निर्णय नं. १९४६ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १९४६ - उत्प्रेषण भाग: २६ साल: २०४१ महिना: असार अंक: ३ फैसला मिति :२०४१/०३/२९ २३५३ निर्णय नं. १९४६ ने.का.प. २०४१ अङ्क ३ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०३९ सालको रिट नम्बर ११४१ विषय : उत्प्रेषण निवेदक : जिल्ला सर्लाही साविक गा.पं. लक्ष्मीपुर वा.नं. २ हाल फुलपरासी वडा नं. १ बस्ने चुल्हाई राय यादव विरूद्ध विपक्षी : जिल्ला भूमिसधार कार्यालय सर्लाही जि. सर्लाही साविक गा.पं. लक्ष्मीपुर वा.नं. २ हाल फुलपरासी वडा नं. १ बस्ने देवन राय यादव ऐ ऐ बस्ने रामजानकी मठके पुजारी गोपाल दास बैरागी आदेश भएको मिति : २०४१।३।२९।५ मा § भु.सं.ऐन, २०२१ को दफा २५(२) अन्तर्गतको मोही हुनलाई सोही ऐनको दफा ३४(१) बमोजिम कबूलियत हुनु पर्ने र त्यस्तो कबूलियतको प्रतिलिपि स्थानीय पञ्चायतमा समेत दाखिल भएको हुनु पर्ने । (प्रकरण नं. ११) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री रामकुमार श्रेष्ठ विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल उल्लेखित मुद्दा : x आदेश न्या. त्रिलोकप्रताप राणा : भूमिसुधार कार्यालय सर्लाहीको मिति २०३९।३।१४ को निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत विषयको संक्षिप्त तथ्य रिट निवेदन जिकिर यस प्रकार रहेछ : २. जिल्ला सर्लाही गा.पं.फुलपरासी वडा नं. ४ कि.नं. ६६ को रामजानकीका नाउँको क्षेत्रफल ०–६–३ जग्गा एवं ऐ ऐ वा.नं. १ कि.नं. १५१ को गोपालदास वैरागीका नाउँको क्षेत्रफल ०–६–५ जग्गा समेत दुई कित्ता जग्गा ०३५ सालदेखि म निवेदकले जग्गाधनी एवं रामजानकी मठका पुजारी गोपालदास वैरागीबाट प्राप्त गरी भू.सम्बन्धी ऐन, २०२१ एवम् तत्सम्बन्धी नियमावली बमोजिम जोताहाको हैसियतले जोतकोड गरी जग्गाधनीलाई बुझाउनु पर्ने कूत बुझाई कानून बमोजिम भर्पाई जग्गाधनीसँग बुझ्दै आएको छु । जग्गाधनी गोपालदास वैरागीले कमाउन दिएका दिनदेखि हालसम्म अटूट रूपमा उक्त दुवै किता जग्गाहरू जोत भोग गरी जग्गाधनी प्रतिको दायित्व मोहीको हैसियतले बहन गर्दै आएको छु जसको फलस्वरूप म निवेदकले मोहियानीमा उपयुक्त व्यहोराका साथै उक्त जग्गाको साविक मोही जनिएको व्यक्ति भारतीय नागरिक रहेको, निज ८।१० वर्ष पहिले नै भारत फर्किसकेको एवं उक्त जग्गा ३ वर्ष देखि म निवेदकले नै जोती कमाई बाली बुझाई भर्पाई लिँदै आएको समेत प्रष्ट खुलाई मोही कायम गरी प्रमाणपत्र पाउँ भनी भू.सु.का.समक्ष निवेदन गरेकोथिएँ । ३. मिति ०३८।१२।१६ का दिन विपक्षी देवन राय यादवले बयान गर्दा निवेदनमा दावी गरेको जग्गाको मोही म हुँ । जग्गाधनी गोपालदास वैरागी र निवेदक दुवैजना मिली जालसाजी गरी भर्पाई लिनुदिनु गरेछन् उक्त जग्गा मेरो नाउँमा मोही कायम छ भन्ने समेत प्रतिवाद जिकिर । विपक्षी देवन राय यादवले ०३७ साल फाल्गुणमा गोपालदास वैरागी समेत उपर भू.सु.का.सर्लाही समक्ष भर्पाई दिलाई पाउँ भनी उजूर गर्नुभएकोमा सो उजूर उपर भू.सु.का.बाट भर्पाई नपाउने गरी फैसला भएको छ । २०३५ सालदेखि म निवेदकले उक्त जग्गा कमाई आएको कुरा उक्त मुद्दाको प्रतिउत्तरमा निज गोपालदासले उल्लेख गर्नुभएकोछ । ४. उल्लिखित जग्गामा साविक मोही देखिएको सो मोही मौजूद हुँदाहुँदै अर्को मोही हुन सक्ने अवस्था नभएको हुँदा दावी खारेज हुने ठहर्छ भनी भू.सु.का.बाट मिति २०३९।३।१४ मा निर्णय भयो । ५. उक्त निर्णय भु.सु.ऐन, २०२१ को व्यवस्थाको विपरीत छ । उक्त ऐनले जग्गाको अटूट कमोद वेगर मोही हक कायम रहन न