निर्णय नं. १९५७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १९५७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४१/०४/०८ १९६० निर्णय नं. १९५७ ने.का.प. २०४१ अङ्क ४ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४० सालको रि.नं. १८२८ विषय : उत्प्रेषण निवेदक : जि. सुनसरी याद गाउँ सिनुवारी गा.पं. वार्ड नं. ६ बस्ने भरतलाल चौधरी थारू ऐ ऐ बस्ने उखम लाल चौधरी थारु ऐ ऐ बस्ने वैजनाथ चौधरी थारु विरूद्ध विपक्षी : जि. सुनसरी याद गाउँ सिनुवारी वा.नं. २ बस्ने चुमुकलाल चौधरी थारू भूमि सुधार कार्यालय सुनसरी आदेश भएको मिति : २०४१।४।८।२ मा § बाबुको मृत्यु पछि भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१)को प्रकृया नअपनाई मोही कायम हुने गरी मुद्दा सकार गराई मोही बेदखली ठहर्‍याई गरेको निर्णय त्रुटि देखिने । (प्रकरण नं. ८) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जबिहारीप्रसाद सिंह विपक्षी तर्फबाट : विद्वान अ.श्री प्रभुनारायण चौधरी विद्वान सरकारी अधिबक्ता श्री बलिराम कुमार उल्लेखित मुद्दा : x आदेश न्या. बासुदेव शर्मा : विपक्षी भूमिसुधार कार्यालय सुनसरीले २०३९।११।२।२ मा गर्नुभएको फैसला बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको ०४०।२।३१।३ को रिट निवेदन पत्रको संक्षिप्त विवरण निम्न प्रकारको रहेछ : २. सुनसरी जिल्ला याद गाउँ सिनवारी गा.पं. वार्ड नं. २(ग) को कित्ता नं. ४६ को १–१७–९ जग्गा ऐ वार्डको कित्ता नं. ६ को ०–१६–२ समेतको जग्गा २००७ सालमा भरतलालको बाबु चुवालालको नाउँमा रहेको र वहाँले तिलकप्रसाद श्रेष्ठलाई भोगबन्धकी लेखी दिनुभएको थियो । सो जग्गा ठेक्कापट्टामा हामीले कमाई आएको थियौं । २ वर्षको बाली बापतको ठेक्का रकम नबुझाएकोले अदालतमा मुद्दा परी तिलकप्रसादले ठेक्काबाट हटक गरी दिएको थियो । तिलकप्रसादले बद्रीबहादुरलाई ०१० सालमा लखबन्धकमा लेखी दिएको पछि बद्रीबहादुरले सोही जग्गा सूर्यकुमारीलाई लखबन्धकीले लेखी दिएको थियो । ऋण निश्चितको लागि उजूर गर्दा ऋण निश्चित भएको थियो । हामी आफैंले जोतकोड गरिरहेको थियौं । धान बाली विपक्षीका बाबु लगायतका मानिसहरूले ०३२।९।९।४ का दिन लुटी लगेको र शाखा अधिकृत गणेशलाल कायस्त समेतका कर्मचारीले जबरजस्ती लेखी राखेको कागजमा डर त्रास देखाई सही गराएकोमा कर्मचारी उपर मुद्दा दायर गर्न स्वीकृतको लागि लेखेको ०३२।१२।६।६ मा बाली लुटपिटतर्फ रिट निवेदक समेत उपर फिराद दायर गरी सकेको छ सुनसरी जि. अ.मा चल्दैछ । कि.नं. ६ मा ०–७–१० जग्गामा लगाएको जग्गाधनीले लुटी लगेको हुनाले मोही बेदखली गरेमा विपक्षीको बाबुले जि. भू.सु.सुनसरीमा उजूर दिएको हाम्रो जोतकोडको जग्गा भएकोले विपक्षीको दावी झुठ्ठा हो भनी हाम्रो प्रतिउत्तर परेको । लुटपिट गरी जबरजस्ती कागज गराएको सम्बन्धमा परेको नालेश फैसला नभएसम्म विपक्षीले दिएको मोही बेदखल मुद्दा स्थगित गरिपाउँ भनी हामीले भू.प्र.का.सुनसरीमा निवेदन दियौं । लुटी लगेको बालीको बिगोमा अदालत मार्फत नालेश गर्ने भनी वादीलाई सुनाई दिने । मोही बेदखल गराएको सन्दर्भमा बेदखल गर्न नपाउने हुनाले प्रतिवादीहरूलाई रु.२५१। का दरले जरिवाना गर्ने भनी भू.प्र.का.सुनसरीले ०३३।४।५ मा फैसला भयो । आफ्नो जातेकोडको हुनाले र विपक्षीले कुन सालदेखि जग्गा मोहीका हैसियतले जोतकोड गरिरहेको भन्ने कुरा भन्न सकेको छैन । कूत बुझेको प्रमाण पेश गर्न सकेका छैन । यस सम्बन्धमा बृहत फुल बेञ्चबाट अजीमुल्ला मुसलमान विरूद्ध भू.सु.अ.