निर्णय नं. १९५२ - बन्धकी निखनाई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १९५२ - बन्धकी निखनाई पाउँ भाग: २६ साल: २०४१ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४१/०४/१२ १९६१ निर्णय नं. १९५२ ने.का.प. २०४१ अङ्क ४ फुल बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०३९ सालको दे.फु.नं. ४६ मुद्दा : बन्धकी निखनाई पाउँ निवेदक/प्रतिवादी : रौद्रशमशेर थापाको मु.स.गर्ने का.जि. का.न.पं. वा.नं. १ नक्साल नागपोखरी बस्ने लोकप्रकाश कुमारी थापा ऐ कमल पोखरी बस्ने किरण सम्शेर थापा ऐ ज्ञानेश्वर बस्ने ज्ञान कुमारी थापा ऐ गैरीधारा बस्ने प्रसाद सम्शेर थापा ऐ कमलपोखरी बस्ने वेद राजेश्वरी थापा ऐ नक्साल बस्ने गेहेन्द्र सम्शेर थापा ऐ ऐ बस्ने दिब्य शम्शेर थापा विरूद्ध विपक्षी/वादी : का.जि. फरपिङ मध्ये रामचे गाउँ बस्ने चेतनकुमारी आचार्य फैसला भएको मिति : २०४१।४।१२।६ मा § भोग गरेको भन्ने प्रमाणित हुन नआएकोले भोगबन्धकी थैली बुझाई जग्गा निखनाई पाउँ भन्ने वादी दावी नपुग्ने । (प्रकरण नं. १८) निवेदक प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेती विपक्षी वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी उल्लिखित मुद्दा : नारायणविक्रम शाह समेत विरूद्ध गंगादेवी भण्डारी समेत भएको जालसाजी मुद्दा (नि.नं ७९८ ने.का.प. २०३१ पृ.१८) मा फुल बेञ्चबाट ०३०।११।१८।६ मा सिद्धान्त प्रतिपादन । फैसला न्या. धनेन्द्रबहादुर सिंह : सर्वोच्च अदालत डिभिजन बेञ्चको ०३८।१।५ को निर्णय उपर निवेदकको न्यायिक समिति मार्फत श्री ५ महाराजाधिराजका जुनाफमा बिन्तिपत्र पर्दा नेपालको संविधानको धारा ७२(ख) बमोजिम दोहर्याई दिनु भन्ने हुकुम प्रमांगी बक्स भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. जि. विराटनगर प्र.गोग्राहा मौजे मझुवा वकहरीमा मेरो ससुरा चन्द्रमणिका नाउँमा दर्ता भएको रै.नं. १९ मौजा नं. २४६ को कित्ता कित्ता गरी जग्गा बिगहा २७–१४–४ जग्गा १९७० साल अघि नै कं.रु.५२०। लिई कर्णेल डिल्लीशमशेरलाई भोगबन्धकी दिएको रहेछ र सो जग्गा मेरा नाउँमा दर्ता गरी दिनु हवस भनी जिमिदार भिमप्रसाद समेतलाई भन्दा गरी नदिएको नापीमा बन्धकी जनाइ देउ भन्दा जनाई पनि नदिएकोले सोही कुराको प्रधानमन्त्रीज्यूमा निवेदन दिँदा नापी डोर समेतको उजूरी हुँदा भोगवाला साहुहरू झिकाई बुझी दर्ता गर्ने हकमा ऐन सवाल रूल नियमबमोजिम गर्नु भन्ने आदेश भई सर्भे गोश्वारामा आई साहुहरू झिकी भोगबन्धकी लिएको होइन भन्ने र सो जग्गा बण्डा गरी खाई आएका छौं भन्ने कागज लेखी दिएबाट तेरो मेरो पर्न आई ऐनका म्यादभित्र इलाका अदालतमा गई हक बेहक छुट्याई आउनु भनी २०१७।१२।४ मा पर्चा गरी दिएबाट मलाई हकदार होइन भनी थैली बुझी लिन मञ्जूर नगरकोले सो बन्धकी थैली रु.५२०। धरौट राखी नालेश गर्न आएकी छु ससुरा चन्द्रमणिको हक छुटेको लिखत कुनै छ भन्छन् भने मलाई देखाएमा बयान गर्ने छु छैन भने बुझी लिनु पर्ने थैली बुझी नलिएमा सजाय गरी बन्धकी थैली तिराई उक्त जग्गा निखनाई पाउँ भन्ने समेत वादी । ३. यी वादी चन्द्रमणिको बुहारी होइन यिनले सर्भेमा यही नै जग्गा विषयमा उजूरी दिएको थिइन । सर्भेबाट जग्गा हक बहेकमा निर्णय भएपछि मात्र बन्धकी थैली बुझाई जग्गा निखनाई पाउँ भन्ने नालेश दर्ता हुनु पर्ने थियो सो भएन चन्द्रमणिबाट बन्धकीमा लिए खाएको होइन चन्द्रमणि ६० सालमा