निर्णय नं. १९६४ - उत्प्रेषणको रिट जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १९६४ - उत्प्रेषणको रिट जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४१/०४/११ २०१३ निर्णय नं. १९६४ ने.का.प. २०४१ अङ्क ४ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४० सालको रिट नं. १३७६ विषय : उत्प्रेषणको रिट जारी गरिपाउँ निवेदक : जि. कपिलवस्तु रामघाट गा.पं. वा.नं. ४ मौजे चौरहिया बस्ने प्रयागराज कुर्मी विरूद्ध विपक्षी : जिल्ला भूमिसुधार कार्यालय, कपिलवस्तुको भू.सु.अ. जि. कपिलबस्तु रामघाट गा.पं. वा.नं. ३ घर भै हाल जि. ललितपुर ल.पु. न.पं. श्री दरवार टोल बस्ने वर्ष ४४ को कृष्ण कुमार ज्ञवाली ऐ ऐ बस्ने विष्णु कुमार ज्ञवाली आदेश भएको मिति : २०४१।४।११।५ मा § हुण्डा शर्तबाट तोकिएको जिन्सी पनि कूत नै हो । अतः हुण्डा शर्त कमाउने मोहीले दफा ३५ को सुविधा उपभोग गर्न पाउँदैन भन्न मिल्दैन । (प्रकरण नं. १२) निवेदक तर्फबाट : x विपक्षी तर्फबाट : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री कृष्णप्रसाद श्रेष्ठ र विद्वान अधिवक्ता श्री अवधेशकुमार सिंह उल्लेखित मुद्दा : x आदेश न्या. धनेन्द्रबहादुर सिंह : भू.सु.का.कपिलवस्तुबाट ०४०।३।१० मा भएको निर्णय बदर गरिपाउँ भनी नेपालको संविधान धारा ७१ अन्तर्गत यस अदालतमा दायर हुन आई नियमबमोजिम पेश हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं विवरण यस प्रकार छ : २. विपक्षी कृष्णकुमार, विष्णुकुमार नाउँको दर्ताको ४ बिगहा जग्गा मैले मोही हक लिने गरी ०३७।३।३१ मा विपक्षीहरूसँग मिलापत्र गरी पाएको र विपक्षीले कूत नबुझ्ने गरेबाट धरौट राख्दै आएको थिएँ । ०३९ सालको बालीमा वर्षाको अभावमा १२ आना सुखा भई ४ आना मात्र उब्जाउ भएको सोही हिसाबले मैले गा.पं.मा धरौटी राखी दिए पनि कूत बाली दिएन, कूत दिलाई मोही निष्कासन गरिपाउँ भनी विपक्षीहरूले संयुक्त फिराद दिनु भयो । विपक्षीहरूको दाजु नारायणप्रसाद समेत बसी सुखा दर्ता भएको सरजमीन भई मालपोत कार्यालय गएको छ सुखा भएको कटाई धरौटी राखेको छु भनी मैले प्रतिवाद गरेको थिएँ । सबूतप्रमाण नबुझी निर्धारित भाउले १७९४।२४ वादीले भरी पाउने ठहर्छ भनी ०४०।३।१० मा विपक्षी भू.सु.का.बाट निर्णय भयो । ३. विपक्षीहरूले फिराद गर्दा जग्गा संयुक्त रूपमा रहेको भनी दावी गर्नु भएको छैन । छुट्टाछुट्टै व्यक्तिको नाउँमा छुट्टाछुट्टै दर्ता रहेको छुट्टाछुट्टै जग्गा विषयमा एउटै नालेश लिई भएको कारबाही निर्णय बाध्यात्मक कानूनी व्यवस्था विपरीत भएको भू.सु.ऐन दफा ३५ अनुसार उब्जनी अनुसार कूत लिने व्यवस्था प्रतिकूल निर्णय भएको, हुण्डी ठेकिएकोमा दफा ३५ नलाग्ने भन्ने व्यवस्था नभएको उब्जाउ हुन नसकेको भनी मैले गरेको प्रतिवाद सम्बन्धमा कुनै प्रमाण नबुझिएको र हचुवापूर्ण रूपमा गरिएको निर्णय त्रुटिपूर्ण हुँदा उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश पूर्जि जारी गरी ०४०।३।१० को निर्णय बदर गरिपाउँ भन्ने समेत ०४०।४।२७।६ को प्रयागराज कुर्मीको रिट निवेदन । ४. विपक्षीहरूबाट लिखितजवाफ मगाई पेश गर्नु भन्ने समेत यस अदालत सिंगलबेञ्चको ०४०।६।१७।२ को आदेश । ५. विपक्षीले म समेतको जग्गा जोती आएकोमा स्वीकार नै गर्नु भएको र कूत धरौट राखेको कुरामा पनि स्वीकार हुनुभएको, भू.सं.ऐनको दफा ३५ बमोजिमको प्रकृया अपनाएको छु भन्न सक्नुभएको छैन । सो प्रकृया नअपनाए पछि मिन्हा पाउने कुरा भएन । हामीहरू दाजु भाइ हुँदा एउटै फिराद दिएको अ.बं.७८ को त्रुटि छैन, ४ भागको १ भाग मात्र उब्जा भएको भने पनि सोको स