निर्णय नं. १९६० - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १९६० - कर्तव्य ज्यान भाग: २६ साल: २०४१ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४१/०२/१८ २३१८ निर्णय नं. १९६० ने.का.प. २०४१ अङ्क ४ डिभिजन बेञ्च इजलाश सम्माननीय का.मु.प्रधान न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०३९ सालको फौ.पु.नं. ३५३ र ३३८ सम्वत् २०३९ सालको फौ.सा.नं. ८४ मुद्दा : कर्तव्य ज्यान पुनरावेदक/वादी : मंगलमाया राईको जाहेरीले श्री ५ को सरकार विरूद्ध विपक्षी/प्रतिवादी : इलाम थुनामा रहेका हर्षबहादुर आङदम्वे समेत पुनरावेदक/प्रतिवादी : इलाम थुनामा रहने भवानीशमशेर राई ऐ ऐ भानुभक्त सरेन ऐ ऐ हर्ष बहादुर आङदम्वे ऐ ऐ याम बहादुर रार्इ विरूद्ध प्रत्यर्थी/वादी : र्इलाम वाझी गा.पं. वा.नं. ९ बस्ने मंगलमाया राइनीको जाहेरीले श्री ५ को सरकार फैसला भएको मिति : २०४१।२।१८ मा § रिसइवीको सबूत पनि दाखिल हुन नसकेकोले अ.बं. १८८ नं. बमोजिम सजाय घटाइएको छ । १० वर्षको कैदको सजायको लगत कायम गरी जन्म कैदको लगत कट्टी गरी दिने । (प्रकरण नं. ४०) पुनरावेदक वादी तर्फबाट : विद्वान अधिवक्ता श्री सुभाष नेम्वाङ वादी पुनरावेदक तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल उल्लेखित मुद्दा : x फैसला न्या. बासुदेव शर्मा : बक्स भई आएका हुकुम प्रमांगी बमोजिम गर्न बेञ्च समक्ष पेश हुनआएका र पूर्वाञ्चल क्षेत्रीय अदालतले गरेको ईन्साफ उपर प्रतिवादी भवानी समेतको चित्त नबुझी पेश हुनआएको र साधकको लगतमा दर्ता भई आएको मुद्दाको संक्षिप्त विवरण यस प्रकारको छ । २. ०३५।९।५ गते अं.४ बजे भवानीशमशेर राई हर्षबहादुर आङदेम्बे, प्रेमबहादुर राई, प्रेमदास खरेल, सुदापे भन्ने चन्द्रबहादुर श्रेष्ठ नाम नजानेको प्रहरी समेत आई भक्तबहादुर पनि त्यहीँ होस् भनी मेरो लोग्ने शेरबहादुरलाई १५ मिनेट जति खेद्दै जंगलतर्फ हुली फेरि घरमा आई भक्तबहादुरलाई लुकाई राखेको छस् भनी हप्की दप्की गर्दै सदस्य चन्द्रशेखरले भक्तबहादुरको टाउको लिई आउनु भनेको छ भनी मेरो घरको तलामाथि पुगी दुवैकोठामा खानतलास गरी भक्तबहादुर नभेटेकोले भरे आउनु पर्छ भनी अपराधी मेरो घरको पूर्वतर्फ गए रातको अं.१२.३० बजेको हुँदो हो म र मेरो बुहारी घरभित्र सुतिरहेको अवस्था गुहार भनी कराएको आवाज मेरो कानमा आई उठी हेर्दा आँगन खमारमा सुतिरहेको छोरा भिमबहादुर राईलाई भवानीशमशेर राई हर्कबहादुर आङदम्बेले घाँटीमा निचोरी रहेको र पद्मबहादुर राई प्रेमदास खरेल भुँडी थिची रहेको देखी गुहार भनी कराउँदा ४ जना अपराधी पश्चिम तर्फ भागी गए दिनमा आएका चन्द्रबहादुर श्रेष्ठ प्रहरी १ समेत राति आएनन् कानूनबमोजिम गरिपाउँ भन्ने समेतको व्यहोराको दर्खास्त । ३. भक्तबहादुरलाई मार्ने सल्लाह भई जाहेरवालाको घरमा १२.३० बजे राति आँगनमा सुतेको भक्तबहादुर सम्झी हामी ४ जनाले एकै चोटि म हर्षबहादुरले घाँटीमा निचोरी यामबहादुर भानुभक्तले भुँडीमा थिचेको अवस्था गुहार भनी कराएको मृतकको श्रीमती घरबाट कराई आएपछि भागी गएका हौं भन्ने भुवानीशमशेरले प्रहरीमा गरेको कागज । ४. भक्तबहादुरलाई मार्ने सल्लाह भई निचोर्दा भिमबहादुर मर्न गएको हो, भुवानीशमशेरले घाँटीमा निचोरेको र यामबहादुर, प्रेमदास खरेलले भुँडी थिची निचोरेको अवस्था जाहेरवाला र मृतकको श्रीमती कराएको हुँदा भागेको हौं भन्ने समेत हर्षबहादुर आङदम्बेले प्रहरीमा गरेको कागज । ५. जाहेरवालाको घरमा भक्तबहादुर भएको विश्वास लागि रातको १२.३० बजे हामी ४ जनाले एकै चोटि झम्टी भुवानी र हर्षबहादुरले घाँटी निचोर्दा आमा र मृतकको श