निर्णय नं. १९६५ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १९६५ - कर्तव्य ज्यान भाग: २६ साल: २०४१ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४१/०३/१४ २२५२ निर्णय नं. १९६५ ने.का.प. २०४१ अङ्क ४ डिभिजन बेञ्च इजलाश सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह सम्वत् २०४० सालको फौ.सा.नं. १६० मुद्दा : कर्तव्य ज्यान वादी : अजमत मियाँको जाहेरीले श्री ५ को सरकार विरूद्ध विपक्षी : जि. दाङ लालमटिया गा.पं. वा.नं. ५ रिवनता घर भै कारागार शाखा दाङमा थुनामा रहेको फरसुराम चौधरी फैसला भएको मिति : २०४१।३।१४।४ मा § आमासँग अनुचित यौन सम्बन्ध राख्ने नियामतलाई मार्ने ईरादा पूरा गर्ने क्रममा अर्को अपराध समेत हुन गएको देखिएकोले यस्तो स्थितिमा सर्वस्वसहित जन्मकैदको सजाय गर्दा चर्को पर्न जाने भएकाले प्र.लाई १० वर्ष कैदको सजाय हुने ठहर्ने । (प्रकरण नं. १३) वादी तर्फबाट : x प्रतिवादी तर्फबाट : x उल्लेखित मुद्दा : x फैसला न्या. धनेन्द्रबहादुर सिंह : साधक निकासाको निमित्त अ.बं.१८६ नं. बमोजिम जाहेर भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. फरसुराम चौधरीले ०३७।११।१० गते बिहान नमालुमके भई निजको दिमाग बिक्री या सद्दे भएर नै हो आफ्नो घरबाट बञ्चरो निकाली मार्छु काट्छु भन्दै हातमा बञ्चरो लिई गाउँमा आई नियामत उल्ला मुसलमान र पत्थर गढेनी भन्नेलाई पकडी बन्चराले टाउकोमा हानी सोही ठाउँमा लास पारी फेरि दौडदै गई श्यामलालकी स्वास्नी श्री कृष्णालाई र धैतालु चौधरीको स्वास्नी पुलारानी चौधरीलाई घाइते तुल्याई दिएको हुँदा निज फरशुराम चौधरीलाई बाँधी राखी जाहेर गर्न आएको छु ऐन नियमबमोजिम कारवाई गरिपाउँ भन्ने समेत अजमत मिया मुसलमानको जाहेरी। ३. नियमत उल्ला मुसलमानको टाउकोमा ६ इन्च लम्बाई ३ ईन्च गहिरो बञ्चरोले काटेको घाउ लागि टाउको फुटी गिदी समेत निस्केको र लहनी थरूनीको बञ्चरोले टाउकोमा लम्बाई ४ इन्च गहिराई २ इन्च र तालुमा ४ इन्चको र ३ इन्चको २ घाउ देखिएको भन्ने समेत लाश प्रकृति मुचुल्का । ४. मेरो आमाको र नियमामतको एकै घरमा देखादेख खुल्ला अनुचित व्यवहार भएकोमा मैले हप्की दप्की गरेको कारण मेरी आमाले टुना मुना गरी बौलाहा जस्तो बनाएकी नियामत मुसलमानले मेरै घरमा बसी मेरी आमा उपर मुसलमान जाति भइकन हिन्दू जातिलाई अनुचित सम्बन्ध गरेकोले सोही रीस खप्न नसकी घरबाट बञ्चरो लिई लखेट्दै जाँदा लहनीको घर भित्र पसी ढोका बन्द गरी भित्र बसेकोले ढोका खोल भन्दा नखोलेकोले बञ्चरोले हानी लात्ताले हिर्काउँदा ढोका खुल्न गई लहनीको लोग्ने कालीराम चौधरी तत्कालै भाग्यो भित्र लहनीको आडमा नियामत उल्ला मुसलमान लुकी बसेको फेला पारी बञ्चरो उठाई टाउकोमा हान्दा टाउको फुटी निज तत्कालै घटनास्थलमा मर्यो र लहनी थरूनी कराउँदै बाहिर निस्की भागेकोले अब यसले हल्ला गर्छे थाहा हुन्छ, पक्राउमा पर्छु भन्ने लागि बञ्चरोले धारपट्टिबाट निजको टाउकोमा २।३ चोट हानेपछि निज तत्काल मरिछ त्यसबाट के के गरे थाहा भएन भन्ने समेत फरसुराम चौधरीले प्रहरीमा गरेको बयान । ५. फरसुराम चौधरीले नियामत उल्ला मुसलमान र पत्थर गढेनी भन्ने लहनीलाई बञ्चरोले काटी मारेको र कृष्णा थरूनी र पुलरानी थरूनीलाई घाइते तुल्याएको हो बञ्चरो मैले नै खोसेको हुँ भन्ने प्रेमबहादुर कार्की क्षेत्री तथा त्यसरी मान्छे मारेको, प्रेमबहादुरले बञ्चरो खोसेका हुन भन्ने समेत लिखिराम चौधरी समेत समस्त व्यक्तिहरूले लेखाई दिएको सरजमीन मुचुल्का । ६. फरसुराम चौधरीलाई मुलुकी ऐन ज्यानसम्बन्धीको १३(१) नं. बमोजिम हुन