निर्णय नं. १९६३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १९६३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४१/०३/१२ १९४४ निर्णय नं. १९६३ ने.का.प. २०४१ अङ्क ४ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०४० सालको रिट नं. १७४१ विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ निवेदक : जिल्ला सर्लाही ववरगन्ज गा.पं. वार्ड नं. ५ बस्ने हरगेन सिंहको पत्नि तारादेवी दनवारनी विरूद्ध विपक्षी : ऐ ऐ बस्ने मोहर सिंह दनुवार ऐ ऐ नारायणपुर गा.पं. वार्ड नं. ६ बस्ने रामप्यारी देवीतेलीनी ऐ ऐ ब्रहपुर गा.पं. वार्ड नं. २ बस्ने राम विलास साहुतेली भूमि सुधार कार्यालय सर्लाही आदेश भएको मिति : २०४१।३।१२।२ मा § पहिले सोही कार्यालयबाट निर्णय भइसकेको भन्ने सो निर्णय गरिएको मुद्दामा निवेदिकालाई जारी गरेको म्याद कानूनबमोजिम नभएको भनी अ.बं. २०८ नं. बमोजिम निवेदिकाको प्रतिवादी दर्ता गरेपछि पहिले निर्णय गरेको भए पनि उक्त अ.बं. २०८ नं. अनुसार सो मुद्दामा प्रतिवादी जिकिर समेतलाई हेरी निजको सबूत प्रमाण बुझी निर्णय गर्नुपर्ने । (प्रकरण नं. ११) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री वलिराम कुमार र विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव उल्लेखित मुद्दा : x आदेश न्या. धनेन्द्रबहादुर सिंह : मिति ०३९।५।२८ र ०३९।११।१३ को भू.सु.कार्यालयको निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको रिट निवेदनको संक्षिप्त तथ्य यस प्रकार रहेछ । २. विपक्षी मध्येको ज.ध.रामप्यारीको नाउँमा सर्लाही मालपोत कार्यालयमा दर्ता रहेको सर्लाही बवरगंज गा.पं. वार्ड नं. ५(ख) कि.नं. ५३ को जग्गा बिगहा २–११–८ र ज.ध.रामविलास साहुतेलीको नाउँमा ऐ कार्यालयमा दर्ता रहेको ऐ पञ्चायत र वार्ड नं. को कि.नं. १९ को जग्गा बिगहा ०–३–१६ जग्गाको ज.ध.विपक्षीहरू र मोहीमा म निवेदिकाको पति हरगेन सिंह दनुवार मोही भएकोमा उहाँ २०३८ सालमा परलोक हुनु भई उहाँ पछि हक खाने म निवेदिका श्रीमती मोही भई २०३८ सालको बाली बुझाई भर्पाई प्राप्त गरी जग्गा जोती कमाई आएकोमा पति हरगेन सिंहको मृत्युपश्चात विपक्षी मध्येकामा सिंह दनुवारले विवादित उल्लिखित जग्गा म रिट निवेदिकाले जोत्न छोडेकोले ०३८ सालको शुरू बाली देखि आफूले जोती आएको व्यहोरा उल्लेख गरी उक्त जग्गाहरूको मोही लगत लगायत मोहीको महलमा उल्लेख रहेको पति हरगेन सिंहको नाउँ बदर गरी आफ्नो नाउँ कायम गरिपाउँ भन्ने ०३९।४।४ मा दर्खास्त र बयान भू.सु.का.सर्लाहीमा गरेको रहेछ र सो बमोजिम ज.ध.हरूले समर्थन गरी मिति ०३९।४।४ मा बयान कागज गरेको रहेछ । उक्त जग्गा पतिको मृत्यु पछि जोत्न छोडेको होइन । ०३८ साल सम्मको बाली ज.ध.हरूलाई बुझाई रसिद प्राप्त गरेको छु । विपक्षीहरूले आफ्नो मिलिमतोबाट उक्त जग्गाको कबूलियत रसिद खडा गरी मनगढन्त रूपमा मोही खडा गर्नु भई त्यसलाई कानूनी रूपमा मान्यता दिन कार्यालयमा निवेदन दर्ता गरेकोमा विपक्षी मध्येको मोहर सिंहको निवेदन दावी बमोजिम निजको नाउँमा मोही कायम हुने सम्बन्धमा कारबाही हुँदा मलाई म्याद वा सूचना पठाएमा अ.बं.११० नं. को प्रतिकूल म्याद तामेल गरी हाजिर हुन नआएको भन्ने निर्णय पर्चामा उल्लेख गरी विपक्षी कार्यालयले विधिवत मोही स्व.पति हरगेन सिंहको नाउँ बदर गरी मोहीको महलमा विपक्षी मोहनसिंह दनुवारको नाउँमा दर्ता र मोहियानीको प्रमाणपत्र समेत दिने गरी मिति ०३९।५।२८ मा निर्णय पर्चा ख