निर्णय नं. १९४७ - उत्प्रेषण लगायतको रिट जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १९४७ - उत्प्रेषण लगायतको रिट जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: असार अंक: ३ फैसला मिति :२०४१/०३/१२ २४०७ निर्णय नं. १९४७ ने.का.प. २०४१ अङ्क ३ डिभिजन बेञ्च इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४० सालको रिट नं. १८८५ विषय : उत्प्रेषण लगायतको रिट जारी गरिपाउँ निवेदक/प्रतिवादी : कैलुसिंहको पुत्र जिल्ला सप्तरी गा.पं. कोइलाडी वार्ड नं. ३ बस्ने वर्ष ६८ को प्रियव्रत नारायण सिंह कैलुसिंहके पुत्र ऐ ऐ बस्ने वर्ष ५१ को महेन्द्र नारायण सिंह विरूद्ध विपक्षी/वादी : खुव लालको छोरा जि. सप्तरी गा.पं. इनरवा फुलवडिया वार्ड नं. ८ मौजे भैरो जज बेलहा बस्ने अं. वर्ष ५२ को रेशमलाल चौधरी थारू श्री भूमि सुधार अधिकारी भू.सु.का. सप्तरी आदेश भएको मिति : २०४१।३।१२।३ मा § वाली बुझाएको रसिद भर्पाई समेत नहुँदा प्रकाशित अनुसूची २ को नाताबाट निवेदकको जग्गाको मोहियानी हकको प्रमाणपत्र गरी दिने ठहराएको भू.सु.का.सप्तरीको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १०) निवेदक प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री अवधेशकुमार सिंह विपक्षी वादी तर्फबाट : विद्वान व.अ.श्री रमानन्दप्रसाद सिंह र विद्वान सरकारी अधिबक्ता श्री इन्द्रराज पाण्डे उल्लेखित मुद्दा : x आदेश न्या. त्रिलोकप्रताप राणा : संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यस प्रकार छ । २. कैलुसिंहको इनखा फुलबडिया वार्ड नं. ८ को साविक बमोजिमको जग्गा बिगहा ०–४–० मैले कमाई ४ नं. जो.अ.नि.पाएको छु र २ नं. अनुसूची पनि प्रकाशित भएको छ । उक्त जग्गा कैलुसिंहले आफ्ना छोरा प्रियव्रतनारायण सिंह तथा महेन्द्रनारायण सिंहको संयुक्त नाउँमा हाल सबैमा इनखा फुलबडिया गा.पं. वार्ड नं. ८ को कि.नं. १५२ को ०–६–१० नापी गराउनु भएको उक्त जग्गा मध्ये ०–२–२ जग्गा बिक्री गर्नु भएको छ तर यसमा मेरो मोहियानी नभई कि.नं. १५२ को कित्ताकाट भई कायम भएको नयाँ कि.नं. १९८ को जग्गा बिगहा ०–४–१३ मा सर्भेमा दर्ता गराउन छूट भएकोले मोहियानी हकको प्रमाणपत्र पाउँ भनी विपक्षीले ०३९।५।१५ गतेमा निवेदन दिनुभएको । कि.नं. १५२ को जग्गा २०२७ सालमा सर्भे नापी भएको हो । विपक्षीले सर्भे नापी हुँदा उक्त जग्गाको मोही महलमा आफ्नो नाउँ लेखाउन सक्नुभएन । सर्भे पछि पनि १२ वर्षसम्म चूप लागी बस्नुभयो । हामी सबै अंशियार आ–आफ्नो खेती छुट्टाछुट्टै गर्दै गरी आएका छौं । ०२१।२२ सालमा कैलुसिंहको उक्त गा.पं.मा जग्गा थिएन । जग्गा नभएपछि मोही हुने कुरै भएन । जग्गा नहुनेको नामको ४ नं. जो.अ.नि.को कुनै महत्व भएन । विपक्षीले कबूलियत भर्पाई इत्यादी कुनै पनि सबूत प्रमाण पेश गर्न सक्नुभएको छैन । उक्त कि.नं. को जग्गा मध्ये ०–२–२ खूद विपक्षीले हामीबाट ०३३–१२ मा भू.प्र.का.सप्तरीबाट रजिष्ट्रेशन पारित गराई लिनुभएको छ । उक्त राजीनामाबाट विपक्षी हाम्रो जग्गाको मोही नभएको कुरा प्रष्ट रूपमा देखिन्छ । मोही महलमा जो.खा.भनी प्रष्टरूपमा लेखिएको छ । विपक्षीले हाम्रो बाँकी जग्गा ०–४–१३ पनि अघि बिक्री गरेकोमा खरीद गर्न खोज्दा नदिएकोले झुठ्ठा उजूर गर्नु भएको छ भन्ने समेत व्यहोराको हाम्रो प्रतिउत्तर परेकोमा प्रतिवादीले वादी मोही होइन भनी इन्कार गरेता पनि आधारभूत प्रमाण कुनै पेश गर्न नसकेको र प्रकाशित २ नं. अनुसूचीबाट विपक्षीका बाबुको ज.बि.०–४–० र ०–८–० को मोही देखिन्छ । प्रकाशित २ नं. लगतमा विवाद भएको नदेखिएकोले वादीको माग बमोजि