निर्णय नं. १९५३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १९५३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४१/०३/१९ २०४८ निर्णय नं. १९५३ ने.का.प. २०४१ अङ्क ४ डिभिजन बेञ्च इजलाश सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३९ सालको रि.नं. १२७३ विषय : उत्प्रेषण निवेदक : धनुषा जिल्ला सोनीगामा गा.पं. वा.नं. ८ बस्ने राम रतन केवट मण्डल विरूद्ध विपक्षी : भू.स.का.धनुषाका भूमिसुधार अधिकारी श्री केदारबहादुर हमाल धनुषा जिल्ला सोनीगाम गा.पं. वा.नं. ८ बस्ने सुदामादेवी हजामनी धनुषा जिल्ला जिल्ला अरही गा.पं. वा.नं. ४ बस्ने राज किसोर सिंह राजपूत आदेश भएको मिति : २०४१।३।१९।२ मा § वादी प्रतिवादीमा उल्लिखित व्यक्तिलाई मात्र अड्डा अदालतले बुझ्न पर्ने । (प्रकरण नं. १२) § पति पत्नीको संयुक्त परिश्रमबाट कमाई आइरहेको जग्गामा पछि विपक्षीले कमाई आएकोले निजको नाउँमा मोहियानी प्रमाणपत्र दिएकोलाई भूमिसम्बन्धी ऐनको २५(१) को त्रुटि भयो भनेर भन्न सकिने स्थिति नदेखिने । (प्रकरण नं. १३) निवेदक तर्फबाट :  विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री सुनिल अधिकारी र विद्वान सरकारी अधिबक्ता श्री भैरवप्रसाद लम्साल उल्लेखित मुद्दा : x आदेश प्र.न्या. नयनबहादुर खत्री : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा निम्न प्रकारको छ : २. प्रतिवादी राजकिशोरसँग निजको जोत भोग दर्ताको मोही नरहेको धनुषा जिल्ला सोनीगामा गा.पं. वा.नं. ८ कि.नं. १३२ को ०–१६–६ मध्ये पूर्वतर्फबाट ०–१०–० दश कठ्ठा जग्गा रु.१५,०००। पन्ध्र हजारमा मालपोत कार्यालय धनुषाबाट मिति ०३८।१।१ मा राजीनामा पास गरी निवेदकले खरीद गरी लिएको र स्वयं आफ्नो श्रमबाट बाली लगाई उपभोग गर्दै आएकोमा राजीनामा जग्गाधनी प्रमाणपूर्जा मोठ श्रेस्ता तथा म भन्दा अघि मेरो दाता स्वयंले आफ्नो श्रमबाट जोत्दै आएको समेतको प्रमाणबाट मोही कोही पनि नभएको कुरा अन्तिम रूपमा समर्थन रही रहेकोमा प्रत्यर्थी सुदामादेवीले आफू र आफ्नो पति रघुनन्दनको संयुक्त परिश्रमले कमाउदै आएको भनी मोही हकको प्रमाणपत्र पाउन प्रत्यर्थी भूमिसुधार कार्यालयमा उजूरी गर्दा मेरो दाताले विपक्षी मोही होइन भन्ने प्रतिवाद गरेको वावजूद पनि प्रत्यर्थी कार्यालयले आफ्नै कार्यालयबाट मिति ०३८।५।३ मा भएको निर्णयको प्रतिकूल मैले खरीद गरेको जग्गाको २ नं. प्रकाशन र ४ नं. जोताहा अस्थायी निस्सा प्राप्त नरहेको नभएको साथै भनिएको २ नं. र ४ नं. अघि मिति ०३८।५।३ गतेको निर्णयबाट समेत प्रमाणित उद्घोषित भइरहेको विपरीत सोही निष्कृय २ नं. र ४ नं. लाई प्रमाणमा लगाई प्रतिवादीको अनुपस्थितिमा भए गरेको मान्यता विहिन सरजमीन समेतको आधारमा मोही नै नरहेको विपक्षी सुदामादेवीलाई मोही ठहर्‍याई प्रमाणपत्र दिने र मोठ श्रेस्तामा मोही जनाई दिनु भनी मालपोत कार्यालयलाई लेख्ने भनी मिति ०३९।९।११ मा निर्णय गर्नुभयो । विपक्षी भूमिसुधार अधिकारीज्यूले गर्नुभएको निर्णय निम्नलिखित कारणबाट त्रुटिपूर्ण छ । ३. जिकिर : भनिएको २ नं. अनुसूची तथा ४ नं. जोताहा अस्थायी निस्सा मैले खरीद गरेको कि.नं. १३२ को जग्गाको नरहेको कुरा २ नं. तथा ४ नं. मा उल्लिखित ४ किल्ला र क्षेत्रफल समेतबाट समर्थित रहनुको साथै प्रत्यर्थी कार्यालयको मिति ०३८।५।३ गतेको निर्णय समेतबाट स्पष्ट छ । सोही प्रत्यर्थी कार्यालयले निर्विवाद गरिसकेको विपरीत सोही अमान्य २ नं. र ४ नं. लाई प्रमाणमा लगाई अ.बं.८५ नं.