निर्णय नं. १९४९ - लेनदेन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १९४९ - लेनदेन भाग: २६ साल: २०४१ महिना: असार अंक: ३ फैसला मिति :२०४१/०१/०८ २५८१ निर्णय नं. १९४९ ने.का.प. २०४१ अङ्क ३ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०३९ सालको दे.पु.नं. ४०२ मुद्दा : लेनदेन पुनरावेदक/वादी : जि. का.का.न.पं. वडा नं. ७ बस्ने खड्गकुमारी खडका क्षेत्री विरूद्ध विपक्षी/प्रतिवादी : ऐ ऐ वडा नं. ८ बस्ने आसामरू संगत महर्जन फैसला भएको मिति : २०४१।१।८।६ मा § विवादको लिखत जालसाजी ठहर नभए पछि स्वतः पनि सद्दे मानेको भन्नु पर्ने । (प्रकरण नं. १३) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री दमन ढुङ्गाना विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री गोविन्दप्रसाद उपाध्याय उल्लेखित मुद्दा : x फैसला न्या. त्रिलोकप्रताप राणा : म.क्षे.अ.को निर्णय उपर पुनरावेदनको अनुमति पाई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार रहेछ । २. विपक्षीले घर खर्च गर्न भनी मसँग रु.१८०००। लिई श्री पशुपतिनाथ महास्नान तर्फका पोता गुठी लगतमा बाबु सिंगवीर संगतका नाउँमा दर्ता भएको साविक नं. १४० को रो.।।। जग्गा हाल सर्भे नापी हुँदा भगवानस्थान गा.पं. वडा नं. ६ कि.नं. ७४ को रो.२ को ०३०।७।२१ मा राजीनामा तमसुक गरी दिनुभएको थियो । पास गर्न नसकी कपाली भयो सावाँ ब्याज गरी रु.२०,०००। विपक्षबाट दिलाई भराई पाउँ भन्ने फिरादी । ३. वादीलाई लेखिदिए भनेका जग्गा अर्कैलाई हक छाडी दिएको छु । पारित गर्न बाँकी छ । वादीसँग सापट लिएकै छैन तमसुक हेर्न देख्न पाए उसै बखत नामाकरण गर्नेछु भन्ने प्रतिउत्तर । ४. चेतनिधी तिवारीले जग्गा खिचोला मुद्दाको लागि कागतमा सहिछाप लगाई लगेको थियो सोही कागज यो राजीनामामा सहिछाप गराई सही लागेको हो कि यकीन भन्न सक्तिन रुपैयाँ लिई राजीनामा गरी दिएको छैन जालसाजी गरेमा सजाय गरिपाउँ भन्ने प्रतिवादीले अदालतमा गरेको बयान । ५. लिखत सद्दे हो जालसाजी होइन भन्ने समेत वादीको बयान । ६. रुपैयाँ लेनदेन भएको देखेको छैन । लेनदेन व्यवहार भयो भनेकाले साक्षीसम्म बसेको हुँ भन्ने साक्षी चेतनिधी तिवारीको बकपत्र । ७. लिखत साक्षीमा लेखिएको हस्ताक्षर मेरो होइन लेनदेनको कुरा मलाई थाहा छैन भन्ने समेत लालध्वजले गरेको बयान । ८. लिखत सद्दे साँचो नभई जालसाजीबाटै तयार गरेको ठहर्छ भन्ने समेत का.जि. अ.को फैसला । ९. उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत खड्गकुमारी क्षेत्रीको पुनरावेदन । १०. वादीले दावी गरेको लिखतमा फटके साक्षीले समेत तमसुकमा लेखिएको रुपैयाँ वादीले प्रतिवादीलाई दिएको देखेका छैनौं भनी र लिखत साक्षीले मेरो हस्ताक्षर होइन लेनदेनको कुरा मलाई थाहा छैन भन्ने गरेकोले दावी पुग्न नसक्ने ठहर्याएको शुरू का.जि. अ.को इन्साफ मनासिब ठहर्छ भन्ने समेत म.क्षे.अ.को फैसला । ११. उक्त इन्साफमा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी वादीको निवेदन परेकोमा “यसमा विवादास्पद लिखत जालसाजीको परिभाषा भित्र नपर्ने भएकोले जालसाजी भन्न मिल्ने र लिखतको अन्तर साक्षीले रुपैयाँ लिए दिएको देखेनौं भनी बयान गरेबाट लिखतको सावाँ ब्याज भराउन मिलेन भन्ने म.क्षे.अ.ले निर्णय गरेको देखिन्छ लिखत जालसाजी नठहरे पनि त्यसलाई हरिदत्त उपाध्याय विरूद्ध चन्द्रकान्त उपाध्याय भएको नि.नं. ९४ को मुद्दामा प्रतिपादित नजीरको आधारमा सावाँ ब्याज नभराउने गरी भएको नजीर यसमा लाग्न सक्ने देखिन्न । यसको अतिरिक्त कुनै कानूनको आधार पनि लिन सकेको नदेखिएकोले म.क्षे.अ