निर्णय नं. १९४५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १९४५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: असार अंक: ३ फैसला मिति :२०४१/०३/३० २३८२ निर्णय नं. १९४५ ने.का.प. २०४१ अङ्क ३ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०४० सालको रिट नम्बर १८५५ विषय : उत्प्रेषण निवेदक : जि. सिन्धुपाल्चोक वाडे गा.पं. वार्ड गा.पं. वार्ड नं. ७ पञ्यू बस्ने थिरबहादुर तामाङ विरूद्ध विपक्षी : सिन्धुपाल्चोक जिल्ला अदालत दिप बहादुर गिरीके जाहेरीले श्री ५ को सरकार, मार्फत स.स.अ. तथा स.स.अ.को कार्यालय सिन्धुपाल्चोक आदेश भएको मिति : २०४१।३।३०।६ मा § तपसीलका साक्षीहरूमा भलादमी तीनजना र स्थानीय गाउँ पञ्चायतका सदस्य पनि बसी तामेल भएको देखिनाले म्याद अ.बं.११० नं. को रीतपूर्वक तामेल नभएको भन्न नमिल्ने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर विपक्षी तर्फबाट : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री कृष्णप्रसाद श्रेष्ठ उल्लेखित मुद्दा : x आदेश न्या. बब्बरप्रसाद सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यस प्रकार रहेछ । २. थिरबहादुर, संचार तामाङ उपर जिउ मास्ने बेच्नेको १ नं. र दावा ग्याल्वोलाई ऐ ४ नं. अनुसार सजाय गरिपाउँ भन्ने समेत प्रहरी प्रतिवदेन परेकोमा ग्याल्वो सावित हुँदा कैद वर्ष ५ हुने र थिरबहादुरको नाउँको म्याद ०३८।३।९ मा तामेल भएकोमा गुजारी बसेको र सरजमीनले अपराध गरेको भनी बकपत्र गरेकोले केटी बिक्री गरी नसक्दैको हुँदा जिउ मास्ने बेच्नेको १ नं. ले १० वर्ष कैद हुने ठहर्छ भन्ने समेत सि.पा.जि. अ.बाट ०३९।३।१८ मा फैसला भएको रहेछ । सो कुरा २०४० बैशाखमा नक्कल सारी हेर्दा थाहा पाएँ । ३. मैले कुनै कसूर गरेको छैन । मेरो नाममा ०३८।३।९ मा तामेल भएको भनेको म्याद वेरीतको छ । वार्ड गा.पं. वडा नं. ७ मा बसोवास नभएको भनी लाकुरीको बोटमा टाँसेको भनी टाँस्दै नटाँसी झुठ्ठा व्यहोरा उल्लेख भएको रहेछ । सो म्याद उपर उजूर गरेकोमा कानून बमेजिम गर्नु भनी म.क्षे.अ.बाट आदेश भएको छ । मेरो घर सोही ठाउँमा छ । घर फेला नपरे वादीबाट अ.बं.१३३ नं. बमोजिम कागज गराई खुलाउनु पर्नेमा सो गरिएको छैन । विपक्षी अदालतबाट ०३८।२।२१ मा पनि एउटा म्याद मेरा नाउँमा तामेल भएको रहेछ । त्यसमा मेरो घर डेराको ठेगानामा टाँसेको भन्ने उल्लेख भएको रहेछ सो म्याद बदर भएको रहेछ । पहिलो म्यादमा घर पत्ता लाग्ने पछिल्लो म्यादमा घर बसोवास पत्ता नलाग्ने भन्ने काम कारवाही परस्पर बाझिएको छ । यसरी उक्त म्याद अ.बं.११० नं. तथा ११२ नं. को रीत नपुगेको हुँदा मैले प्रतिवाद गर्ने मौकाबाट समेत वञ्चित हुनु परेकोले सि.पा.जि. अ.को मिति ०३९।३।१८ को फैसला प्राकृतिक न्याय सिद्धान्त विपरीत हुँदा मलाई असर गरेको सम्म उत्त फैसला उत्प्रेषणको आदेशद्वारा बदर गरी कानून बमोजिम प्रतिवाद गर्ने मौका दिई फैसला गर्नु भनी परमादेश आदेश समेत जारी गरिपाउँ भन्ने समेत रिट निवेदन । ४. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नु भन्ने समेत यस अदालतको आदेशानुसार प्राप्त हुन आएका लिखितजवाफहरू यस प्रकार छन् : ५. सम्मानीत अदालतबाटै समाहृवान जारी भई पक्राउ गरी सजाय हुन अनुरोध गरिएकोमा म्याद गुजारी बसेको भनी फैसलामा उल्लेख भएको छ । यस कर्यालयसँग सम्बन्धित नभएको कुरामा जिकिर लिएको रिट खारेज हुनुपर्दछ भन्ने समेत स.स.अ.तथा स.स.अ.कार्यालय सिन्धुपाल्चोकको लिखितजवाफ ।