निर्णय नं. १९५१ - उत्प्रेषण लगायत अन्य आज्ञा, आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १९५१ - उत्प्रेषण लगायत अन्य आज्ञा, आदेश जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: असार अंक: ३ फैसला मिति :२०४१/०२/२९ २२६६ निर्णय नं. १९५१ ने.का.प. २०४१ अङ्क ३ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४० सालको रि.नं. १३८२ विषय : उत्प्रेषण लगायत अन्य आज्ञा, आदेश जारी गरिपाउँ निवेदक : सर्लाही जिल्ला भुसौली गा.पं. वडा नं. १ मा भएको श्री सिया सदन विहारी मठको संरक्षाक ऐ ऐ वडा नं. १ बस्ने सियासरूप राय यादव विरूद्ध विपक्षी : भूमिसुधार कार्यालय सर्लाही का.भू.सु.अ. हाल सर्लाही जिल्ला भुसैली गा.पं. वर्ड नं. १ बस्ने लक्ष्मण दास तपस्वी सर्लाही जिल्ला भुसैली गा.पं. वार्ड नं. ज्ञ बस्ने अब्दुल मिया धोवी आदेश भएको मिति : २०४१।२।२९।२ मा § सबूद प्रमाणको आधारमा अदालतबाट हक अधिकार निवेदकले कायम गराउनु पर्ने । (प्रकरण नं. ८) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव विपक्षी तर्फबाट : विद्वान सरकारी अधिबक्ता श्री भैरवप्रसाद लम्साल र विद्वान अधिबक्ता श्री कमलनारायण दास उल्लेखित मुद्दा : x आदेश न्या. हरगोविन्द सिंह प्रधान : नेपालको संविधानको धारा ७१ अनुसार भू.सु.का.सर्लाहीको ०४०।२।१९ को निर्णय बदर गरिपाउँ भनी यस अदालतमा पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य यस प्रकार छ । २. मेरो पिता ठगी रायले जग्गा जमीन राखी १९९२ सालमा स्थापना गर्नु भएको श्री ठाकुरजी सियासदन बिहारीज्यूको मूर्ति र मठको पूजारीमा बलराम दास र संरक्षक आफैं रही सञ्चालन गर्दै आएकोमा पिताजीको परलोक पछि म र बलराम दासको मृत्यु पछि निजको शिष्य र उपशिष्य नभएकोले अन्य वैष्णब ब्राहृमणलाई पूजारीमा राखी मठ सञ्चालन गरी आएको मठको जग्गा जोत्ने मोहीहरूमध्ये मोही विपक्षीले कमाउँदै आएको सर्लाही जिल्ला भुसेली गा.पं. वार्ड नं. १ कि.नं. १७ को ०–१०–१२ कि.नं. ३२५ को ०–२–१० कि.नं. ३२७ को ०–९–९ भित्र जम्मा १–१३–११ जग्गाको ०३९ सालको कूतबाली नबुझाएकोले विपक्षीबाट कूत दिलाई भराई पाउँ भनी मैले मठको संरक्षक हैसियतले विपक्षी कार्यालयमा उजूरी गरेको थिएँ, उब्जा नभएकोले कूत बाली बुझाउन सकिन भन्ने विपक्षी मोहीको प्रतिवाद थियो । विपक्षी कार्यालयबाट मठको महन्तलाई दावी भएको सालको कूत बाली बुझाएको नदेखिएको यो उजूरीमा बाली नपाएको भए हक पुग्ने व्यक्तिले ऐन प्रमाण दावी गर्नुपर्ने सो नभएकोले यसमा सम्बन्धित व्यक्तिको उजूर नदेंिखँदा यसबाट कारवाही गर्न नमिल्ने मिसिल तामेलीमा राख्ने ठहर्छ भन्ने ०४०।२।१९ मा निर्णय भएबाट सो निर्णय भूमिसम्बन्धी ऐन, २०२१ को दफा २९(१) को अतिरिक्त अ.बं.१८४क १८५, १८९, १३९ को प्रतिकूल समेत रहेको छ । उक्त उल्लेख गरे अनुसार प्रत्यर्थी कार्यालयको त्रुटिपूर्ण निर्णयले म निवेदकको उल्लिखित हकहरूको अतिरिक्त संविधानको धारा १०(१) ११(२) र १५ समेतका हकहरूको प्रचलनमा आघात पुर्‍याएकोले संविधानको धारा १६/७१ अन्तर्गत उत्प्रेषण वा अन्य आज्ञा, आदेश जारी गरी प्रत्यर्थी कार्यालयको निर्णय बदर गरी म निवेदकको हक प्रचलन गरिपाउँ भन्ने समेत जिकिर भएको रिट निवेदन रहेछ । ३. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि वा म्याद नाघेपछि नियम बमोजिम गरी पेश गर्नु भन्ने समेत यस अदालत सिङ्गलबेञ्चको आदेश । ४. सिया सदन विहारी मठको नाउँमा दर्ता भएको जग्गाको कूत सिया सदन रायले बुझी लिन पाउने कुनै प्रमाण समेत पेश गरेको देखिँदैन । सोही मठको संरक्षक लक्ष्मणदासलाई प्रतिवादी मोहीले कूत बझाएको भर्प