निर्णय नं. १९५८ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १९५८ - उत्प्रेषण भाग: २६ साल: २०४१ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४१/०४/२३ १९५२ निर्णय नं. १९५८ ने.का.प. २०४१ अङ्क ४ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४० सालको रि.नं. १८३७ विषय : उत्प्रेषण निवेदक : सप्तरी गा.पं.मौवाहा गा.पं.१ मौजे मौवाहा बस्ने रमानन्द झा विरूद्ध विपक्षी : ऐ ऐ वार्ड नं. ५ मौवाहा बस्ने अनुप मण्डल धानुक भू.सु. का. सप्तरी आदेश भएको मिति : २०४१।४।२३।३ मा § विवादको जग्गाको २ नं. अनुसूची लगत प्रकाशित नभएको प्रमाण लगाई भू.सु.का.सप्तरीले निर्णय गरेको देखिन्छ । अ.बं.१३९ नं. बमोजिम बुझी निर्णय गर्नुपर्नेमा सो नगरी गरेको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ११) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जबिहारीप्रसाद सिंह विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल उल्लेखित मुद्दा : x आदेश न्या. बासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषणको आदेश जारी गरी विपक्षी भू.सु.का.सप्तरीले मिति ०३९।१२।३ मा गरेको निर्णय बदर गरिपाउँ भनी रिट निवेदकले यस अदालतमा मिति ०४०।३।३।६ मा दर्ता गरेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं जिकिर यस प्रकार छन् । २. सप्तरी मौवाहा वा.नं. २ को कि.नं. २६५ को ०–१४–१८ जग्गा साविकमा पिताजी बुचन झाको नाममा दर्ता भएकोमा २०१८ सालमा बाबु स्वर्गीय हुँदा २०२१ सालमा उक्त जग्गा मेरो नाममा नामसारी भई मेरो जोत भोगमा रही आएको छ । हाल सर्भेमा उक्त जग्गा मेरो नाममा एउटै कित्तामा नापी भएको छ । मेरो नाममा अनुसूची प्रकाशित भएको छैन । मोही महलमा कसैको नाम लेखिएको छैन । जग्गाधनी लक्ष्मी झाको कि.नं. २६५ को ०–१४–१८ मध्ये उत्तर तर्फबाट ०–७–० जग्गाको ४ नं. पाएको छु । लक्ष्मी झाले उक्त ०–७–० जग्गा भतिजा रमानन्द झालाई नामसारी दिनुभएको । जग्गाधनीहरूलाई बुझी ३ नं. प्रमाणपत्र पाउँ भनी विपक्षीले भू.सु.का.मा २०३५ साल आश्विनमा निवेदन गर्नुभएको थियो । ३. मेरो बाबु छ दाजु भाइ मध्ये लक्ष्मी झा साइला बाबु हुनुहुन्छ । मेरो बाबु समेत सबै दाजु भाइ ४० वर्ष अगाडि नै अलग–अलग बसी छुट्टाछुट्टै व्यवहार भएको र सगोलमा एक धुर पनि जग्गा थिएन छैन । लक्ष्मी झाको नामबाट एक धुर जग्गा पनि मेरो नाममा आएको छैन । बाबुको नामबाट हाल कि.नं. २६५ को जग्गा मेरो नाममा नामसारी भई आएको छ विपक्षीले मेरो जग्गा मोहियानीमा जोतेको छैन भनी प्रतिवाद गरेको छ । ४. कि.नं. २६५ को जग्गा मध्ये उत्तर तर्फबाट ०–७–० को जग्गाधनी रमानन्द झाका हकमा प्रतिवादीले तरिख छोडी बसेको र २ नं. लगत प्रकाशनबाट मोही देखिँदा मोहियानी हकको प्रमाणपत्र पाउने ठहर्छ भनी अधिकारीले २०३९।१२।३ मा निर्णय गरेको छ । ५. कि.नं. २६५ मा ०–१४–१८ जग्गा छ । उत्तर तर्फबाट ०–७–० जग्गा विपक्षीले जोतेको भए सर्भेमा पनि छुट्टै कित्ताकाट हुने थियो । सर्भे २६ सालमा भएको थियो । सर्भेमा मोही नलेखी दिएको भए विपक्षीले मौकामा सर्भे उपर उजूर गर्नुपर्थ्यो । सो नगरी यति दिन सम्म चूप लागि बस्नु पर्ने कारण खूद विपक्षीले लेख्नु सक्नुभएको छैन । विपक्षीले धरौटी राखेको वा बाली बुझाएको भर्पाई समेत पेश गर्न सकेको छैन । कि.नं. २६५ को उत्तर तर्फको ०–७–० जग्गा लक्ष्मी झाको नामबाट रामानन्दको नाममा आएको र लक्ष्मी झाको नाउँमा २ नं. अनुसूचीको जग्गा यही भन्ने कुनै प्रमाण निर्णयमा उल्लेख नभएकोबाट अ.बं.१८५।१८९ को विपरीत छ र एकाको २ नं. अनुसूचीबाट अ