निर्णय नं. १९५४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १९५४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४१/०४/१२ १९०३ निर्णय नं. १९५४ ने.का.प. २०४१ अङ्क ४ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४० सालको रि.नं. १८२३ विषय : उत्प्रेषण निवेदक : सर्लाही जि. त्रिभुवननगर गा.पं. वा.नं. ९ बस्ने रामलखनप्रसाद साहु रौनियार विरूद्ध विपक्षी : भूमिसुधार कार्यालय सर्लाहीका भूमिसुधार अधिकारी टेकनिधी तिवारी सर्लाही जिल्ला त्रिभुवन नगर गा.पं. वा.नं. १ बस्ने सरयुग शरण दास वैरागी आदेश भएको मिति : २०४१।४।१२।६ मा § भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३६ को उपदफा २ को प्रतिबन्धात्मक वाक्यांशमा “तर आफूले बुझाउनु पर्ने कूतको सयकडा ९० प्रतिशत भन्दा कम हुने गरी धरौटी दाखिल गरेको देखिए मोहीले यस उपदफा बमोजिम कूत बुझाएको मानिने छैन” भन्ने समेत उल्लेख भएकोले निर्णय बदर हुने । (प्रकरण नं. १३) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी विपक्षी तर्फबाट : विद्वान अधिबक्ता श्री कृष्णलाल देव र विद्वान सरकारी अधिवक्ता श्री बलिराम कुमार उल्लेखित मुद्दा : x आदेश न्या. बासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत विषयको संक्षिप्त तथ्य तथा रिट निवेदन जिकिर यस प्रकार रहेछ : २. सर्लाही जिल्ला मेल्ही गा.पं. वा.नं. १(क) को कि.नं. १९६ को ०–४–१० क्षेत्रफल भएको जग्गा म निवेदक जग्गाधनी र विपक्षी मध्येका सरयुगसरण दास वैरागी मोही हुनुहुन्छ । निज विपक्षले ०३२, ०३३, ०३४ सालको कूतबाली दिनु नभएकोले सर्लाही जि. अ.बाट उक्त सालहरूको बाली भराउने गरी फैसला भएको छ । २०३५ सालको बाली पनि म निवेदकलाई निज विपक्षले नदिनु भएको र कुनै सरोकारको निकायमा ऐन वा म्यादभित्र धरौट पनि नराखेकोले भूमिसम्बन्धी ऐन, २०२१ को दफा २९(क) को उपदफा (ग) को म्यादभित्र उजूर गर्न आएको छु । विपक्षीले दिनु पर्ने निर्धारित कूत २–२३–८ दुइमन तेइससेर आठ कनवा दिए धानै र नदिए मूल्य रु.१३९।३७ विपक्षबाट दिलाई भराई मोहियानी हकबाट समेत ऐनको दफा २९(१) र २९(३) बमोजिम निष्कासन समेत गरिपाउँ भन्ने समेत व्यहोराको म निवेदकको उजूरी भू.सु.का.सर्लाहीमा परेको थियो । ३. विपक्षीको दावी बमोजिमको जग्गा मैले मोहीमा कमाएको छैन । सो जग्गा साविक जिमदार सन्तलालको हो । २०३१ सालमा विपक्षले साविक जिमिदारबाट राजीनामाद्वारा यो जग्गा लिएको हो उक्त जग्गा मध्ये पश्चिम तर्फबाट दुई कठ्ठा जग्गामा पाँच असामीहरूको घरबास भएको, पूर्व तर्फबाट ०–२–१० जग्गामा रामजानकीको मन्दिर भई साविक जिमदारले कूत ०–२३–१२ मन लिने हुँदा सोही अनुसारको भर्पाई लिने गरेको छु भन्ने समेत व्यहोराको विपक्षीद्वारा झुठ्ठा व्यहोराको प्रतिउत्तर परेको थियो । ४. ०३५ सालको कूत २३ सेर १२ कनवा त्रिभुवननगर गा.पं.का.प्रधानपञ्चलाई मिति ०३५।१०।२५ मा धरौटी बुझाएको भर्पाई प्रतिवादीले पेश गरेको तर राख्नु पर्ने कूत धरौट राखेको नदेखिँदा वादी दावी अनुसार कूत वापत रु.१३९।३७ विपक्षीबाट पक्षले भरी पाउने ठहर्छ । निष्कासन गर्ने हो कि भन्नालाई विपक्षीले केही रकम धरौट राखेको तथा यो ०३९ सालको कूत पनि यसै कार्यालयमा धरौट राखेको देखिँदा कूत बाली नबुझाउने अनुसार नदेखिएको हुँदा मोहीबाट निष्कासन गर्नु नपर्ने भनी भू.सु.का.बाट निर्णय भयो । ५. भूमिसम्बन्धी ऐनको दफा ३६(१) बमोजिम विपक्षीले बुझाउनु पर्ने कूत म निवेदक जग्गाधनीलाई बुझाउनु भएको छ न कानूनबमोजिम तोकिएक