निर्णय नं. १९५५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १९५५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४१/०४/२२ १९५६ निर्णय नं. १९५५ ने.का.प. २०४१ अङ्क ४ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४० सालको रिट नं. १६३१ विषय : उत्प्रेषण निवेदक : का.न.पं. वडा नं. २८ न्ह्योखा महादेव चोक बस्ने मोहनकृष्ण श्रेष्ठ विरूद्ध विपक्षी : का.जि. का.न.पं. वडा नं. २६ नरदेवी नेतपाचो बस्ने कल्याणबहादुर प्रधान ऐ ऐ बस्ने पद्म सुन्दर श्रेष्ठ मालपोत कार्यालय काठमाडौं आदेश भएको मिति : २०४१।४।२२।२ मा § दुवै तर्फका गुठियार धेरैजना भएकोले दुवै तर्फका थकालीका नाउँमा दर्ता प्रमाणित भएको श्रेस्तामा नाम थपी दिने गरी मालपोत कार्यालय काठमाडौंले गरेको निर्णयबाट निवेदकको हक हनन् भएको नदेखिने । (प्रकरण नं. ८) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्रीहरी अर्याल विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल उल्लेखित मुद्दा : x आदेश न्या. बासुदेव शर्मा : विपक्षी मालपोत कार्यालय काठमाडौंले ०३९।१०।१२।४ मा गरेको टिप्पणी आदेश बदर गरिपाउँ भन्ने नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको ०४०।७।११।६ को रिट निवेदनपत्रको संक्षिप्त विवरण निम्न प्रकारको रहेछ । २. स्वयम्भू गा.पं. वार्ड नं. ४ कि.नं. ५८८ को १–१५–० इन्द्रायणी निजी गुठी जग्गा ०३३।७।२९ को निर्णयबाट म निवेदकको नाउँमा रैकर परिणत दर्ता हुने भनी भूमिप्रशासन कार्यालय काठमाडौंबाट निर्णय पर्चा भई मेरा नाउँमा ज.ध.प्र.पूर्जा समेत पाई साल–सालैको मालपोत तिरी बुझाई हक भोग गरी आएको जग्गामा प्रत्यर्थी नं. १ र २ ले सो थकालीहरूमा हाम्रो समेत नाउँ थप गरिपाउँ भनी प्रत्यर्थी नं. ३ समक्ष दिएको निवेदनमा म निवेदकले मेरो नाउँमा परिणत दर्ता भएको बदर गर्ने र गुठियार थप्ने लगायतका अधिकार प्रत्यर्थी नं. ३ लाई नभएको भनी प्रतिवाद गरेको छँदाछँदै कानून विपरीत मेरो दर्ता प्रमाणित भएको श्रेस्तामा गुठियार थकालीमा थप गरी दिने गरी प्रत्यर्थी नं. ३ ले ०३९।१०।१२ मा टिप्पणी आदेश गरेको जानकारी ०४०।६।११ मा गराइएकोले निवेदन गरेको छु । भू.सु.का.काठमाडौंले ०३३।७।२९ मा विवादको जग्गाको मैले ज.ध.प्र.पूर्जा पाएको एकलौटी हक भोग गरी आएको जग्गामा प्रत्यर्थी नं. १ र २ समेतका नाउँ थप गरी संयुक्त दर्ता कायम गरी दिने भनी अ.बं.३५ नं. विपरीत टिप्पणी आदेश गरेको त्रुटि छ । हक बेहक गर्नुपर्ने कुरामा अदालतको अधिकारक्षेत्र भित्र पर्ने म निवेदकले ०३३।७।१४ मा गरी दिएको भनी पेश गरेको विवादास्पद लिखतको मूल्याङ्कन अ.बं.७८ नं. समेतको कार्यविधी अपनाउन पर्नेमा टिप्पणी आदेश गरेको बदरभागी छ । पुनः दर्ता सम्बन्धी कुरामा अ.बं.८५ नं. को भावना विपरीत अनाधिकार भएको बदरभागी छ । संविधानको धारा १६।७१ अन्तर्गत ०३९।१०।१२ को टिप्पणी आदेश उत्प्रेषणको आदेश जारी गरी बदर गरिपाउँ भन्ने समेत व्यवहोराको रिट निवेदनपत्र रहेछ । ३. विपक्षीबाट लिखितजवाफ लिई पेश गर्नु भन्ने सर्वोच्च अदालत सिंगलबेञ्चको ०४०।७।२९।३ को आदेश रहेछ । ४. गुठीको जग्गाहरू सबै गुठियारहरूकै हक लाग्ने सबैको नाममा दर्ता गर्ने व्यावहारिक नहुने भएकोले सबैको सहमतिले थकालीको नाउँमा मात्र दर्ता गर्ने गरी आएको । थकालीको नाताले दर्ता गर्दैमा व्यक्तिगत अधिकार हुने कुरा होइन अदालतले हामी अरू गुठियारको हक गुठीको हक हनन् नहुने र गुठी नबिग्रने धर्मलोप नहुने जस्ता मौलिक हक हनन् नहुने कुराको पनि विचार गरी