निर्णय नं. १९६२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १९६२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४१/०३/१२ २२६१ निर्णय नं. १९६२ ने.का.प. २०४१ अङ्क ४ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०३९ सालको रिट नं. १३०३ विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ निवेदक : जि. भक्तपुर न.पं. वार्ड नं. ४ क्वाठंडौं बस्ने मोहनविर भगजू विरूद्ध विपक्षी : जि. का.भूमिसुधार शाखा भक्तपुर जि. भक्तपुर न.पं. वार्ड नं. १७ इताछे बस्ने त्रिरत्न शाक्य ऐ ऐ बस्ने द्यौरत्न शाक्य आदेश भएको मिति : २०४१।३।१२।२ मा § धर्मपुत्रको लिखतसम्म पास भएको र धर्मपुत्रको महलको दफा १२ बमोजिम निवेदक एउटा छोरा मात्र देखिँदा उक्त लिए दिएको लिखत बदर भएको हुँदा त्यस्तो बदर लिखतबाट निवेदकको छोरा सरह हक पुग्न नसक्ने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री चुडामणीराज सिंह मल्ल विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे उल्लेखित मुद्दा : x आदेश न्या. धनेन्द्रबहादुर सिंह : मिति ०३९।१०।१९ को भू.सु.शाखा भक्तपुरको निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको रिट निवेदनको संक्षिप्त तथ्य यस प्रकार रहेछ । २. विपक्षी त्रिरत्न र द्यौरत्नको बाजे हर्षलालको दर्ताको भक्तपुर जि. सुडाल गा.पं. वार्ड नं. ५(ख) कि.नं. ४६ को ३–६–० कि.नं. ४७ को ०–६–३ कि.नं. ४९ को ०–३–२ कि.नं. ५३ को २–६–३ कि.नं. ५४ को १–१–० समेत जग्गा रोपनी ८–१–० मेरो धर्म पिता मानबहादुर भगजूको मोहियानीमा दर्ता भएको र धर्म पिताले मलाई पाली आएको अवस्थामा उक्त जग्गाको बाली विपक्षीहरूलाई बुझाई भर्पाई समेत लिएको छु । धर्मपिता मानबहादुरले ०२६।११।१ मा मलाई धर्मपुत्रको लिखत गरी दिनुभएको भक्तपुर जि. अ.को ०२७।८।१९ को फैसलाले पारित भएको छ । धर्मपिता ०२८।१।३ मा परलोक हुनुभएपछि उक्त उल्लिखित जग्गाहरूको मोही नामसारी गरिपाउँ भनी मेरो निवेदन परी कारवाई हुँदा विपक्षीहरूको निवेदन परी मोही मानबहादुरको हकदार कोही नभएको भनी वडा अध्यक्षको सिफारिशमा जग्गाधनी विपक्षी त्रिरत्न, द्यौरत्नको नाउँमा जोताहा कायम हुने निर्णय भइसकेकोले मेरो निवेदन ०३०।२।२८ मा कार्यालयबाट खारेज भयो । निवेदन खारिज गरिए उपर मेरो सर्वोच्च अदालतमा रिट परी फैसला हुँदा उक्त निर्णय उत्प्रेषणको आदेशले बदर भई परमादेश समेत जारी भई मिति ०३८।४।११ मा निर्णय भयो । सो निर्णय भएपछि मोही नामसारी गरिपाउँ भनी प्रत्यर्थी कार्यालयमा मिति ०३८।५।२३ मा मेरो निवेदन परेकोमा प्रत्यर्थी कार्यालयबाट मोहियानी दावी पुग्न नसक्ने हुँदा मोही लगत कट्टा हुने र जग्गा धनीको नाममा मोही कायम हुने ठहर्याई ०३९।१०।१९ मा निर्णय भयो । ३. भूमिसम्बन्धी ऐन, २०२१ को दफा ६(१) का उल्लेखको साथै सार्वजनिक सूचना प्रकाशित गर्दा मोहीको हकदार म बाहेक अरू कोही नभएको भन्ने उल्लेख भएकोले उक्त दफा बमोजिम १ भन्दा बढी नाता भएकोमा कसैलाई नपत्याउने वा एकजना मात्र नाता भएकोमा उसलाई नपत्याउने जग्गावालालाई अधिकार दिएको छैन । उक्त दफा बमोजिम निज पुत्र हो होइन भनी हेर्दा धर्मपुत्रको लिखतसम्म पास भएको र धर्मपुत्रको महलको दफा १२ बमोजिम निवेदक एउटा छोरा मात्र देखिँदा उक्त लिए दिएको लिखत बदर भएको हुँदा त्यस्तो बदर लिखतबाट निवेदकको छोरा सरह हक पुग्न नसक्ने भन्ने फैसला बुँदा नै निर्णयाधार देखिन्छ । तर त्यस्तो धर्मपुत्र राखेको लिखत बदर भएको छैन । त्यस्तो अदालतको फैसलाबा