निर्णय नं. ९१५३ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९१५३ - कर्तव्य ज्यान भाग: ५६ साल: २०७१ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७१/०२/२१ ४५७४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय फैसला मिति : २०७१।२।२१।४ ०६७–CR–०१९७ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक/प्रतिवादी : जिल्ला सप्तरी, राजविराज नगरपालिका वडा नं. ७ घर भई हाल कारागार कार्यालय, सप्तरीको थुनामा रहेका कपिलेश्वर साहको छोरा पशुपति साह विरूद्ध प्रत्यर्थी/ वादी : इन्दु साह मेहत्तरको जाहेरीले नेपाल सरकार संवत् २०६७ सालको पुनरावेदन नं. ०६७- CR -०४१४ पुनरावेदक/वादी : इन्दु साह मेहत्तरको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी/प्रतिवादी : जिल्ला सप्तरी, राजविराज नगरपालिका वडा नं. ७ घर भई हाल कारागार कार्यालय, सप्तरीको थुनामा रहेका कपिलेश्वर साहको छोरा पशुपति साह § नाबालिकाउपर जबर्जस्ती करणी जस्तो जघन्य वारदात गरी निजको योनीबाट रगतसमेत बगेको अवस्थामा कत्तिपनि विचलित नभई आनन्दपूर्वक निदाई बस्ने कुरा अपराधीको मानवीय आनीबानी र मनोविज्ञानसँग मेल नखाने । § वारदात गरी सकेपछि अपराधीले आफूलाई बचाउने, अपराधसँग सम्बन्धित प्रमाण नष्ट गर्ने र भाग्ने उम्कने काम गर्दछ तर प्रतिवादी आनन्दसाथ सुती निदाएकाले प्रतिवादी विरूद्ध कसुरको अनुमान गर्ने ठाउँ रहेको नदेखिँने । (प्रकरण नं.२) § बालिका जीवित रहुञ्जेल जबर्जस्ती करणीतर्फ सामान्य औँलासमेत उठाउन नसक्ने तर बालिकाको मृत्यु हुनासाथ जबर्जस्ती करणीको वारदात भनी जाहेरी दरखास्त दायर हुनु, जबर्जस्ती करणीका प्रतिवादीविरूद्ध जाहेरवाली आमाले सामान्य आक्रोशसम्म पनि व्यक्त नगर्नु र गाउँसमाज नगुहार्नु आफैंमा सन्देहास्पद देखिने । (प्रकरण नं.४) § सामान्यतया अदालतले कसुरदारले किन कसुर गर्नुपर्यो सो कुरा विचार गर्छ । बालिकाउपरको अभियोगदावीबमोजिमको अमानुषिक कार्यबाट न प्रतिवादीले यौन सन्तुष्टि पाउन सक्ने अवस्था छ न त निजको स्वार्थ नै पूर्ति हुने स्थिति देखिने । (प्रकरण नं.७) § जाहेरीले चित्रण गरेको वारदात तथा घटनास्थल र लासप्रकृति मुचुल्का आदि लिखतले अभियोगदावीलाई विल्कुलै प्रमाणित गर्न नसकेको अनुसन्धानको अवस्थाबाट जाहेरी सन्देहास्पद देखिने । (प्रकरण नं.८) § परिस्थितिजन्य प्रमाण आकर्षित हुनका लागि प्रतिवादीले कसुर गरेको होइन भनी शङ्का गर्नुपर्ने कुनै ठाउँ हुनुहुँदैन र प्रतिवादीले कसुर गरेको भन्ने बाहेक अरू निष्कर्षको सम्भावना रहन नहुने । § परिस्थितिजन्य प्रमाणले पनि ठोस र शङ्कारहित तवरबाट अभियुक्तको कसुर प्रमाणित हुनुपर्छ र शङ्काको सुविधा अभियुक्तले पाउँछ भन्ने मान्यतालाई शिरोपर गरेको हुन्छ । अनुमान र शङ्कालाई परिस्थितिजन्य प्रमाणको संज्ञा दिन नमिल्ने (प्रकरण नं.१०) पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान अधिवक्ताहरू श्री विष्णुप्रसाद शर्मा र श्री रामप्रसाद ढुंगेल प्रत्यर्थी/वादीका तर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री गंगाप्रसाद पौडेल अवलम्बित नजीर : सम्बद्ध कानून : § मुलुकी ऐन, जबर्जस्ती करणीको महलको १, ३(१) नं. § ज्यानसम्बन्धीको महलको १, ६(२), १३(३) नं. सुरू तहमा फैसला गर्ने : मा.जि.न्या. श्री रमेश पोखरेल पुनरावेदन अदालत, राजविराज : मा.न्या. श्री शम्भुबहादुर खड्का मा.न्या. श्रीकुमार चुडाल फैसला न्या. गोविन्दकुमार उपाध्याय : पुनरावेदन अदालत, राजविराजको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९बमोजिम यस अदालतसमक्ष दुवै पक्षबाट पुनरावेदन परी पेश ह