निर्णय नं. १९५० - बकसपत्र बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १९५० - बकसपत्र बदर भाग: २६ साल: २०४१ महिना: असार अंक: ३ फैसला मिति :२०४१/०१/२४ २५८० निर्णय नं. १९५० ने.का.प. २०४१ अङ्क ३ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३८ सालको दे.पु.नं. १९३ मुद्दा : बकसपत्र बदर पुनरावेदक/वादी : का.जि. का.नं. प. साविक वडा नं. २५ हाल ५ नं. वडा अन्तरगत टंगाल दरवार बस्ने सत्यशमशेर ज.ब.रा. विरूद्ध विपक्षी/प्रतिवादी : जिल्ला धनुषा जनकपुर नगरपञ्चायत वार्ड नं. २ रामकुंज घरमा बस्ने हिमालय खड्का फैसला भएको मिति : २०४१।१।२४।१ मा § कानूनी मान्यता प्राप्त बकसपत्रमा उल्लेख भएको व्यहोराबाट उक्त सम्पत्ति पेवा भई स्त्री अंश धनको ४।५ नं. अनुसार आफूखुस गर्न पाउनेमा कुनै कानूनी अड्चन पर्न सक्ने अवस्था देखिन नआउने । (प्रकरण नं. १८) § शंकायुक्त स्थितिको कागज प्रतिवादीको विरूद्ध प्रमाण लाग्न सक्ने देखिएन । (प्रकरण नं. १९) पुनरावेदक वादी तर्फबाट : विद्वान वरिष्ठ अधिबक्ता श्री कृष्णप्रसाद पन्त र विद्वान अ.श्री गंगाप्रसाद उप्रेती विपक्षी प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिबक्ता श्री मोतिकाजी स्थापित र विद्वान बरिष्ठ अधिबक्ता श्री वासुदेवप्रसाद ढुङ्गाना उल्लेखित मुद्दा : x फैसला न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव : मध्यमाञ्चाल क्षेत्रीय अदालतबाट २०३७।१।३।३ मा भएको फैसला उपर पुनरावेदनको अनुमति पाउँ भनी ०३७।२।२।५ मा पर्न आएको निवेदनपत्रमा २०३८।४।१८।१ मा अनुमति भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकारको रहेछ । २. म सत्यशमशेर ज.ब.रा.स्वर्गीय ज.रामशमशेर ज.ब.रा.को विवाहिता पत्नी समुद्रकुमारीको छोरा हुँ म परशुराम शमशेरको अर्को श्रीमती तर्फको छोरा हुँ विपक्षी हिमालय खड्का समुद्रकुमारीतर्फको छोरी कोमलकुमारीको छोरी हुँदा भान्जी नाता पर्ने हुन स्वर्गीय बुबा ज.रामशमशेरको अर्को पत्नी रामकुमारी राणाको सौतेनी नातिनी हुन् हामी सौतेनी छोरा हौं आमा रामकुमारी ०३३।८।२२ गते स्वर्गीय हुनुभएपछि हामीहरूले दाह संस्कार काजक्रिया समेत गरेको छु । बुबा ज.रामशमशेरले स्वर्गीय श्री ५ महाराजाधिराज त्रिभुवन वीर विक्रम शाहदेवबाट ०६।१२।२१।१ मा बन्देजको रूपमा बक्स भएको लालमोहर बमोजिम जनकपुरको साविक ६–१८–१२ हाल नापीमा ठहर भएको ५–२–५ जग्गा र सो जग्गामा बुबाज्यूले बनाएको रामकुञ्ज घर गोदाम ग्यारेज मिल बिजुलीको मेसनरी बाग बगैंचा र घरमा रहेको माल सामान समेत सौतनी आमा रामकुमारीदेवीलाई ०८।७।२८।४ मा बकसपत्र लेखी रजिष्ट्रेशन गरी दिनुभएको र सो घरमा अचल सम्पत्ति ०९।९।७।१ मा रजिष्ट्रेशन पारित गरी दिनुभएको हो । ०६।१२।२१ मा स्वर्गीय श्री ५ त्रिभुवन वीर विक्रम शाहदेवबाट बन्देजको रूपबाट बुबाले पाएको बक्सपत्र अनुसारले खाएको जग्गा बुबाले ०८।७।२८।४ मा सौतेनी आमा रामकुमारीदेवीलाई पास गरी दिनुभएकोलाई नै आमा समुद्रकुमारीदेवीले ०३०।११।३ मा शेषपछिको बकसपत्र भू.सु.का.धनुषा डोर मुकाम रामकुञ्जबाट पारित गरी दिनुभएको र सो बकसपत्र दाता रामकुमारीको ०३०।११।२५ को दर्खास्त बमोजिम ०३०।११।२७ मा भू.प्र.का.धनुषाबाट बदर समेत भइसकेको छ । त्यसपछि ०३१।६।२१ मा ४–१६–१० मा हालै देखि र ०३१।७।२९ मा घरहरू सहितको १–७–११ शेषपछिको विपक्षी हिमालय खड्कालाई बकसपत्र लेखिदिनुभएकोमा दुवै लिखत पास गराउन पृथक–पृथक नालेश गरेकोमा हाल देखिको बकसपत्र पारित हुने ठहरी ०३२।८।३ मा धनुषा जिल्ला अदालतबाट फैसला शेषपछिको बकसपत्रको हकमा ०३२।१२।२० मा डिसमिस भएको छ