निर्णय नं. १९४८ - लिखत दर्ता बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १९४८ - लिखत दर्ता बदर भाग: २६ साल: २०४१ महिना: असार अंक: ३ फैसला मिति :२०४१/०३/१८ २६६५ निर्णय नं. १९४८ ने.का.प. २०४१ अङ्क ३ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०३५ सालको दे.पु.नं. ४५१ मुद्दा : लिखत दर्ता बदर पुनरावेदक/प्रतिवादी : जि. पर्सा मिसवा गा.पं. वार्ड नं. ३ बस्ने देवेन्द्रनाथ तिवारी विरूद्ध विपक्षी/वादी : जि. पर्सा तुलसी वर्वा गा.पं. वार्ड नं. ४ बस्ने सिताराम भारती ऐ ऐ बस्ने कैलाश भारती ऐ ऐ बस्ने एकवाल भारती ऐ ऐ बस्ने शत्रुधन भारती ऐ ऐ बस्ने रामलाल भारती फैसला भएको मिति : २०४१।३।१८।१ मा § अंश नभए पनि मानु छुट्टिई भिन्न बसेको वा खती उपती आफ्नो–आफ्नो गरी आफ्नो हिस्सा भाग मात्र राखी खान पिउन गरेकोमा एकै ठाउँमा भए पनि कुनै छुट्टी भिन्न भएको ठहर्दैन त्यस्तोमा कमाएको धन र लाएको ऋण आफ्नो–आफ्नो हुने । (प्रकरण नं. १३) पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ उल्लेखित मुद्दा : x फैसला न्या. त्रिलोकप्रताप राणा : मध्यमाञ्चल क्षेत्रीय अदालतको उल्लिखित मुद्दाको फैसला उपर चित्त नबुझी प्रतिवादी तर्फबाट यस अदालत समक्ष पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. मुसुदी भारतीको दुई छोरा जेठा सिताराम कान्छा रामलाल भएकोमा सिताराम भारतीको छोरा व्यास भारती एकवाल भारती, कैलास भारती र शत्रुघन भारती जम्मा ४ छोरा रामलालको सन्तान नभएको, मुसुदी भारतीका हामी सन्तानहरू एकसाथ सगोलमा नै रही बसेका छौं । विपक्षी व्यास भारतीले आफ्नो नाउँमा दर्ता रहेको नाताले हाम्रो अंश हक भोगको तुल्सीपुर वडा नं. २ कि.नं. ८२।१६४ को जग्गा २–६–२ ऐ वार्ड नं. १ कि.नं. २९ को जग्गा ०–१९–५ समेत ३–५–५ विपक्षीसँग रु.२५००१। लिखत गरी अदालतको फैसला बमोजिम ०३४।२।१२ गते भू.प्र.का.पर्साबाट लिखत पारित गरी दिएको सो पारित भएको कुरा भू.प्र.का.पर्साबाट ०३४।३।२० गते नक्कल सारी लिएबाट अवगत भएकोले लेनदेन व्यवहारको १० नं. बमोजिमको कानूनी व्यवस्थाको समेत वास्ता नराखी हाम्रो सम्पत्ति हाम्रो अंश हकभोगको जग्गा खरीद बिक्री गरेको अनाधिकार खरीद बिक्रीलाई लिखतमा लेखिएको जग्गा १० खण्डको नौ खण्ड बदर गरी हाम्रो नाउँमा दर्ता गरिपाउँ भन्ने समेतको फिरादपत्र । ३. फिराद दावी बमोजिमको जग्गा व्यास भारती अलग भएपछि आफ्ना आर्जनबाट खरीद गरेको र त्यस मध्ये जग्गा बि.०–०–११ समेत जग्गा २।१६।१०।०३२ भाद्रमै मेरो साथ बिक्री गरी दिएको कि.नं. ८२ को ज.बि.४ कित्ताकाट भई मेरो नाउँमा दर्ता भई बाँकी २–६– कित्ताकाट नं. ८२।१६४ व्यास भारतीका नाउँमा कायम रहेको जग्गा बिगहा २–६–१० र वार्ड नं. १ कि.नं. २९ को ज.बि.०–१९–५ समेत ज.बि.३–५–५ मोल रु.२५००१। लिई ०३२।१२।२३ गते व्यास भारतीले राजीनामा गरी दिएकोले लिखत म्यादभित्र पास गरी नदिएकोले पारित गरिपाउँ भन्ने व्यास भारती उपर नालेश गरेको जि. अ.को फैसला बमोजिम ०३४।२।१२ गते लिखत पास भएको १० खण्डको ९ खण्ड लेनदेन व्यवहारको १० नं. बमोजिम बदर गरिपाउँ भन्ने वादी दावी छ सो लेनदेन व्यवहारको १० नं. मा प्रष्ट उल्लेख भएकोले सँग बस्दैमा मञ्जूरी लिन पर्ने प्रश्न हुनै नसक्ने भई आर्जन गर्ने व्यास भारतीबाट किनेको बदर हुनै नसक्ने भन्ने समेत देवेन्द्रनाथ तिवारीको प्रतिउत्तर पत्र । ४. कि.नं. ८२ को जग्गा ४–०–० मध्ये कित्ताकाट भई ८२।१६४ मा २–६