ । २. कोचावरबारी गा.पं. वार्ड नं. ९ को कि.नं. ४७६ को ज.बि.०–२–१४ साविक जग्गाधनी मुक्तिलाल मण्डलबाट जग्गा खरीद गरी लिने मित्रीलाल नाउँको जग्गा मेरो पति फानुक मण्डलले मोहियानी कमाई ४ नं. जोताहा अस्थायी निस्सा प्राप्त गर्नुको साथै बाली बुझेको भर्पाई समेत गरी दिएकोले समेत निज मेरो पति परलोक भइसकेको उक्त जग्गाको मोही दर्ता नामसारी गरिपाउँ भनी विपक्षी लुखियादेवीले विपक्षी भू.सु.कार्यालयमा निवेदन दिएको मेरो नाउँमा म्याद आउँदा म कार्यालयमा उपस्थित हुँदा तारिखमा राखे । मबाट बयान गराउनु भएन फेरि विपक्षी भू.सु.का.मा लुखियादेवीले ०३९।११।१३ मा म ७५ वर्षको बूढी भई कामकाज गर्न नसक्ने हुँदा मेरो छोरा सोमन मण्डलको नाउँमा नामसारी गरिपाउँ भनी निवेदन गर्नुभयो । लुखियाले गरी दिएको कागज अनुसार मृतक फानक मण्डलको छोरा सोमन मण्डलको नाउँमा दावी बमोजिमको जग्गा नामसारी हुने ठहर्छ भनी ०३९।११।१६ मा भू.सु.का.बाट निर्णय भयो । ३. साविक कि.नं. ४७६ जग्गा मध्ये ०–१–७ मध्ये ०–०–१३ मात्र मुक्तिलाल मण्डलको स्वास्नी वावायाई मछेनीको भएकोमा मैले भू.सु.लागू हुनुभन्दा अघि नै खरीद गरी लिएको बाँकी बौकाई भन्ने बाकु मण्डलबाट अघि नै खरीद गरेको थिएँ । मलाई ज.ध.देखाई फनक मण्डलले ४ नं.जो.अ.नि.लिनुभएको थिएन । २ नं. अनुसूची प्रकाशन भएको छैन यस्तो अवस्थामा विपक्षीको ४ नं. को कुनै कानूनी मान्यता छैन । त्यसको आधारमा मेरो ४७६ नं. को जग्गामा विपक्षीको मोहीयानी हक प्राप्त हुने होइन । कि.नं. ४७ को जग्गा घरवारी हो भनी ७ नं. फाराममा प्रष्ट लेखिएको छ । घरवारीको जग्गा मोहियानी नलाग्ने कानूनी व्यवस्था भू.सु.ऐनमा प्रष्ट छ । मेरो वारिसलाई कार्यालयमा उपस्थित भइसकेपछि बयान गराई तारिखमा राख्नु पर्नेमा नगराई तारिखमा राखेको छ । अर्को कि.नं. ४७६ को जग्गा ०–१–७ मात्र हो कि.नं. ४७६ बाहेक अरू कि.नं. मा विपक्षीको दावी पनि छैन यसरी लुखियादेवीको उजूरीबाट सोमन मण्डल मोही कायम हुने पनि होइन । मोही रोज्ने काम ज.ध.को हो । अतः उपरोक्त कारणहरूबाट विपक्षी भू.सु.का.बाट ०३९।११।१६ गते गरेको निर्णय त्रुटिपूर्ण भएकोले संविधानको धारा १६।७१ अन्तर्गत उत्प्रेषण लगायत